काठमाडौं : सत्तारुद्ध दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मधेसी मोर्चाले विगतमा उठाउँदै अएको स्थानीय तहको संख्याका विषयलाई आज पनि जोडतोडका साथ उठाएको थियो। विगतमा संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक त्यसँगै स्थानीय तहको संख्याका विषयमा अडान अघि सारेको हो। 'जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्यो,…
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम सोमबार सर्वसम्मतले अनुमोदन गरेको छ। प्रस्तावित न्यायाधीशको सुनुवाइ गरी समितिले सर्वसम्मतले अनुमोदन गरेको हो। समितिबाट प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी अनुमोदित भएका छन्। सुनुवाइबाट अनुमोदन भएसँगै अब शपथपछि न्यायाधीशले कार्यसम्पादन सुरु गर्नेछन्। प्रस्तावित न्यायाधीशद्वय केसी र भण्डारीविरुद्ध एक/एक उजुरी परेका थिए। समितिले उजुरकर्तासँग गत…
काठमाडौं: एक्शन स्टार निखिल उप्रेतीको पहिलो फिल्म 'पिँजडा'को सिक्वेल 'पिँजडा ब्याक अगेन' बन्ने भएको छ। आइतबार एक कार्यक्रम बिच फिल्म निर्माण घोषणा भएको हो। फिल्मलाई हिमाल केसीले निर्देशन गर्ने भएका छन्। पिँजडा ब्याक अगेन पनि एक्शन प्रधान फिल्म हुने केसीले जानकारी दिए। भने,'पिँजडाले एक्शन फिल्मको क्षेत्रमा जुन छाप छोडेको छ त्यसैलाई सिक्वेलाले पच्छ्याउँछ। फिल्ममा पारिवारिक प्रेमले पनि ठाउँ पाउँछ।' 'दर्शकलाई…
फिलिपिन्समा आयोजना गरिएको मिस युनिभर्स प्रतियोगितामा फ्रान्सकी २३ वर्षीय इरिस मिटेनाएरेले 'मिस युनिभर्स २०१६' को ताज पहिरिएकी छिन्। प्रतियोगितामा ८६ देशका सुन्दरीहरुको सहभागिता थियो। प्रतियोगितामा इरिसलाई सुरुदेखि नै बलियो प्रतिष्पर्धिका रुपमा लिइएको थियो। उनले सबैलाई आफ्नो सुन्दरता, आत्मविश्वासले मोहित तुल्याइन्। इरिस डेन्टल क्षेत्रकी विद्यार्थी हुन्। २३ वर्षिय यि सुन्दरीलाई कुकिङमा विशेष रुचि छ। उत्तरी फ्रान्सको एउटा सानो सहरबाट 'मिस युनिभर्स २०१६' मा…
काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् पशुपति चौलागाईंलाई ७ मतले पछि पार्दै उपाध्याय सभापति निर्वाचित भएका हुन्। उपस्थित सदस्यहरुबाट उपाध्यायले २३ र चौलागाईंले १६ मत प्राप्त गरेका छन्। सार्वजनिक लेखा समितिका सभापति निर्वाचनमा सत्तारुद्ध र प्रतिपक्षीहरु भने दुवै विभाजित भएका थिए। सत्तारुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिपक्षी उम्मेदवार…
बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'जोली एलएलबी २'को कुनै पनि दृश्य सेन्सरले काटेन। वेब दुनियाँका अनुसार फिल्मले प्रदर्शनका लागि युए सर्टिफिकेट पाएको छ। जुत्ता कम्पनी बाटाको प्रचार गरिएको दृश्यलाई भने फिल्म युनिटले सेन्सन बोर्ड जानु अघिनै हटाएको थियो। सन् २०१३मा सार्वजनिक कमेडी जानराको फिल्म जोली एलएलबीको सिक्वेल यो फिल्ममा अन्नु कपूर, अक्षय कुमारको विपक्षमा वकालत गर्ने वकिलको रुपमा देखिन्छिन्।…
काठमाडौं : भारतीय पक्षले महोत्तरीको दशगजा मिचेको घटनाप्रति नेपाल मजदुर किसान पार्टीले संसदमा आपत्ति जनाएको छ। आजको व्यवस्थापिका संसद बैठकमा बोल्दै नेमकिपा सांसद् प्रेम सुवालले भारतले दशगजा मिचेर सडक र नाला बनाएकोमा विरोध जनाए। उनले तत्काल यस्ता कार्य रोक्नका लागि माग पनि गरेका छन्। भारतले महोत्तरीको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचैँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ। वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए। सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्त्वपूर्ण…
काठमाडौं : सोमबार संसद्मा निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित गर्ने कार्यसूची थियो। संसद्को कार्यसूचीको पहिलो नम्बरमा नै निर्वाचन (कसुर तथा सजाय) विधेयकलाई राखिएको थियो। सरकारका तर्फबाट यो विधेयक प्रस्तुत गर्नुपर्ने थियो– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले। संसद्को बैठक निर्धारितभन्दा करिब १५ मिनेट ढिला सुरु भयो। बैठक सुरु भएपछिको शून्य समयमा १० जनाले भाग लिए। त्यसपछि बैठकमा विशेष समयको…
१९९८ मा फिल्म 'हम साथ साथ है' को सुटिङ युनिट फ्लोरमा रहँदा बलिउड अभिनेता सलमान खानले हरिण मारेको आरोप थियो। उनले शिकारको समय अवैध हतियार राखेको अर्को आरोप पनि थियो। यही जनवरी १८ मा भने सलमान खानले १८ वर्षअघि कालो हरिण मारेको सो आरोपबाट सफाइ पाए। जोधपुर अदालतले सलमानसँग कुनै पनि किसिमको हतियार भएको पुष्टि नभएको भन्दै केस बन्द गर्ने…
