काठमाडौं : राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छोडेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर, झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। त्यसपछि प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनकै घरमा लगेको छ। 'हामीले घरमा नै लगेर छाड्न लागेका हौं। उहाँलाई राष्ट्रपति बिरुद्ध दिएको अभिब्यक्तिमा केही प्रश्न गरेर छोडेका…
काठमाडौंः राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छोड्ने तयारी गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको छ। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएका छैनन्। नेता सुरेन्द्र पाण्डेलाई जिम्मा लिन महाशाखा प्रमुख एसएसपी दीपक थापाले अनुरोध गरेका थिए। तर नेता पाण्डेले अस्वीकार गरे। ' उहाँहरूले जिम्मा…
काठमाडौं : प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार साना बाम घटकले संयुक्त मोर्चा घोषणा गरेका छन्। संसदीय व्यवस्था खारेजीको नारासहित जनगणतन्त्र, वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि क्रान्तिको घोषणा गर्दै विप्लव नेतृत्वको नेकपा, महोन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल 'आहुती' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रणनीतिक मोर्चाको घोषणा बिहीवार काठमाडौंमा गरिएको…
काठमाडौं : सौन्दर्य प्रतियोगिता मिस नेवाः को १५ औं संस्करणको फिनाले एक साता ढिला हुने भएको थियो। यसअघि फागुन ७ गते हुने भनिएको कार्यक्रम सरकारले आयोजना गरेको प्रजातन्त्र दिवस विशेष कार्यक्रमका कारण प्रभावित भएको हो। 'सरकारको कार्यक्रम पनि प्रज्ञा प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडि सारेका हौं', आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। 'मिस नेवाः नेपाल ११४१' को…
काठमाडौं : अरुण खड्काको निर्देशनमा फिल्म ‘फटाह फणिन्द्रे’ बन्दैछ। फिल्ममा अभिनेता कर्मा, अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बा केन्द्रीय पात्र रहने भएका छन्। अपराधको विषय कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा यसअघि सुस्मा कार्की चयन भएकी थिइन्। अन्य कलाकारहरू भने छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ। उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको…
काठमाडौंः आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोध गर्दै प्रर्दशन गरिएको छ। प्रचण्ड- नेपाल समुहले काठमाडौंको माइतीघर देखि नयाँ बानेश्वरसम्म र्याली निकाले। महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रर्दशनकारीले झाँक्रीलाई रिहा…
काठमाडौंः राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई फेरी उपस्थित हुने सर्तमा प्रहरीले छोड्ने तयारी गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीले लिखित जवाफ दिएपछि आफन्तको जिम्मा लगाउन…
काठमाडौं : फिल्म ‘सत्यम्’मा अभिनेता पल शाह अनुबन्धित भएका छन्। यसअघि फिल्ममा राजेश हमाल र अनुपविक्रम शाहीको अभिनय रहने खबर सार्वजनिक भएको थियो। फिल्ममार्फत् यी तीन कलाकारले पहिलो पटक सहकार्य गर्दैछन्। एक्सन जनरको फिल्ममा कथावस्तु र आफ्नो भूमिका अनुसार कलाकार चयन गर्दै गएको निर्माता रेशम सापकोटाले बताए। अन्य कलाकारका लागि फिल्म युनिटले अडिसन आह्वान गरेको छ। फिल्मका लागि भर्चुअल अडिसनमार्फत्…
भ्यालेनटाइन डे नजिकिँदो छ। प्राय फेब्रुअरी दोस्रो सातादेखि प्रेमका विषयमा चर्चा हे गर्छ। बलिउडमा अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको जोडी चर्चित छ। रिल प्रस्तुतिमा रुचाइएका उनीहरूको रियल लाइफ प्रेम कथा पनि उस्तै फिल्मी छ। सन् २०१२ मा उनीरहरू फिल्म 'गोलियों की रासलीला– रामलीला'को सेटमा नजिकिएका थिए। त्यो उनीहरूको पहिलो सहकार्य हो। फिल्मको 'अंग लगा दे' गीतको छायांकन भइरहेको…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङ नगरपालिकाले ७-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। वालिङको जितमा मेथो इलुडिइ रुथले ह्याट्रिकसहित ५ गोल गर्दा टौटा ओरनेलाले २ गोल गरिन्। उता चौदण्डीका लागि अन्जना थुलुङले सान्त्वना गोल फर्काइन्। पहिलो हाफमै वालिङका लागि रुथको ह्याट्रिक पुरा गरेकी…
