युरो अन्तर्गत फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेल दुई अनौठा दृश्य देखियो। समर्थकको आशा बमोजिम खेलमा दुवै टीमले गोल गर्न सकेनन् र बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरे। तर मैदानमा भने कसैले नसोचेको दुई घटना देखियो। पहिलो स्विट्जरल्याण्डका चार खेलाडीको जर्सी खेल्ने क्रममै च्यातिनु, अर्को खेलिरहेको बलको हावा खुस्किनु। यसमा खेल सामाग्री उत्सापन गर्ने कम्पनीद्धय पुमा र एडिडासको कमजोरी…
काठमाडौँ : नेपाली कांग्रेसले संसदमा विनियोजन विधेयक माथिको छलफलमा अवरोध गरेको छ। कांग्रेसले विज्ञान तथा प्रविधि, सामान्य प्रशासन मन्त्रालय र आपूर्ती मन्त्रालयको बजेट कार्यक्रम नआइकन छलफल अगाडि बढाएको भन्दै विरोध जनाएको हो। कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको हो। कांग्रेसका सांसद रामहरी खतिवडाले तीन मन्त्रालयको जिल्लागत कार्यक्रम नआएको भन्दै कसरी छलफल गर्ने भन्दै…
काठमाडौँ : नेपाली कांग्रेसका सांसदले पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा सरकारले नतिरेको प्रति सरकारको विरोध गरेका छन्। संसद बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले घरभाडा नतिरेको प्रति आपत्ती जनाउँदा सरकारले नतिर्ने स्पष्ट गरे कांग्रेस सांसदले लेबी उठाएर तिर्ने बताए। ''पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा मागेर घरबेटी अदालत गएको कुरा आएको छ। यो कुरा साँचो हो भने आपत्तिजनक छ'', उनले भने, ''आवास सुविधा…
काठमाडौँ : सभामुख ओनसरी घर्तीले भूकम्पपीडितले सहायता नपाएको भन्दै सांसदहरुले उठाएको गुनासोमा आफ्नो र संसदको ध्यानाकर्षण भएको बताएकी छिन्। सांसदहरुले भूकम्पपीडितको बिजोग रहेको उल्लेख गर्दै पुनर्निर्माणमा प्रगति नभएको भन्दै सरकारको जवाफ माग गरेका थिए। सभामुख घर्तीले संसदको ध्यानाकर्षण भएको बताए पनि कुनै रुलिङ भने गरिनन्। संसदको विशेष समयमा कांग्रेसका महेश आचार्यले मंगल ग्रहको क्रेटरको नाम वैज्ञानिकहरुले लाङटाङ राख्दासमेत सरकारले लाङटाङमा…
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयपछि नेपालबारे सार्वजनिक प्रतिक्रिया दिएका छन्। यो अवस्था जुराइदियो अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणले। मोदीले सोमबार मध्याह्न ट्विट गर्दै काबुलमा भएको घटनाको निन्दा गर्दै निर्दोष नागरिकहरुको ज्यान गएकोमा अफगान र नेपाल सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना दिएका छन्। We strongly condemn the horrible tragedy in Kabul. Our deep condolences to people…
काठमाडौं: मनसुन सुरु भएपछि राजधानी लगायत आसपासका जिल्लामा पनि सोमबार बिहानदेखि पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावले देशभर मौसम बदलीसँगै मध्य र पहाडी क्षेत्रका अधिकांश स्थानमा वर्षात भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। सामान्यतया जुन १० बाट मनसुन शुरु हुने भएपनि यसपटक झन्डै एकसाता पछि मनसुन शुरु भएको हो। त्यस्तै मनसुन अन्त्य पनि केही दिन पर पुग्ने पौडेलले बताए। …
युरो २०१६ अन्तर्गत आज राति समूह 'बी'का अन्तिम दुई खेल हुँदैछन्। समूह 'बी'का दुवै खेल मध्यराति १२ः४५ बजे हुनेछ जसमा स्लोभाकिया र इंगल्याण्ड तथा रसिया र वेल्स भिड्दैछन्। समूह 'बी'बाट कुनै पनि टीम नकआउट चरणमा पुगिसकेका छैनन्। चारमध्ये जुनसुकै दुई टीम समूह विजेता र उपविजेता बन्न सक्छ। यद्यपि दुई खेलबाट चार अंक जोडेको इंगल्याण्ड पराजित भएपनि तेस्रो स्थानमा रहेर उत्कृष्ट…
काठमाडौः सूचना तथा संचार मन्त्रालयमार्फत् नेपाल सरकारले जारी गरेको अनलाएन संचारमाध्याम संचालन निर्देशिकाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गरी सरकारले जारी गरेको निर्देशिका संविधानको भावनाको समेत विपरित रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ। महासंघले त्यसलाई नसच्याई लागू गरिएमा कडा प्रतिवाद गर्ने पनि चेतावनी दिएको छ। महासंघले अनलाइन संचारमाध्यामलाई दर्ता गर्ने र त्यसको सूचना विभागबाट…
काठमाडौँ : सरकारले अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा परि निहत्था र निशस्त्र नागरिक मारिएको प्रति निन्दा व्यक्त गरेको छ। संसदलाइ घटनाबारे जानकारी गराउँदै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले दोषीलाई न्यायीक कठघराईमा ल्याई कारवाही हुने विश्वास लिएको बताए। 'अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षा व्यवस्था गर्न अफगान सरकारलाई आग्रह गरिसकेका छौँ', थापाले संसदमा भने। साथै पाकिस्तान स्थित कार्यवाहक राजदुतलाई अफगानिस्तान पुगेर घटना र…
काठमाडौ : अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोटमा परी १४ नेपालीको ज्यान गएको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डाक्टर शशांक कोइरालाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर शोक प्रकट गरेका छन्। सभापति देउवाले नेपालीमा र महामन्त्री कोइरालाले अंग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा घटनाको घोर भत्सर्ना गर्दै पार्थिव शरिर छिटो नेपाल फर्काउन, घाइतेहरुको उपचारको प्रबन्ध गर्न तथा मृतक तथा घाइतेहहरुका परिवारलाई…
