PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु'

    मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु'

    काठमाडौं: मानव बेचबिखन विरुद्ध 'सत्य कथाहरु' प्रदर्शनी सुरु हुने भएको छ। प्रदर्शनीमा मानव बेचबिखन र सम्बन्धित अन्य विषयहरुमाथी छलफल हुनेछ। कार्यक्रममा मानव र यौनिक बेचबिखन पिडितहरुसँग अन्तर्क्रिया समेत हुनेछ। कार्यक्रममा मानव बेचबिखन न्युनिकरणका उपायहरु र पिडितहरुको सशक्तिकरण बारे पनि परिचर्चा गरिने उल्लेख गरिएको छ। सिद्धार्थको आर्ट फाउन्डेशन आयोजनामा हुने प्रदर्शनीमा अमेरिकन एम्बेसीको सहकार्य रहेको छ। कार्यक्रममा मारिलिन मिन्टर, लिन टायनमियाओ,…

    विस्तृतमा पढ्नुस्

  • तिनाउ खोलाले जीप बगाउँदा चार जना बेपत्ता 

    तिनाउ खोलाले जीप बगाउँदा चार जना बेपत्ता 

    रुपन्देहीः  पाल्पामा तिनाउ खोलाले जिप बगाउँदा ४ जना बेपता भएका छन्। पाल्पाको माथागढी –३ सराईस्थित तिनाउ खोलाले विहेको भोज खाएर फर्कदै गरेको लु १ ज १२१७ नम्बरको जिप बगाउँदा ४ जना बेपत्ता भएका हुन्। लगातार बर्षाका कारण तिनाउ खोलामा आएको बाढीले गएराति जिप बगाउँदा तानसेन– १ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र सरकार विस्तार 

    उपप्रधानमन्त्री महरा भन्छन्–संविधान संशोधनपछि मात्र सरकार विस्तार 

    चितवन  : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन्।  प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महराले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए। उपप्रधानमन्त्री महराले एक दुई दिनभित्रै संविधान संशोधन प्रस्ताव पेश हुने बताए। उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए।  उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको मतपत्रको पोको आज पनि फुकेन

    भरतपुरको मतपत्रको पोको आज पनि फुकेन

    काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको निर्वाचनका विषयमा परेको रिटको सुनवाई आज पनि सरेको छ। पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आगामी साउन २ गतेका लागि सारिएको हो।  आजका लागि न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलास तोकिएकोमा समय अभाव कारण देखाउँदै सुनुवाई आगामी साउन २ गतेका लागि सारिएको हो।  सुनुवाई पटक-पटक…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवले भने–संविधान संशोधनको विपक्षमा छैनौं, पक्षमै मत हाल्छौं

    उपेन्द्र यादवले भने–संविधान संशोधनको विपक्षमा छैनौं, पक्षमै मत हाल्छौं

    काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयकको पक्षमा रहेको र प्रस्तावका पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन ।  सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे। उनले भने,‘हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्तावपारित गराउनको लागि पक्षमा नै मतदान गर्छ।’ यद्दपी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने, 'राष्ट्रपतिलाई त्यस्तो महंगो गाडी किन्ने प्रस्ताव आएको छैन'

    प्रधानमन्त्रीले भने, 'राष्ट्रपतिलाई त्यस्तो महंगो गाडी किन्ने प्रस्ताव आएको छैन'

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताएका छन्। संसदमा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्। 'राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्न लागेको भन्ने सुन्दैछु, राष्ट्रपतिलाई १६ करोडको प्रधानमन्त्रीलाई १५ करोडको अनि मन्त्रीहरुलाई १४ करोडको होला,' संसद्‍मा नेमकिपा सांसद…

    विस्तृतमा पढ्नुस्

  • रिलिज टार्गेट मिट नगर्नेमा थप एक फिल्म, साउन ६ बाट प्रदर्शनमा आउँदै

    रिलिज टार्गेट मिट नगर्नेमा थप एक फिल्म, साउन ६ बाट प्रदर्शनमा आउँदै

    काठमाडौं: नेपालभन्दा अगाडी चार देशमा प्रदर्शन हुने भनिएको फिल्म 'मेरी कुसुमले' रिलिज टार्गेट मिट गरेन। जेठ २५ गते प्रदर्शन मिति तय गरेको फिल्म प्रदर्शनमा भने आएन। युनिटले हालैमात्र फिल्म प्राविधिक कारणले प्रदर्शनमा आउन नसकेको जानकारी दिएको हो। फिल्म ‘मेरी कुसुम’ नयाँको नयाँ रिलिज टार्गेट साउन ६ गते रहेको छ। नेपाल अघि यूएई, मलेसिया, कतार, बहराइन लगायत चार देशमा प्रदर्शन हुने…

    विस्तृतमा पढ्नुस्

  • वर्किङ टाइटल 'लिलिबिली' सहित मिलन चाम्सको नयाँ फिल्म

    वर्किङ टाइटल 'लिलिबिली' सहित मिलन चाम्सको नयाँ फिल्म

    काठमाडौं: ह्याप्पी डेज र ब्लाइन्ड रक्स रिलिज तयारीमा राखेर निर्देशक मिलन चाम्सले नयाँ प्रोजेक्ट घोषणा गरेका छन्। सोमबार उनले वर्किङ टाइटल 'लिलिबिली' बनाउने जानकारी दिएका हुन्। चाम्सको निर्देशनमा बायोपिक बब्बी तालनगरी पोखरामा छायांकन भैरहेको छ। रोमकम जानराको फिल्म लिलिबिलीको लागि अफिसियल नाम भने फिल्म छायांकनका लागि फ्लोरमा उत्रनु अघि घोषणा गर्ने बताइएको छ। साढे दुई करोड बजेट बताइएको फिल्मको बेलायतको…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खान सेटमा पुग्दा किन रोक्कियो कपिल शर्मा शोको सुटिङ?

    शाहरुख खान सेटमा पुग्दा किन रोक्कियो कपिल शर्मा शोको सुटिङ?

    सन् २०१३ मा फिल्म 'चेन्नई एक्सप्रेस' प्रमोशनका लागि कमेडी नाइट विद कपिलमा देखिएका थिए शाहरुख खान। त्यसयता कपिलको शोमा आफ्नो हरेक फिल्म प्रोमोशनका लागि पुग्छन् उनी। शाहरुख मात्र होइन हरेक फिल्म निर्माता र कलाकारका लागि कपिलको कमेडी शो फिल्म प्रचारको राम्रो माध्यम बनेको छ। प्रदर्शनको तयारीमा रहेको फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचारका लागि पनि शाहरुख द कपिल शर्मा शोको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने–कांग्रेस–एमालेले जितेर के गर्नु काम माओवादीकै गर्नुपर्छ

    प्रचण्डले भने–कांग्रेस–एमालेले जितेर के गर्नु काम माओवादीकै गर्नुपर्छ

    काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमालेलगायतका जुनसुकै दल र उम्मेदवारले जितेपनि काम माओवादीकै गर्न बाध्य हुने बताएका छन्। सोमबार दिउसो माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न नसक्ने बताए।  उनले भने,‘भर्खरै छवटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यू-२३ मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

    यू-२३ मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल यू-२३ र बंगलादेशको यू-२३ बीच मंगलबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेलअघि सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कोच र कप्तानले खेलका लागि तयार रहेको बताएका छन्। नेपाल यू-२३ का कोच राजुकाजी शाक्यले छोटो समयमै मैत्रीपूर्ण खेल खेल्नुरे पनि तयार रहेको बताए। 'हाम्रो तयारी राम्रै छ। युएईमा कसरी खेल्ने भनेर तयारी रहनका…

    विस्तृतमा पढ्नुस्

  • जिम्वावेले जित्यो पाँच खेलको सिरिज, अन्तिम खेलमा श्रीलंका ३ विकेटले पराजित

    जिम्वावेले जित्यो पाँच खेलको सिरिज, अन्तिम खेलमा श्रीलंका ३ विकेटले पराजित

    बलरहरुको उत्कृष्ट प्रदर्शन, हमिल्टन मसाकाजाको अर्धशतक तथा सिकन्दर रजाको धैर्यतापूर्ण ब्याटिङ मद्दतमा जिम्वावेले पाँचौ तथा अन्तिम वान डे मा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै ५ खेलको सिरिज ३-२ ले जितेको छ। हमबानटोटामा २ सय ४ रनको लक्ष्य जिम्वावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै श्रीलंका विरुद्ध ऐतिहासिक जित हासिल गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले धनुस्का…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन साउन १ देखि

