PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • पत्रकार कुट्ने प्रहरीलाई 'गेट वेल सुन प्रहरी' लेखिएको प्ले कार्ड, विदेशी पत्रकार पनि धर्नामा

    पत्रकार कुट्ने प्रहरीलाई 'गेट वेल सुन प्रहरी' लेखिएको प्ले कार्ड, विदेशी पत्रकार पनि धर्नामा

    काठमाडौं : पत्रकार सुमन चापागाईँमाथि प्रहरीले गरेको आक्रमणलाई लिएर खेल पत्रकारहरुले सुरक्षित रुपमा रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन्। सागको रिपोर्टिङमा खटिएका चापागाईँमाथि सुरक्षार्थ खटिएका डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट घाइते भएका उनको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको ज्यादतीको विषयलाई लिएर एकजुट भएका खेलकुद पत्रकारहरु प्ले कार्डसहित विरोधमा उत्रिए। उनीहरुले 'गेट वेल सुन नेपाल प्रहरी',…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार सुमन चापागाईँमाथि डिएसपीको आक्रमणले सागको सफलतामा लाग्यो ढुङ्गा

    पत्रकार सुमन चापागाईँमाथि डिएसपीको आक्रमणले सागको सफलतामा लाग्यो ढुङ्गा

    काठमाडौं : खेलकुद पत्रकारहरुले 'कालो दिवस' मनाउने तयारी गरेपछि सफल रुपमा सम्पन्न हुन गइरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग नराम्ररी विवादमा तानिएको छ। राष्ट्रिय खेलकुद परिषदको परिसरभित्रै पत्रकार सुमन चापागाईँमाथि प्रहरीले कुटपिट गरेको विषयलाई लिएर खेलकुद पत्रकारहरुले 'कालो दिवस' मनाउन लागेका हुन्। पत्रकार चापागाईँलाई डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरमा कार्यरत राठोरले पत्रकारको पहिचान हुँदाहुँदै पनि उनीमाथि आक्रण गरेका…

    विस्तृतमा पढ्नुस्

  • ओहो ! सकिँदैछ साग : ५० पुग्‍न अब १ स्वर्णमात्र बाँकी {साग ब्लग - ९}

    ओहो ! सकिँदैछ साग : ५० पुग्‍न अब १ स्वर्णमात्र बाँकी {साग ब्लग - ९}

    १३ औं दक्षिण एसियाली खेलकुद यस्तो भएको थियो भन्न अब बुधवारसम्म कुर्नुपर्ने हुन्छ। साग सकियो, लगभग। खेल सकिँदै आए। केही फाइनल खेललाई छाडेर अब समापनमात्र बाँकी छ। त्यसपछि प्रतीक्षा रहने छ, चौधौं सागको - पाकिस्तानमा। भारत पाकिस्तानबीचको द्वन्द्व अहिलेकै अवस्था कायम रहेसम्म अर्को सागको निश्चिततामाथि कालो बादल मडारिरहने नै छ। आशा गरौं, बादल हट्छ, आकाश खुल्छ। यता सागको माहोल सेलाउँदै…

    विस्तृतमा पढ्नुस्

  • लहलहैमा बक्सिङमा छिरेका भुपेन्द्रको भारतीय खेलाडीलाई हराउने त्यो कमिटमेन्ट...

    लहलहैमा बक्सिङमा छिरेका भुपेन्द्रको भारतीय खेलाडीलाई हराउने त्यो कमिटमेन्ट...