युरो कप फुटबल अन्तर्गत समूह बी को अन्तिम खेलहरुमा आज स्लोभाकियाले इङग्ल्याण्डको सामना गर्दैछ भने रसियाले वेल्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यरात १२ बजेर ४५ मिनेटमा हुनेछ। त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा…
युरो कप अन्तर्गत आयोजक फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकियो। बराबरी पछि फ्रान्स समूह ए को विजेता र स्विट्जरल्याण्ड समूह ए को उपविजेता बन्यो। बराबरीसँगै स्विट्जरल्याण्ड युरो इतिहासमा पहिलो पटक नकआउट चरणमा प्रवेश गर्यो। फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेलमा कुनै गोल भएन तर खेलका क्रममा अनौठो दृश्य देखियो। चार खेलाडीको जर्सी च्यातियो, बलको हावा फुस्कियो। स्विट्जरल्याण्डका ग्राण्ट जाकाले…
काठमाडौं : सधै सडकको धुलो, धुँवा साथै तातो घाम र झरी खेपेका ट्राफिक प्रहरीले नयाँ छहारी पाएका छन्। आइतबारबाट ट्राफिक प्रहरीका लागि राजधानीमा नयाँ ट्राफिक पोष्ट स्थापना गरिएको छ। राजधानीका त्रिपुरेश्वर, पुतलीसडक, माइतीघर मण्डला, नया बानेश्वर, तीनकुने, कोटेश्वर, गौशाला, चाबहिल लगायत २० स्थानमा आधुनिक किसिमको ट्राफिक पोष्ट स्थापना गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले जानकारी दिए। मल्लले भने,…
युरो २०१६ अन्तर्गत आज राती समूह बी का अन्तिम दुई खेल हुँदैछन्। समूह बी का दुवै खेल मध्य राती १२ः४५ बजे हुनेछ। जसमा स्लोभाकिया र इंगल्याण्ड तथा रसिया र वेल्स भिड्दैछन्। वेल्सलाई नकआउट चरणमा पुग्न जित वा बराबरी पर्याप्त हुन्छ भने रसियाको लागि वेल्सलाई हराउनै पर्ने बाध्यता छ। यस समूहमा रहेका स्लोभाकिया र वेल्स पहिलो पटक युरो कप खेल्दैछन्।…
काठमाडौँ : परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा आज बिहान भएको आत्मघाती विस्फोटमा मारिने १२ नेपालीको नाम र ठेगाना सार्वजनिक गरेको छ। अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले १४ जना नेपाली मारिएको भन्दै विज्ञप्ति जारी गरे पनि परराष्ट्रले भने १२ नेपालीमात्रै परेको बताएको छ। परराष्ट्र मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भरतराज पौडेलले दुई जना विदेशी हुनसक्ने बताए। यो पनि हेर्नुस्- अफगानिस्तानमा मारिने…
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएपछि पोर्चुगल युरो २०१६ को दोस्रो खेलमा पनि बरारबीमा रोकिएको छ । समूह एफ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगल अष्ट्रियासँग गोलरहित बराबरीमा रोकिएको हो । समूह चरणमा पोर्चुगलको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा पनि पोर्चुगल डेब्युटान्ट आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । अघिल्लो चरण प्रवेशका लागि पोर्चुगल…
अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सबेरै भएको खेलमा भेनेजुएलालाई ४–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल पुगेको दिन कप्तान मेसीले पनि गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । मेसीले गाब्रीएल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको बराबरी गरेका हुन् । जिलेट स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित…
एडुअर्डो भर्गास एक्लैले चार गरेपछि मेक्सिकोलाई एकपक्षीय नतिजामा पराजित गर्दै चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा चिलीले मेक्सिकोलाई ७–० ले हरायो। चिलीको जितमा नायक बनेका भर्गास एक्लैले चार गोल गरे। खेलको १६ औं मिनेटमा एडसन पुचले गोल गर्दै चिलीलाई अग्रता दिलाए। पहिलो हाफ सकिन एक मिनेट अगाडि भर्गासले व्यक्तिगत पहिलो गोल गरेपछि चिलीले पहिलो हाफमा…
काएरो (इजिप्ट) : एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन कारावासको सजाय सुनाएको छ। त्यस्तै उनका ६ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला शनिबार सुनाइएको छ। इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी मोर्सीमाथि लागेको आरोपमा अदालतले निर्दोष भनी फैसला गरेको थियो। तर मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पुर्याएको अभियोगमा जन्मकैदको सजाय तोकिएको उनका वकिल मोनेश्म अब्देल माकसाउण्डले बताए। …
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भदौ पहिलो साता स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल संयोजकत्वको वार्ता समितिसँग केन्द्रीय क्याम्पसमा बसेको संयुक्त विद्यार्थी संघसंगठनको बैठकले मिति तय गरेको हो। शनिबार चार घण्टासम्म चलेको वार्तामा विद्यार्थी सङ्गठनहरुले राखेका विभिन्न मागहरु माथिको छलफलपश्चात स्ववियु निर्वाचन २०७३ भदौ पहिलो साता गर्ने निर्णय गरिएको हो। उक्त वार्तामा विश्वविद्यालयका विभिन्न संरचनालाई सक्रिय बनाई…