    प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलन साउन १ देखि

    काठमाडौं : निर्वाचन आयोगले आगामी साउन एक गते देखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको छ। आयोगको आज बसेको बैठकले साउनमा १५ दिन मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।  आगामी साउन १ देखि १५ सम्म मतदाता नामावलीमा नाम लेखाउनेहरुले तेस्रो चरणको स्थानीय चुनावमा भने सहभागी हुन पाउने छैनन्। किन भने निर्वाचन आयोगले संकलन गर्न लागेको मतदाता नामावली प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको हर्पन खोलाले बगाएर दुई बेपत्ता

    पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन्।  माछा मार्न गएका महानगर–३ नदीपुरका २४ वर्षीय ईन्द्र पुन र ललित पुनलाई खोलाले बगाएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  हर्पन खोला र खहरे खोला फेवातालमा मिसिन्छन्।  

    विस्तृतमा पढ्नुस्

  • अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी रुपमा सञ्चालन

    बेनी: कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ। हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो। वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १०० मिटर सडक प्रभावित बनाएको थियो। अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • नौ दिनदेखि महिला बेपत्ता

    पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन्। गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका श्रीमान् यमप्रसाद बरालले जानकारी दिए। महानगर–२२ पुम्दीभुम्दी घर भएका बराल परिवारले सो ठाउँमा रेस्टुराँ व्यवसाय गर्दै आएका र पार्वतीको चिनेजानेका र आफन्त सबैकहाँ सोधपुछ गर्दासमेत फेला नपरेको बताइएको छ। श्रीमान् यमप्रसादले श्रीमतीको खोजी…

    विस्तृतमा पढ्नुस्

  • गाउँमा पुग्यो सिंहदरवारः स्थानीय तहमा आज बजेट

    गाउँमा पुग्यो सिंहदरवारः स्थानीय तहमा आज बजेट

    काठमाडौँ: मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहले आज वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको बजेट प्रस्तुत गर्दैछन्। स्थानीय तहले पहिलो पटक आफ्नो आयव्ययको अनुमान आफ्नै सभामा पेस गर्न लागेका हुन्। केन्द्रमा व्यवस्थापिका संसदमा बजेट पेस गर्ने शैलीमा स्थानीय तहका प्रमुख वा तोकिएका व्यक्तिले गाउँ/नगर सभामा वार्षिक बजेट पेस गर्दैछन्। सभामा पेस भएको बजेट असार मसान्तसम्म पारित गर्नुपर्नेछ। निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • पोखराको लामाचौरमा मुख्य सडक भासियो

    पोखराको लामाचौरमा मुख्य सडक भासियो

    पोखराः अविरल बर्षाका कारण पोखरा लेखनाथ महानगरपालिकाको लामाचौरमा मुख्य सडक नै भासिएको छ। महानगरको वडा नम्बर १६ को लामाचौर चोकमा शनिबार राति परेको अविरल बर्षसँगै सडक भासिएको हो। मुख्य सडक भासिएर सवारी अवागमनमा समस्या भएसँगै बिहानै उक्त स्थान डोजर लगाएर पुरिएको छ। लामाचौर माछापुच्छ्रे सडकखण्ड भासिदा एकता आरसी कम्पेक्स भएको घर समेत जोखिममा परेको छ। भुर्जुङखोला तातोपानी जाने मुख्य सडक…

    विस्तृतमा पढ्नुस्

  • दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा विमला र भीम च्याम्पियन

    दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा विमला र भीम च्याम्पियन

    काठमाडौं : विमला सुनुवार र भीमबहादुर तामाङले तेश्रो दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगितामा स्वर्ण जितेका छन्। बालाजुस्थित दागम्बु क्लाइबिङ सेन्टरमा शनिबार भएको प्रतियोगिताको विमला महिला र भीम पुरुषतर्फ च्याम्पियन बने। महिलामा सुस्मिता बराल दोस्रो र पेम्बा कान्डी शेर्पा तेस्रो भए। पुरुषमा टिटिन वर्टिन राई दोस्रो तथा विजय सुनुवार तेस्रो भए। दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार,…

    विस्तृतमा पढ्नुस्

  • धरान, अर्जुनधारा र पुनर्वासमा मतगणना जारी, तीनै स्थानमा एमालेको अग्रता

    धरान, अर्जुनधारा र पुनर्वासमा मतगणना जारी, तीनै स्थानमा एमालेको अग्रता

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अब ३ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ। ३३४ तहमध्ये ३३१ स्थानको नतिजा अइसकेको छ। नतिजा अउन बाँकी स्थानीय तहमा धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन्। हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा छ। कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। एमाले १४८ स्थानमा विजयी भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell