काठमाडौं : बलात्कारको अभियोगमा एक पूर्व प्रहरी पक्राउ परेका छन्। प्रहरी सहायक निरीक्षक(असई) राजेन्द्र राईलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। राईले एक महिला हवल्दारलाई बलत्कार गरेको अभियोग लागेको छ। पीडित महिलाले आफूलाई गत साउनमा बलात्कार गरेको भन्दै महिला तथा बालबालिका सेल कालिमाटीमा उजुरी दिएकी थिइन्। 'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।…
विश्वभर ठूलो बजार छ बलिउडको। भारत भित्रैपनि सर्वाधिक आय कर तिर्ने उद्योगहरु मध्य पर्छ फिल्म उद्योग, चाहे कम्पनी होस् या व्यक्ति। आर्थिक वर्ष २०१८/ १९ मा ७० करोड भारतीय रुपैयाँ बुझाउँदै सर्वाधिक आय कर तिर्ने व्यक्ति बने अमिताभ बच्चन। डिएनए इन्डियाको एक रिपोर्टका अनुसार आर्थिक वर्ष २०१७/१८ मा सुल्तान स्टार सलमान खान ४४ करोड पचास लाख तिरेर सबैभन्दा धेरै कर…
दक्षिण एसियाली राष्ट्र अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानबाट फर्किएका तीनजना युवामा भाइरसको संक्रमण देखिएको हो। इरानको हेरातबाट फर्किएका उनीहरुलाई हाल निगरानीमा राखिएको छ। उनीहरु बसेको कोम शहरमा कोरोना भाइरसबाट धेरै प्रभावित बनेको बताइएको छ। इरानमा हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ भने धेरैमा यसको संक्रमण देखिएको छ। तीनजनामा संक्रमण देखिएसँगै अफगानिस्तानले विमानस्थल र सडकमार्ग हुँदै अफगानिस्तान…
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्। अनवर इब्राहिमले महाथिरको पार्टीले धोका दिएको आरोप लागेपछि उनले मलेसियाका राजा अब्दुल्लालाई पत्र पठाइ राजीनामा दिएका द गार्डियनले जनाएको छ। महाथिरको पार्टीले अनवरलाई भावी प्रधानमन्त्री बनाउने सहमति गरेको बताइएको छ। तर, महाथिरको पार्टी प्रति प्रिभूमि बर्सातु मलेसिया (पिपिबिएम) ले सत्तारुढ गठबन्धन समेत छोडेको घोषणा गरेको छ। ९४ वर्षीय प्रधानमन्त्रीको राजीनामासँगै मलेसियामा निर्वाचन हुन…
काठमाडौं : नेपाली मोडललाई विभिन्न प्रलोभनमा पारेर 'बलि' दिनका लागि भारत लैजाँदै गर्दा पक्राउ परेका ६ जनालाई अदालतले पूर्पक्षकको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका सात जना मध्ये ६ जनालाई थुनामा पठाएको हो। दुई सातादेखि उनीहरु केन्द्रीय कारागार सुन्धारामा रहेका छन्। नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय…
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित प्रहरी अधिकारीको घरमा चोरी भएको छ। क्षिरेश्वोरनाथ नगरपालिका-७ दुर्गाटोलस्थित प्रहरी नायव निरीक्षक (सई) शम्भु पौडेलको घरमा शनिवार राति चोरी भएको हो। घरमा कोही नभएको मौकाछोपी ताल्चा फोडेर चोरले डेढ तोला सुन र ३५ हजार रुपैयाँ लगायतको समान चोरी गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जनाए। घरबेटी प्रहरी नायब निरीक्षक (सई) शम्भु पौडेल अहिले खोटांगमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सवका अवसरमा काटेको केकको तस्विरले सामाजिक सञ्जाल तताएको छ। नेपालको नक्सासहितको केक काटेको फोटा सार्वजनिक भएपछि ओलीको आलोचना सुरु भएको हो। उसो त केक हेलिकोप्टरबाटै बोकेर लगिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नै आलोचना भएको थियो। पार्टीले जारी गरेको आचारसंहिता पालना नभएको भन्दै ओलीको आलोचना भयो। त्योभन्दा बढी आलोचना केकको फोटो सार्वजनिक भएपछि भयो। नेपालको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिखेर एयर फोर्स वानमा छन्। प्रथम महिला मेलानिया ट्रम्पका साथ ट्रम्प भारतको 'मेडन' भ्रमणका लागि आउँदैछन्। ट्रम्प सोमबार मध्याह्न गुजरातको अहमदावाद पुग्नेछन्। विमानस्थलमा ट्रम्प दम्पत्तिको स्वागतमा शंख र ढोल बजाइनेछ। करिब एक हजार कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन्। ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा नै स्वागत गर्ने कार्यक्रम रहेको छ। त्यहीँ नै ट्रम्पलाई गार्ड अफ अनर दिइनेछ।…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन्। रिपोर्टस क्लबमा भएको साक्षात्कारमा डा महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका हुन्। उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए। ‘हामीले यो प्रकरणमा विरोध गरिरहेका छौँ।…
काठमाडौः प्रहरीको बर्दीमा टिकटक बनाएको अभियोगमा प्रहरीले एक प्रहरीलाई कारवाही गरेको छ। भक्तपुरस्थित सुँडाल प्रहरी प्रभागका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) रत्नबहादुर थापालाई कारवाही गरिएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतवार दिउँसो सई थापालाई बोलाएर स्पष्टिकरण समेत मागेको छ। 'बर्दीमा टिकटक लगायत अन्य संगठनको नियम विपरित काम गर्न पाइदैन। त्यसैले कारवाहीको लागि तानिसकेको छु', महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले…