काठमाडौं : प्रवासमा रहेका नेपाली स्रष्टा एवं अभियन्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेका छन्। विभिन्न देशमा रहेका करिव ७० जनाले सामूहिक विज्ञप्ती जारी गर्दै प्रतिगमनको विरोध गरेका हुन्। उनीहरूले अग्रगमनको पक्षमा उभिन आह्वान समेत गरेका छन्। प्रधानमन्त्री ओलीले दश वर्षको सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै दशक लामो संक्रमणकाल पार गरेर बनेको नेपालको संविधान २०७२ को मर्म र…
काठमाडौं: गोरखमा पुगेर करिव दुई साता अघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ। झाँक्रीलाई नियन्त्रणमा लिन बिहीबार प्रहरीको ठूलै जत्था शंखमुलस्थित उनको निवासमा पुगेको थियो। बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर झाँक्रीलाई सोधपुछको लागि भन्दै बोलाएका थिए। १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो। तर…
काठमाडौं: आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रण लिन प्रहरी पक्राउ पुर्जी लिएर पुगेको छ। बिहिवार बिहान सोधपुछको लागि बोलाएरपछि झाँक्री नगएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनको निवास शंखमुल पुगेको हो। उनलाई पक्राउ गर्नको लागि जरुरी पक्राउ पुर्जी जारी गरिएको हो। झाँक्रीले आफूलाई पक्राउ पुर्जी जारी भए प्रहरी कहाँ जान तयार भएको अभिव्यक्ति दिएकी थिइन्। उनी विरुद्ध राज्य विरुद्धको कसुर…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रण गर्ने सादा पोसाकको प्रहरी उनको घरमा पुगेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नेतृ झाँक्रीलाई बोलाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको र एकल महिलालाई कटाक्ष गरी अभिव्यक्ति दिएको विषयमा नेतृ झाँक्रीलाई बोलाएको महाशाखाका एसएसपी दीपक थापाले बताए। बिहान १० बजे उनलाई बोलाएको थियो। उनी १० बजेसम्म महाशाखामा उपस्थित…
काठमाडौँः मोरङको जहदा गाउँपालिका- १ मा सोमबार १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। सोमबार राति करिब ९ बजेतिर घरबाट नै मोटरसाइकलमा हालेर लगेका दुई युवाले बलात्कार गरेको खुलेको छ। उनीहरूले मोटरसाइकलमा हालेर केही पर लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। भोलिपल्ट प्रहरीमा उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। 'रातिको घटना रहेछ। भोलिपल्ट परिवारले उजुरी लिएर आउनुभएको थियो। हाम्रो अनुसन्धानले…
काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र वालिङ नगरपालिका प्रतिस्पर्धा गर्नेछन्। १२ बजे सुरु हुने खेलमा चौदण्डीगढी प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ भने वालिङ दोस्रो स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ। त्यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्। आर्मी जित निकाल्दै शीर्ष स्थानको…
स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा सेमिफाइनलको पहिलो सेमिफाइनलको लेगमा बार्सिलोना सेभियासँग पराजित भएको छ। घरेलु टोली सेभियाले बार्सिलोनामाथि २-० गोलअन्तरले जित निकालेको हो। सेभियाको जितमा जुलेस कौन्डे र इभान राकेटिचले गोल गरे। खेलको २५ औं मिनेटमा कौन्डेको गोलमा अग्रता बनाएको सेभिया पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा बार्सिलोनाकका पूर्व खेलाडीसमेत रहेका इभान राकेटिचले गोल गर्दै…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधवार शक्ति प्रदर्शन गरेको छ। पुस ५ को प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गरेको हो। यसअघिका आमसभाभन्दा बुधवारको सभामा मानिसहरुको सहभागिता उल्लेख्य थियो। सम्बन्धित समाचार :…
काठमाडौँः नेपाल आयल निगमले एकै महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। माघ ६ गते मात्र पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको निगमले माघ २८ गते पुनः हवाइ इन्धन बाहेकका पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो। भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले स्वचालित मूल्य समायोजनको नाममा तीन सातामै प्रतिलिटर…
काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बुधबार अदालतमा हाजिर भएका ढकाललाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो। ढकाललाई डिल्लीबजार कारागार चलान गरिएको छ। न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर…