पोखरा : पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनको अग्रता कायमै छ। ४१ हजार ४२३ मतगणना गर्दा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत ल्याएका छन् भने नेकपा (एमाले)का कृष्ण बहादुर थापाले १५ हजार २१० मत ल्याएका छन्। प्रमुखमा राप्रपाका शंकर खरालले १ हजार ६ सय ९८ ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ९२९ पाएका…
विराटनगरः विराटनगर महानगरपालिकामा ४८ हजार २०९ मतको गणना गर्दा नेपाली काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्। अपराह्न ६ बजे गरिएको घोषणामा कोइरालाले १५ हजार ४३० मत ल्याएका छन्। त्यस्तै एमालेका सागर थापाको ११ हजार ४९३ मत छ। प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ८०७ मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुख पदमा एमालेका शिल्पा…
वीरगंज : रौतहटको गौर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए। नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए। यस्तै, उपप्रमुखमा एकीकृत…
बुटवल : रुपन्देहीको देवदह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा एमालेका ध्रुवप्रसाद खरेल निर्वाचित भएका हुन्। खरेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हीरा खत्रीलाई एक हजार ६२० मतान्तरले पराजित गरेका छन्। खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत ल्याए। खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी…
पोखरा : पोखरा महानगरपालिकाको मतगणना भइरहेको बेला एमाले कार्यकर्ताले नाराबाजी गरेका छन्। वडा ७ को मतगणना गर्ने क्रममा एमालेले कार्यकर्ताहरूले नाराबाजी गरेको हुन्। उनीहरूले गठबन्धनको प्रतिनिधि बढी भएको भन्दै मतगणना धाँधली गर्न लागेको आरोप लगाउँदै नाराबाजी गरेका हुन्। जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा नाराबाजी लगाएपछि सुरक्षा दलले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
पोखरा : स्याङजाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण विजयी भएका छन्। खाँणले ७ हजार ९ सय ९० मत ल्याउँदा नेकपा (एमाले)का राजु कोइरालाले ६ हजार ५ सय ५५ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कांग्रेसकी इशा रानाले ७ हजार ४ सय १३ मत ल्याएर विजयी हुँदा एमालेकी सृष्टि मल्लले ६ हजार ३ सय ७६ मत ल्याएकी छिन्।
काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा मेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहँदा उपमेयरमा भने नेकपा एमालेले नेतृत्व जित्ने सम्भावना देखिएको छ। नौ मध्ये ८ वटा वडाको मत गणना सकिएको गोकर्णेश्वरमा वडा नम्बर ९ को मतगणना जारी छ। नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपक रिसालको वडामा अहिले मत गणना जारी छ। आठ वटा वडाको मत गणना हुँदा रिसालले ८ हजार ९ सय ७६ मत हासिल गरिसकेका…
पोखरा : स्याङजाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का कृष्ण खाँण विजयी भएका छन्। खाँणले १३ हजार ७ सय ७६ मत ल्याएर निर्वाचित हुँदा निर्वतमान प्रमुख समेत रहेका नेपाली कांग्रेसका दिलीप प्रताप खाँणले ११ हजार ५ सय ९३ मत ल्याएका छन्। प्रमुखमा एमाले विजयी हुँदा उपप्रमुखमा भने कांग्रेसकी कविता तिवारी गैह्रे निर्वाचित भएकी छिन्। उनले १२ हजार ८ सय २२ मत…
वीरगंज : पर्साका ठोरीको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ। नेकपा (माओवादी केन्द्र)का निवर्तमान गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठलाई ७२० मतले पराजित गर्दै एमालेका लालबहादुर श्रेष्ठ विजयी भएका छन्। लालबहादुरले ४०४९ मत ल्याउँदा पदमलालले ३३२९ मत ल्याएका छन्। त्यसैगरी, उपाध्यक्षमा पनि एमालेकी गोकुली कुमारी रेग्मीले ४२५९ मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निरु…
बुटवल : रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत बैशाख २८ गते साँझ बुटवल-९ मिलनचोकस्थित आकासे पुल नजिकै प्रेसर कुकर बम बिस्फोट गराउने नेकपाका ३ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले स्थानीय चुनावलाई प्रभावित पार्न बैशाख २८ गते साँझ ८:१० बजेको समयमा नेकपाको…
वीरगंज : पर्साको पश्चिमी भेगको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का मदन चौहान विजयी भएका छन्। उनी ३०९१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बशीष्ट नारायण प्रसाद कुर्मीले ३०७१ मत ल्याए। उपाध्यक्षमा कांगेसकी मंजु देवीले ३१४३ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंकादेवी यादवले २५७७ मत पाइन्। धोबीनीको १ नम्बर वडामा काग्रेसका…
बुटवल : रुपन्देहीको भैरहवामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवारको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। बुधवार सिद्धार्थनगर-१० स्थित शंकरपुरमा एमाले सिद्धार्थनगर नगरपालिका-१० को लु १ ख ८०७९ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले जानकारी दिए। दुर्घटनामा परी सिद्धार्थनगर-१०…
वीरगंज : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका छन्। जसपाका उम्मेदवार वशिष्ट कुमार कलवार ११४ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका अजय कुमारले ३६०५ मत पाउँदा कलवारले ३७१९ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी ३९६१ मत ल्याई विजयी भएकी छन्। जसपाकी सहानी खातुनले ३८३४ मत ल्याइन्। यसैगरी, गाउँपालिकाका वडा…
काठमाडौं : काठमाडौं महानगरपालिकामा उपप्रमुख पदमा सुनिता डंगोलले आफ्नो मतान्तर बढाउँदै गएकी छिन्। उनी निकटतम् प्रतिद्वन्द्वीभन्दा १० हजार मतन्तरले अगाडि छिन्। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिताले १४ हजार ७ सय १७ मत ल्याएकी हुन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४ हजार ६ सय ५२ मतमात्र पाएका छन्। सभागृहको भवनमा भइरहेको मतगणनामा अहिलेसम्म…
नेत्र तामाङ र प्रकाश भण्डारी- काठमाडौं : स्वतन्त्र उम्मेदवार बालेन साहले दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई काठमाडौं महानगरमा अकल्पनीय धक्का दिइरहेका छन्। देशव्यापी संगठन र राम्रो जनाधार भएका भनिएका कांग्रेस-एमालेका लागि भने प्रारम्भीक मत परिणाम अनपेक्षित छ, काठमाडौं महानगरमा। एक अर्कालाई मात्रै मुख्य प्रतिस्पर्धी मानिरहेका थिए एमाले-कांग्रेसले। तर, चुनावको प्रारम्भीक मत परिणाम भने ठीक उल्टो आइरहेको छ।…
काठमाडौं : सबैभन्दा महत्वका साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता बढाउँदै गएकी छिन्। उनले आफ्नो अग्रता १८ सय मतान्तरले बढाएकी छिन्। तीन घण्टाअघिसम्मको मतगणनामा रेनुको मतान्तर १६ सयमात्र थियो। पछिल्लो मतगणना अनुसार रेनुको मत १० हजार ४ सय ४९ रहेको छ। त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५ सय ९७ मत पाएका छन्। नेपाली कांग्रेसका…
जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन्। महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन्। पराजित लोकेन्द्र मुखियाले ३५३६ मत ल्याएका छन्। त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छिन्। उनी ३ हजार ८६० मत ल्याएर…
काठमाडौं : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ। एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले आज २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका छन्। तुलाधरले प्रतिवेदनको अध्ययन…
जनकपुरधाम : महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष र जनता समाजवादी पार्टी उपाध्यक्षमा निर्वाचित भएको छ। बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलीप कुमार पाण्डे निर्वाचित भएका हुन्। उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाका अजय जंग रायले २ हजार २०८ मत ल्याए। यस्तै, उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी…
हेटौँडा : स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी रहेको छ। हेटौँडा उपमहानगरपालिकाको हालसम्म ३७ हजार ९९४ मत गणना भएको छ। जसमा मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले अग्रता लिइरहेकी छिन्। उनले ११ हजार ८७९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले ११ हजार ४५ मत ल्याएका छन्। मिनाले दीपकलाई ८३४ मतले पछाडि पारेकी छिन्। यस्तै,…