काठमाडौं : झापाको झिलझिलेमा सम्पन्न सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ। ‘ए’ डिभिजन च्याम्पियनसमेत रहेको मछिन्द्र क्लबले आज फाइनलमा थ्री स्टार क्लबलाई हराउँदै उपाधि जितेको हो। मछिन्द्रले थ्री स्टारलाई हराउँदा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। खेलको दोस्रो मिनेटमा मछिन्द्रका एडिलेजा सोमिडेलाई थ्री स्टारका खेलाडीले ‘फल’ गरेपछि मछिन्द्रले पेनाल्टीमा पाएको अवसर सदुपयोग गरेको थियो। मछिन्द्रका लागि विमल घर्तीमगरले पेनाल्टीमा गरेको…
काठमाडौं : शहीद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले सुखद सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आजबाट शुरु भएको लिगमा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। आज भएको खेलमा ब्वाइज युनियनको जितमा वर्तमान राई र प्रदीप बोगटीले १/१ गोल गरे। खेलको ३९ औं मिनेटमा वर्तमान राईले गोल गर्दा पहिलो हाफमा युनियन १ गोलले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेल र सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङ विरुद्ध उजुरी परेको हो। बाँकेका प्रेमकुमार शाही र मकवानपुरका आनन्दराम पौडेलले उजुरी दिएका हुन्। उनीहरुले सेक्युरिटि प्रिन्टिङ खरिद, नेपाल टेलिकमको…
काठमाडौं : नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले सिप्यान क्रिकेट अवार्डको आयोजना चैत २१ गते गर्ने भएको छ। नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शन र खेल कौशललाई मुल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्यका साथ गएको वर्षदेखि क्रिकेट अवार्ड दिन थालेको थियो। सिप्यानका अनुसार यसपटक विभिन्न पाँच विधामा पुरस्कार वितरण गर्ने तयारी गरिएको छ। वर्ष क्रिकेट खेलाडी (पुरुष), वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदयमान…
मुम्बई : गत शुक्रवारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘शुभ मंगल ज्यादा सावधान’लाई दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। यस फिल्ममा आयुष्मान खुरानाको मुख्य भूमिका छ। फिल्ममा उनी समलिङ्गीको भूमिकामा प्रस्तुत भएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर मार्फत यस फिल्मलाई उत्कष्ट रहेको प्रतिक्रिया दिएका छन्। ट्रम्पले एलजिबिटिआई अभियान्ता पिटर ताचेलको ट्विटमा प्रतिक्रिया दिँदै ‘ग्रेट’ लेखेका छन्। पिटरले लेखेका छन्,…
काठमाडौं: घटना भएको १३ दिन भइसक्यो। प्रहरीले हत्यारा पनि पत्ता लगाइसक्यो। तर हत्याको कारण अझै खुल्न सकेको छैन। सन्दर्भः मुना कार्की हत्या प्रकरण। गत माघ २७ गते। बिहान ११ बजेर २० मिनेटमा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना घरको भान्छा कोठामा अचेत अवस्था भेटिइन्। उनको टाउकोमा चोट लागेको थियो। रगताम्मे उनलाई तुरुन्त सानेपास्थित स्टार अस्पताल पुर्याइयो। तर, उपचार सुरु नहुँदै…
काठमाडौं : राजनीतिसँग जोडिएको हल्लाले सेयर बजारमा ‘हर्ड इफेक्ट’ देखिँदा एकैदिन ७५ अंकसम्मले सूचक उक्लिएको छ। हाल उच्चतम ७५ अंकबाट फर्किएपनि बजार अझै फराकिलो अन्तर पारेर निक्कै माथि बसेको छ। सेयर बजार विरोधीका रुपमा चिनिएका अर्थमन्त्री डा युवराज खतिवडा बाहिरिने समाचार सार्वजनिक भएपछि आइतवार बजारले १५ सय अंक पार गरेको हो। राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि उनको ठाउँमा बामदेव गौतमलाई…
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा दावीको भुक्तानी समयमा नगर्ने बिमा कम्पनीलाई कारबाही गरिने बताएका छन्। राष्ट्रिय बिमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बिमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अबदेखि समयमा भुक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताए। उनले भने, ‘आफूले गरेको बिमाको रकम तिर्नुभएन तपाईहरु बिमा गर्ने…
बाँके : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन सक्ने बनाउने लक्ष्य बोकेर आफूले यात्रा थालेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफूले विश्राम नलिने बताए। पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउन आफू जस्तोसुकै कठिन काम गर्न पनि तयार रहेको उनको भनाई थियो। कोइरालाले भने, 'गुट…
काठमाडौं : झापाको झिलझिलेमा जारी तेस्रो संस्करणको सताशी गोल्डकपका लागि थ्री स्टार क्लब र मछिन्द्र क्लब भिड्दैछन्। सताशी स्पोटिङ क्लबलाई हराएर फाइनलमा पुगेको थ्री स्टारले ए डिभिजनको च्याम्पियनसमेत रहेको मछिन्द्र क्लबसँग खेल्नेछ। मछिन्द्र क्लबले सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीक्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। मछिन्द्र क्लबका कप्तान विराज महर्जन टिमसेट मिल्दैगएकाले आफूहरु उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने बताए।'लिग सकिएको…