भोजपुर : स्थानीय तहको पुनसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ। यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए। …
रुकुम : सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन्। मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा १ ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौरकी १० वर्षीया भविता पुन घाइते भएका हुन्। घाइते खत्रीको टाउको, ढाड…
चीनको एउटा चिडियाखानामा बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। चीनको निग्बोस्थित यन्गोर चिडियाखानामा ती व्यक्ति बाघको लागि लगाइएको पर्खालभित्र छिरेका थिए। त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको थियो। प्रहरीले उद्धार गरेर अस्पताल पुर्याइएपछि उनको मृत्यु भयो। उनलाई बचाउनका लागि स्थानीय प्रहरीको विशेष टोलीले बाघमाथि गोली चलाएको थियो। बाघ बस्ने ठाउँमा तिनी किन गएका थिए भन्ने कुरा थाहा…
काठमाडौँ : ‘घरबेटी बा’, ‘धेरै प्रयास’, ‘मान्छेको जात’, ‘प्रिय तिम्रो’, ‘सारङ्गीको स्वर मिठो’ लगायतका गीत सार्वजनिक गरिसकेका युवा गायक विमल गौतमको नयाँ म्युजिक भिडियो बजारमा आएको छ। 'आँखाको भाका' बोलको यो गीतलाई डिआरले लेखेका हुन् भने डेनी निरौलाले संगीत दिएका छन्। ढकाल फिल्म्सको ब्यानरमा निर्देशक तथा मोडल नारायण ढकालले खिचेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो। युवायुवतीको प्रेम भावलाई बोकेको…
काठमाडौं : वैदेशिक रोजगारका लागि कैलालीबाट दक्षिण कोरिया गएका ६ युवाले स्वदेश फर्किएका युवाका लागि सहयोग गर्न भन्दै 'कैलाली समाज दक्षिण कोरिया' नामक समूह गठन गरेका छन्। समूहका सदस्यहरुले हरेक महिना २० हजार रुपैयाँ बचत कोषमा र एक हजार रुपैयाँ सामाजिक सहायता कोषमा जम्मा गर्नेछन्। ५ करोड रुपैयाँको बचत कोष खडा गरी विदेशिएका युवाहरुलाई सिप लिएर स्वदेश फर्केपछि कृषि,…
काठमाडौं : एप्पल वर्ल्ड प्रालिले मोबाइल खरिदमा विभिन्न स्किमहरु सुरु गरेको छ। भोलिदेखि आगामी फागुन १० गते सम्मका लागि एक्सचेन्ज अफर ल्याइएको कम्पनीले जनाएको छ। दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइलले सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ। ६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे सम्मकालागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ…
चापेल हाड्ले सिरिजअन्तर्गत पहिलो वान डे क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ। साँघुरो रन अन्तरको जितसँगै घरेलु टोली न्यूजिल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अष्ट्रेलियाका मार्कुस स्टोइनिसले नटआउट १४६ रन बनाएपनि कंगारु टोलीको हार टार्न पर्याप्त रहेन। २८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४७ ओभरमा सबै विकेट गुमाउँदै २८० रनमा समेटियो। पाहुना टोलीका लागि सातौँ क्रममा…
काठमाडौं : न्यू डायमण्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको दोस्रो दिन सोमबार सम्पन्न खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हराउँदै न्यू डायमण्डले अन्तिम चारमा स्थान बनाएको हो। हलचोकस्थित एपीएफको भलिबल कोर्टमा भएको खेलमा न्यू डायमण्डले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–९,२५–१६ र २५–११ को सहज जित निकाल्यो। न्यू…
काठमाडौँ : बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ। आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो। आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ। बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ। बिमापछि होटल उपसूचक…
काठमाडौं : परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध व्यक्तिलाई स्पेन लैजाने प्रयास गरेको घटनामा तानिएका माओवादी केन्द्रका सभासद् डोरप्रसाद उपाध्याय सार्वजनिक लेखा समितिको सभापति भएका छन्। सोमबार भएको निर्वाचनमा सत्ताधारी दल माओवादी केन्द्र र नेपाली कांग्रेसको समर्थनमा उनी सभापति निर्वाचित भए। मानव तस्करी र सरकारी कागजात किर्तेमा प्रहरीसँगै माओवादी केन्द्रले समेत नेता…