काठमाडौं: प्रणय दिवस मानिने फेब्रुअरी १४ आउँदै गर्दा नेपाली क्रिकेट टिमका शरद भेष्वाकर भने प्रेम सम्बन्ध बारे बोल्न आवश्यक नरहेको बताउछन्। नायिका निशा अधिकारीसँग सम्बन्धमा रहेको भनिएका उनले आफ्नो सम्बन्ध बारे आफूलाई भन्दा बढी अरुलाई थाहा भएको बताएका हुन्। पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,'हामी बिचको कुरा बाहिर आउन किन आवश्यक छ? पर्सनल विषयलाई बाहिर ल्याउन जरुरी छ र?' उनले आफ्नो…
काठमाडौं : नेपाल प्रहरीको २५औं महानिरीक्षक (आइजिपी) छनौटबारे नेपाली कांग्रेसभित्रको झगडा सल्टिए पनि त्यही झगडा सत्ता गठबन्धनमा सल्किएको छ। पहिले कांग्रेसभित्रै कसलाई आइजिपी बनाउने भन्ने विषयमा तीव्र विवाद देखिएको थियो। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि नवराज सिलवालको पक्षमा र सभापति देउवा जयबहादुर चन्दको पक्षमा उभिएपछि विवाद सिर्जना भएको थियो। देउवाले अडान नछोडेपछि निधि मान्न बाध्य भएका छन्। बुधबारदेखि…
काठमाडौं: डकु ड्रामा 'डाइङ क्यान्डल' को हिजो काठमाडौं कमलपोखरी बिगा मुभिज मा प्रिमियर शो भयो। हलिउडको क्वीन्स फेस्टिभलमा उपाधी जितेर आएको फिल्म नेपालका लागि माघ २८ गते शुक्रबारबाट सार्वजनिक हुँदैछ। दिदी र भाइको आत्मीय सम्बन्धको चित्रण नै फिल्मको मुख्य विषय हो । फिल्ममा कलाकार सिर्जना सुब्बा प्रोटागनिस्ट रहेकी छिन्। सिर्जनासँगै लाक्पा सिंगे लामा, सौगात मल्ल र अर्पणा थापाको मुख्य अभिनय…
काठमाडौं : वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्ने भएका छन्। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन्। अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्था संघका प्रमुखहरु बोलाएर सुध्रिन चेतावनी दिएको थियो। गभर्नर डा. चिरञ्जीवीले नेपाल बैंकहरु नसुध्रिए कारवाही गर्ने अवस्थामा आफू पुगेको भन्दै अनुत्पादक क्षेत्रको…
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एफपिओ पर्नेहरुलाई पनि बोनस शेयर दिने भएको छ। कम्पनीको सञ्चालक समितिले अहिलेको चुक्ता पुँजीको ३०.०८ प्रतिशत हुन आउने रकमको लाभांस दिने भएको हो। एफपिओपछि समायोजित पुँजीमा कम्पनीले दिने लाभांसको हिस्सा २६.३१ प्रतिशत हुन आउँछ। कम्पनीले कर प्रयोजनका लागि लाग्ने नगद यसैबाट दिने छ। बाँकी सबै रकमको बोनस शेयर उपलब्ध गराउने छ। कम्पनीले बोनस…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको मंगलपुरको लालबस्तीमा रहेका १ सय ६० सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन्। सो अवसरमा उनले क्याबिनेटबाट नै सुकुम्बासीका लागि विशेष ऐन र कार्यक्रमम ल्याउने तयारी भइरहेको पनि जानकारी गराए। सोही कार्यक्रममा उनले चुनावको तयारीमा रहन सबै नेता, कार्यकर्ता तथा सम्बन्धित निकायलाई आग्रह गरे। निर्धारित समयभित्रै तीन तहको निर्वाचन हुने भएकाले सबैलाई तयार रहन…
काठमाडौं: गजलकार सनोदिलको गीति गजल 'अधर थोरै' सार्वजनिक भएको छ । गजल म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको हो। सनोदिलका शब्दमा स्वर र संगीत दिएका छन् राज सागरले। भोइस अफ नेपालको प्रस्तुती रहेको गीत्को भिडियो मा प्रशंसा, श्याम र संजयको फिचरिङ रहेको छ। तिलक रिजालले खिचेको भिडियो निर्देशन र सम्पादन डिडस गजुरेलले गरेका हुन्। हेर्नुस् भिडियो:
काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि नेपालबाट २४ खेलाडी छनोट भएका छन्। आउँदो मार्च ११ र १३ मा हुने खेलका लागि पारस खड्काको कप्तानीमा २४ जना छानिएका हुन्। आगामी आइतबारदेखि बन्द प्रशिक्षण सुरु हुनेछ। टोलीमा विकेट किपर सुवास खकुरेल र राजु रिजाल भने परेनन्। सुवास राजु नपरेसँगै मोहम्मद आसिफ शेख, दिलीप नाथ र…
बलिउड फिल्म 'जग्गा जासूस'मा २९ वटा गीत रहने भएको छ। अप्रिल ७ मा सार्वजनिक हुने न्यारेटिभ जानराको ड्रामामा फिल्मको कथा गीतसँग प्रस्तुत भएको बलिउड हंगामाले जनाएको छ। फिल्मको गीतहरुका लागि संगीतकार रहेका प्रीतमले भने,'फिल्म हलिउडको लाला ल्यान्डसँग तुलना गर्न योग्य छ। यि गीतहरु बिना फिल्म अधुरो रहन्छ।' अनुराग बासुको निर्देशनमा बनेको फिल्ममा रणबिर कपूर, कट्रीना कैफ, सायनी गुप्ता र अधा…
काठमाडौं : एएफसी एसियन कप-२०१९ को क्वालिफायर म्याचका लागि ३६ सदस्यीय प्रारम्भिक टोली छनोट गरिएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्ध पहिलो खेलका लागि खेलाडी छनोटको घोषणा गरेका हुन्। गत नोभेम्बरमा भएको एएफसी सोलिडारिटी कपको विजेता टिममा रहेका २३ खेलाडीसँगै थप १३ खेलाडी पनि प्रारम्भिक सूचीमा समावेश भएका छन्। फरवार्ड युवराज खड्का, मिड फिल्डरद्वय रवि पासवान…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) छनोट विवादका कारण अनिश्चित बनेको मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दैछ। सत्ता गठबन्धनभित्रको विवादका कारण आजको मन्त्रिपरिषद् बैठक दिनभर अनिश्चित बनेको थियो। केहीबेरमै बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। आगामी फागुन २ गतेबाट रिक्त हुने महानिरीक्षकमा कसलाई पठाउने भन्नेबारे सहमति नजुटेको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। सत्ता गठबन्धनमै भएको किचलोका कारण…
काठमाडौं : फिफाले जारी गरेको फेब्रुअरी महिनाको नयाँ वरीयतामा नेपाल दुई स्थानमा माथि उक्लन सफल भएको छ। १२० अंक रहेको नेपाल दुई स्थान फड्को मार्दै १७३ औं स्थानमा पुगेको छ। एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा माथि १३० औं स्थानमा छ। माल्दिभ्स ५ स्थन माथि उक्लदैँ १४० औं स्थानमा पुगेको छ। एक स्थान तल झरेको भुटान १७७ औं…
काठमाडौं : भारतमा भइरहेको दोस्रो स्रस्करणको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालका पदम बहादुर बदइलाले न्युजिल्याण्ड विरुद्व कीर्तिमानी दोहारो शतक प्रहार गरेका छन्। ९० बलको सामना गरेको पदमले ३६ चौकाको मद्दतमा नटआउट २११ रन बनाए। नेपालको तर्फबाट ब्लाइण्ड वर्ल्डकपमा कुनै पनि खेलाडीले बनाएको यो सर्वाधिक रन हो। यसअघि यही प्रतिगोगितामा नेपालका सुनिल थापा मगरले वेष्टइन्डिज…
काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठक आयोगको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले माघ १२ गते नै म्याद थपका लागि पत्र शान्ति मन्त्रालयमार्फत पठाइसकेको थियो। २०७१ माघ २७ मा गठन भएका आयोगको म्याद आज सकिँदै थियो।…
