इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई रनको १९७ लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन जोडेको हो। दिल्लीका लागि मार्कस स्टोइनिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५३ रन जोडे। त्यस्तै पृथ्वी शले ४२ रन बनाउँदा ऋषभ पन्तले ३७ र शिखर…
काठमाडौँः निर्मला पन्त प्रकरणमा प्रमाण नस्ट र यातना आरोप लागेर अदालतबाट सफाइ पाएका प्रहरी अधिकारीलाई निमल्बन फुकुवाको बाटो खुलेको छ। अदालतले आरोपबाट सफाइ दिए पनि प्रहरी नियमावली संशोधन नहुँदा निलम्बन फुकुवा भएको थिएन। मन्त्रिपरिषद्ले नियमावली संशोधनको निर्णय गरेसँगै फुकुवाको कानुनी आधार बनेको हो। असोज ८ गतेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो। संशोधित नियमावली राजपत्रमा आज प्रकाशित गरिएको छ।…
काठमाडौं : अहिले प्रदेश नं ५ को प्रदेशसभाको बैठक चलिरहेको छ। नेपाली कांग्रेसको विरोधकाबीच बैठक चलिरहेको छ। बैठकमा नेपाली कांग्रेसका सदस्यहरुले बैठक अगाडि बढ्नासाथ कुर्सी तोडफोड गरे। ब्याकग्राउन्डमा नाराबाजीको स्वर र कुर्सी तोडफोडको दृश्यसहित बैठक चलिरहेको छ।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभा प्रदेश सरकार तर्फबाट प्रदेशको नामाकरण तथा राजधानी निर्धारणसम्बन्धी कार्यविधि पेश गरेपछि प्रदेशसभामा विरोध भइरहेको छ। सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्याएका थिए। पछि मन्त्री…
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभा प्रदेश सरकार तर्फबाट प्रदेशको नामाकरण तथा राजधानी निर्धारणसम्बन्धी कार्यविधि पेश गरेपछि प्रदेशसभा विरोध भइरहेको छ। सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकास केसीले प्रस्ताव निर्णार्थ पेश गर्न दिए पछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्याए। पछि मन्त्री…
काठमाडौं : प्रदेश ५ को प्रदेशसभामा आज प्रदेशको राजधानी र नामको विषयमा प्रदेश सरकारले सभामा पेश गरेको कार्यविधि माथि आज छलफल गरेको छ। सरकारले प्रदेशको राजधानी दाङको देउखुरीमा राख्ने गरी प्रस्ताव आए पछि नेकपाका साविकका लुम्बिनी अञ्चलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जारी गरेका छन्। असन्तुष्ट मध्येका बुटवलका पूर्व मेयर तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनताको भावना अनुसार अगाडि बढ्ने बताएका छन्।…
नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या ६६ लाख पार भएको छ। ५५ लाख ८६ हजार मानिस कोरोना भाइरस मुक्त भइसकेको भारतमा ८४.३४ प्रतिशत रिकभरी रेट रहेको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। पछिल्लो २४ घन्टामा ७४ हजार ४ सय ४२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि भारतमा संक्रमितको संख्या ६६ लाख २३ हजार ८ सय १५…
भारतमा वैज्ञानिकहरुको एउटा समूहले सस्तो मूल्यमा कागजमा आधारित कोरोना भाइरस परीक्षण गर्ने प्रविधिको विकास गरेका छन्। उनीहरुको दावीअनुसार प्रेग्नेन्सी टेस्टकै अवधिमा कोभिड १९ को परीक्षण हुनसक्छ। फेलुदा नाम दिइएको यो परीक्षण किटले एक घन्टा भन्दा छिटो अवधिमा कोरोना भाइरस रहे नरहेको देखाउँछ भने यसको मूल्य करिब ५ सय भारु पर्छ। भारतको चर्चित कम्पनी टाटाले यसको उत्पादन थालेको छ। सम्भवत बजारमा…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले हेर्था बर्लिनमाथि जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा रोबर्ट लेवान्डोस्की चम्किँदा बायर्न म्युनिखले ४-३ गोल अन्तरले जित निकाल्यो। बायर्नका लागि ४ वटै गोल लेवान्डोस्कीले गरे। उता हेर्थाका लागि झोन कोर्डोबा, म्याथिउस कुन्हा र जेसिक एन्गनकमले गोल गरे। लेवान्डोस्कीले खेलको ४०, ५१, ८५ र अतिरिक्त समयमा गोल गरेका थिए। हेर्थाका लागि कोर्डोबाले…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ। स्टेडियो डे ला केरमिकामा भएको भएको खेलमा रियलले घरेलु टोलीलाई २-० ले हराएको हो। रियलको जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे। खेलको १६ औं मिनेटमा भिनिसियस जुनियरको गोलमा मड्रिडले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो हाफको अतिरिक्त समयमा…
जब चुनाव मुखैमा छ, रोगले गाँजे पनि प्रचारको रहर रोकिन्न। आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्। यसैबीच उनमा कोभिड १९ को संक्रमण पुष्टि भयो। त्यसमाथि उनलाई लगाइएको ककटेल भ्याक्सिनले अवस्था असहज बनायो। ह्वाइट हाउसबाट हेलिकप्टरमा उनलाई सैनिक अस्पताल पुर्याइयो। तर, उनी अस्पतालमा अडिरहन कसरी सकुन्? चुनाव छ, प्रचार चाहिन्छ नै। वासिङ्टन डीसी नजिकै रहेको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्स्परसँग लज्जास्पद हार ब्यहोरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले टोटेनहमसँग ६-१ को लज्जास्पद हार ब्यहोरेको हो। खेलमा अग्रता भने युनाइटेडले बनाएको थियो। खेलको दोस्रो मिनेटमै युनाइटेडका ब्रुनो फर्नान्डेन्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाए। तर खेलको चौथो मिनेटमा नै टानगुए एन्डोम्बेलले गोल गर्दै खेल बराबरी ल्याए। त्यसपछि ७…
काठमाडौं: शान्ति मिसनका लागि नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रिडिनेस कम्पनीको नियमित अदली बदलीको क्रममा आज विहान पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्। कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति खेलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले लिभरपुलमाथि ७-२ को सानदार जित निकालेको हो। एस्टोन भिल्लाको जितमा ओल्ली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेअलिसले २ गोल तथा जोन म्याकगिन, रोस बार्कलेले समान १/१ गोल गरे। उता लिभरपुलका लागि मोहम्मद सलाहले २ गोल फर्काए। खेलको चौथो मिनेटमै वाटकिन्सको गोलमा…
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गौरवको परियोजना काठमाडौं निजगढ द्रुत मार्गको निरीक्षण गरेका छन्। ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा देखिएको समस्यालाई स्थलगत अध्ययन गर्न उपाध्यक्ष कँडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजना स्थलमा पुगेका हुन्। निरीक्षणका…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले किंग्स ११ पञ्जाबविरुद्ध सानदार जित निकालेको छ। दुबईमा भएको खेलमा चेन्नईले पञ्जाबलाई १० विकेटले पराजित गरेको हो। १७९ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले १७ दशमलव ४ ओभरमै बिना कुनै विकेटको क्षति लक्ष्य भेट्याउन सफल भयो। चेन्नईका लागि फाप डुप्लेसिसले ८७ तथा सेन वाटसनले ८३ रन बनाए। पञ्जाबका कुनै…
काठमाडौँ : प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलमा केही दिनयता प्रदर्शन भइरहेको छ। राजधानीको विषयलाई लिएर प्रदर्शन उग्र बन्दै जाँदा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको चढेको गाडीमा तोडफोड भएको छ। नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरेल चढेको गाडीमा ढुंगा प्रहार गरेका हुन्। जसबाट पोखरेल चढेको गाडीको सिसा फुटेको छ। पोखरेललाई समेत सिसाले लागेको छ। घटनामा पोखरेल सामान्य…
काठमाडौं : कैलालीकी पत्रकार निर्मला पहराईको मृत्युबारे थप अनुसन्धान हुनुपर्ने सुझाव क्रियाशील दलित पत्रकार संघ नेपालले दिएको छ। घटनाबारे स्थलगत भ्रमण र अनुसन्धानपछि संघ उक्त निष्कर्षमा पुगेको संघकी अध्यक्ष पवित्रा सुनारले प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन्। ‘क्रियाशील दलित पत्रकार संघ, नेपाल, कैलाली जिल्ला समितिकी सह-सचिवसमेत रहेकी पत्रकार निर्मला पहराईको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिनका लागि हामीले यसअघि नै आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेका…
काठमाडौँः लोक सेवा आयोगलाई कर्मचारी पदपूर्तिका नयाँ विज्ञापन अघि बढाउने बाटो खुलेको छ। मन्त्रपरिषद्को असोज १५ गतेको बैठकले उक्त कार्यक्रम अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो। यसअघि गत वैशाखमा मन्त्रिपरिषदले अर्को निर्णय नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो। सरकाको निर्णयपछि आयोगले सबै परीक्षा स्थगित गरेको थियो। आयोगले मन्त्रिपरिषद्को निर्णयअघि प्रथम पत्रको परीक्षा भइसकेका परीक्षार्थीका हकमा दोस्रो…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। शारजाहमा भएको खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले पराजित गरेको हो। २०९ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन मात्रै बनाउन सक्यो। हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रन जोड्दा मनिस पाण्डेले ३० रन, जोनी बेयरस्टोले २५ रन…