सिमरा : आठौं रुस्लान सिमरा गोल्डकपको उपाधिका लागि सिएमजी संकटा र नेपाल आर्मी भिड्ने भएका छन्। विहिबार भएको दोसे सेमिफाइनलमा हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दै आर्मीले संकटासँगको फाइनल भेट पक्का गरेको हो। पहिलो खसेमिफाइनलमा संकटाले साविक विजेता विजय युथ कलबलाई हराएको थियो। सिमरा रंगशालमा आर्मीलाई जित दिलाउन टंक बस्नेतले निर्णायक गोल गरे। यसअघि हिमालयन शेर्पाका मान बहादुर तामाङले आत्मघाती…
काठमाडौं : अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहको नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ प्रतियोगितामा सिंगल्सतर्फ सेमिफाइनल र डबल्सतर्फ फाइनल समिकरण पुरा भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा विहिबार सिंगल्सका क्वाटरफाइनल तथा डबल्सका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन्। जसमा चीन र भारतका खेलाडीहरुको वर्चस्व रहेको छ। ब्वाइज सिंगल्सको सेमिफाइनलमा चारै जना भारतका खेलाडी प्रवेश गरेका छन् भने गर्ल्स सिंगल्समा भारत र…
काठमाडौं : भारतमा भइरहेको दोस्रो स्रस्करणको ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटको अन्तिम खेलमा नेपालले न्युजिल्याण्डमाथि १४१ रनको शानदार जित हासिल गरेको छ। यसअघि दक्षिण अफ्रिकालाई पराजित गरेको नेपालले दुई जितसँगै प्रतियोगितामा सुदख अन्त्य समेत गरेको छ। आफ्नो अन्तिम खेलमा पदम बहादु बदइलाले कीर्तिमानी दोहारो शतक प्रहार गरेपछि नेपालले न्युजिल्याण्डदाई ३१६ रनको विशाल चुनौती पेश गरेको थियो। नेपालको लागि उच्च…
काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिको विवादका कारण बिहीबार दिनभर अनिश्चित भएको मन्त्रिपरिषद्को बैठक दिउँसो आकस्मिक रुपमा त बस्यो, तर त्यो यति आकस्मिक भइदियो कि केही मन्त्री पुग्नै भ्याएनन्। नेपाल प्रहरीको संगठनको वरियताबमोजिम महानिरीक्षक नियुक्त हुनुपर्ने अडानमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई नै महानिरीक्षक बनाउनु पर्ने अडानमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर…
काठमाडौँ : आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको महानिरीक्षक नियुक्त गर्ने भएको छ। आजैको बैठकमा प्रस्ताव लाने तयारी भए पनि केही कारणले नसकिएको गृह मन्त्रालय स्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दको नाममा प्रस्ताव बनाउन गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्। पद्दति अनुसार गृह मन्त्रालयले उठाएको टिप्पणी अनुसार गृहमन्त्रीले मन्त्रिपरिषद्को…
काठमाडौं : दसैंयता लोडसेडिङ शून्यमा झरे पनि भारतबाट गत वर्षको तुलनामा १५ मेगावाट मात्र थप विद्युत आयात भइरहेको छ। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेका अनुसार गतवर्ष भारतबाट करिब ३४५ मेगावाट विद्युत आयात गरेर लोडसेडिङ अवधिलाई अधिकतम दैनिक १२ घण्टामा सिमित गर्न सम्भव भएको थियो। काफ्लेले गत असारमा छापिएको प्राधिकरणको अर्धवार्षिक प्रकाशन ‘विद्युत’को वर्ष २७ अंक १ मा…