    काठमाडौं : खेलाडीको सबैभन्दा ठूलो लक्ष्य के हो? पक्कै पनि पदक ल्याएर देशको नाम उचो पार्ने। आज बक्सिङको पुरुषतर्फ भुपेन्द्र थापाले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक हात पार्दै देशलाई पदक दिलाए। देशमात्र होइन उनको यो उपलब्धिले आठौं सागयता स्वर्ण जित्न नसकेको नेपाल बक्सिङ संघको समेत शिर उचो भएको छ। ‘भारतलाई हराएर स्वर्ण जित्ने सपना थियो। किनभने मैले भारतसँग जितिसकेको धेरै…

    विस्तृतमा पढ्नुस्

  • साग समापन : प्रम ओलीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, पाकिस्तानलाई अर्को सागको लागि झन्डा हस्तान्तरण

    साग समापन : प्रम ओलीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, पाकिस्तानलाई अर्को सागको लागि झन्डा हस्तान्तरण

    काठमाडौं : दक्षिण एसियाली खेलकुदको भोलि समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समापन कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ। भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले बताए। त्यसपछि फुटबलको फाइनल खेल…

    विस्तृतमा पढ्नुस्

  • बक्‍सिङ रिङमा भारतीय खेलाडीलाई हराउँदै पहिलो पटक स्वर्ण : मीनु गुरुङको लक्ष्य अब ओलम्पिक

    बक्‍सिङ रिङमा भारतीय खेलाडीलाई हराउँदै पहिलो पटक स्वर्ण : मीनु गुरुङको लक्ष्य अब ओलम्पिक

    काठमाडौं : भारतमा भएको १२ औं सागमा मीनु गुरुङ श्रीलंकाली खेलाडीसँग पराजित हुँदै कास्य पदकमा सीमित भइन्। उनको लक्ष्य थियो फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने र स्वर्ण जित्ने। तर, ४ वर्षअघि आफ्नो लक्ष्यमा चुकेपछि लगातार प्रशिक्षणमा रहेकी मिनुले यसपटक कीर्तिमान बनाएकी छिन्, पूरानो टार्गेट पूरा गर्दै। उनले यो लक्ष्य हासिल गर्दा नेपाली बक्सिङ इतिहासमा नै पहिलो पटक महिलाले स्वर्ण पदक मुलुकका…

    विस्तृतमा पढ्नुस्

  • जुडोको फाइनल छुट्दादेखि फुटबल फाइनलमा पुग्दासम्म… {साग ब्लग ८}

    जुडोको फाइनल छुट्दादेखि फुटबल फाइनलमा पुग्दासम्म… {साग ब्लग ८}

    सागको सेड्युल अलि खकुलिँदै गएको महसुस भयो आज एक्कासी। त्यसैले सबैतिर बुझ्दा साढे ९ बजेतिर रंगशाला पुग्दा हुने हिसाब लगाएँ। पहिला थियो बास्केटबलको प्रतिस्पर्धा। बास्केटबल हेर्न थालेको केहीबेरमा सहकर्मी प्रविन त्यहाँ आइपुगे। र, त्यसको केहीबेरमा समर्थ। तीनै जना एकै ठाउँ बसेर पनि काम थिएन। लागियो लगनखेलतिर। जुडो चलिरहेको थियो। हामीले चाहेको कुरा त्यहाँ पाएनौं तर सेमिफाइनलका गज्जब खेलहरु हेर्न भने…

    विस्तृतमा पढ्नुस्

  • सागको फाइनलमा नेपाल र भुटान : बंगलादेशका प्रशिक्षक भन्छन्, 'फाइनल टफ हुन्छ'

    सागको फाइनलमा नेपाल र भुटान : बंगलादेशका प्रशिक्षक भन्छन्, 'फाइनल टफ हुन्छ'

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा टफ कम्पिटिसन हुने बंगलादेशका प्रशिक्षक जेम्मी डेले बताएका छन्। नेपाल र बंगलादेशको खेलपछि 'पोस्टम्याच कन्फ्रेन्स'मा बोल्दै प्रशिक्षक डेले फाइनलमा पुगेका दुवै टोलीले  जारी प्रतियोगितामा उत्कृष्ट खेल्दै आएकाले  फाइनल प्रतिस्पर्धात्मक हुने बताए। आजको  खेलबारे टिप्पणी गर्दै उनले आफूहरुले आजको खेल जित्न चाहे पनि असफल भएको स्वीकारे। ‘हामी यो खेल जित्न चाहन्थ्यौं। दुर्भाग्यबस…

    विस्तृतमा पढ्नुस्

  • सागमा 'ड्रागन' टिमको सफलतामा भुटानी प्रधानमन्त्री खुसी, 'भुटानले फुटबलमा नयाँ सुरुवात गर्‍यो'

    सागमा 'ड्रागन' टिमको सफलतामा भुटानी प्रधानमन्त्री खुसी, 'भुटानले फुटबलमा नयाँ सुरुवात गर्‍यो'

    काठमाडौं : भुटानका प्रधानमन्त्री लोते छिरिङले भुटानी फुटबल टोलीलाई फाइनलमा प्रवेश गरेको बधाइ दिएका छन्। दक्षिण एसियाली खेलकुद (सागमा) एउटा 'अन्डरडग' टिमको रुपमा फाइनलमा प्रवेश गर्नु आफूहरुको आशा भन्दा माथिको विषय रहेको उनले बताएका छन्।  भुटानले शनिवार भएको खेलमा श्रीलंकामाथि ३–० को जित हात पार्दै फाइनलको यात्रा सुरक्षित गरेको थियो। फुटबलमा अन्डरडग टिम मानिने भुटानले पछिल्लो समय धेरै सुधार गर्दै सागमा फाइनलको यात्रा तय गरेको…

    विस्तृतमा पढ्नुस्

  • सागको समाचारका लागि गएका साथीलाई जब डिएसपीले घचेडे … {साग ब्लग ७}

    सागको समाचारका लागि गएका साथीलाई जब डिएसपीले घचेडे … {साग ब्लग ७}

    आज शनिवार। त्यसो त विदाको दिन। तर, सागको महाकुम्भमा विदामा बस्नु कसरी? ढिलाढिला गरेर भए पनि पुगेँ रंगशाला। त्यतिखेर म्याराथनमा नेपालले स्वर्ण जितिसकेको थियो। किरणसिंह बोगटीले स्वर्ण पदक हात पारिसकेका थिए भने पुष्पा भण्डारीले रजत। त्यस्तै पोखरामा महिला क्रिकेटमा नेपाल र माल्दिभ्सको खेल चल्दै थियो, कीर्तिपुरमा पुरुष क्रिकेट। म मिडिया सेन्टरमा बसेर क्रिकेट लाइभ हेर्दै अपडेट गर्न थालेँ। साढे १…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्सका प्रशिक्षकको असन्तुष्टि, 'तयारी एउटा थियो, खेल अर्कै भयो'

    माल्दिभ्सका प्रशिक्षकको असन्तुष्टि, 'तयारी एउटा थियो, खेल अर्कै भयो'

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज माल्दिभ्समाथि २-१ गोल जित निकाल्यो। जितसँगै नेपालले फाइलन पुग्ने सम्भावनालाई कायमै राखेको छ। खेलपछिको प्रेस कन्फ्रेन्समा बोल्दै माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आफूहरुले अग्रता लिन सक्ने भए पनि चुकेको बताएका छन्। सेगर्टले खेलाडीहरुको सीप अझै विकास गर्नुपर्ने बताए। 'हामीले खेलमा अग्रता लिन सक्थ्यौं, लियौं पनि तर पछि त्यसलाई कायम गर्न सकेनौं,'…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाकी कुबरालागे अनि नेपालका पार्की र सिंह : दे डिजर्भ रेस्पेक्ट {साग ब्लग ६}

    श्रीलंकाकी कुबरालागे अनि नेपालका पार्की र सिंह : दे डिजर्भ रेस्पेक्ट {साग ब्लग ६}

    आज खेल तालिका त्यति धेरै जुधेको थिएन। साइक्लिङ, क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, पौडी र टेबल टेनिसमा जाने योजना थियो। सहकर्मी प्रविण साइक्लिङतिर लागेपछि समर्थ र म एथ्लेटिक्स, बक्सिङ र पौडीतिर जाने योजना बनायौं। प्रविनले भ्याएसम्म टेबलटेनिस र क्रिकेट पनि कभर गर्ने योजना थियो। बिहान ९:३० बजेतिर एथलेटिक्स हेर्न दशरथ रंगशाला पुगियो। समर्थ पहिल्यै त्यहाँ पुगिसकेका रहेछन्। म पुग्दा दौड चलिरहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • जब पौडी प्रतिस्पर्धा चलिरहँदा झ्याप्पै निभ्यो बत्ती {साग ब्लग ५}

    जब पौडी प्रतिस्पर्धा चलिरहँदा झ्याप्पै निभ्यो बत्ती {साग ब्लग ५}

    आज दक्षिण एसियाली खेलकुद (साग)मा सुरुमै खेल तालिका जुधेर यता न उताको भइयो। खेलहरु कि ९ बजे शुरु हुने तालिका थियो। कि ३ बजेकै हाराहरीमा। सहकर्मी प्रविन आज पनि साइक्लिङतिर लागिहाले। साइक्लिङतिर उसको मोह बुझिनसक्नु छ। अभ्यासदेखि लगातारको जितसम्म पछ्याएकै छ उसले। नपच्छ्यावस पनि किन, साइक्लिङका दुई प्रतिस्पर्धामा भाग लिने सबै नेपाली खेलाडीले पदक कब्जा गरे। डाउन हिल र क्रस…

    विस्तृतमा पढ्नुस्

  • उसुमा श्रीलंकालाई स्वर्ण दिएपछि नेपाली प्रशिक्षक असन्तुष्ट : रेफ्रीलाई आर्थिक प्रलोभनमा पारेर परिणाम प्रभावित पारेको आरोप

    उसुमा श्रीलंकालाई स्वर्ण दिएपछि नेपाली प्रशिक्षक असन्तुष्ट : रेफ्रीलाई आर्थिक प्रलोभनमा पारेर परिणाम प्रभावित पारेको आरोप

    काठमाडौं : १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको उसु खेल विवादरहित हुन सकेको छैन। पुरुष उसु तर्फ भएको खेलमा म्याच रेफ्रीका निर्णयका कारण बुधवार विवाद भएको थियो। आज महिला तर्फ भएको खेलमा पनि रेफ्रीकै निर्णय  विवादमा पर्‍यो। आज भएको खेलमा नेपाली खेलाडी मीना ग्लानलाई रेफ्रीले कम अंक दिएपछि नेपाली पक्ष असन्तुष्ट भएको हो। रेफ्रीले श्रीलंकाली खेलाडी गुण सकेरालाई ९.४२ अंक…

    विस्तृतमा पढ्नुस्

  • उस्सुमा लफडादेखि 'हुटिङ कुटनीति' {साग ब्लग ४}

    उस्सुमा लफडादेखि 'हुटिङ कुटनीति' {साग ब्लग ४}

    आज लाइन क्लियर थियो। सागको खेलहरु तुलनात्मक रुपमा कम जुधेको। त्यसैले साइक्लिङ र फुटबलमा सहकर्मी प्रविन रानाभाट जाने, एथ्लेटिक्स, उसु, तेक्वान्दो र कराँतेमा समर्थ र म जाने सल्लाह मिल्यो। योजना त पहिला दशरथ रंगशालामा हुने एथ्लेटिक्स र लगनखेलस्थित नेपाल आर्मीको शारीरिक प्रशिक्षण केन्द्रमा हुने उसु हेरेर सातदोबाटो जाने थियो। तर, एथलेटिक्स र उसु एकैपटक ९ बजेबाट शुरु हुने भएपछि हामी…

    विस्तृतमा पढ्नुस्

  • भारत र पाकिस्तानबीच तेक्वान्दो : दुवै देशका समर्थक उत्रे जुहारीमा, धर्मयुद्धको झल्को

    भारत र पाकिस्तानबीच तेक्वान्दो : दुवै देशका समर्थक उत्रे जुहारीमा, धर्मयुद्धको झल्को

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा अहिले भारत र पाकिस्तानका खेलाडी भिडिरहेका छन्। पाकिस्तानकी अनिला आयसा र भारतकी कि लतिका प्रतिस्पर्धामा छन्। सातदोबाटो स्थित कभर्डहलमा भइरहेको खेलमा खेलाडीहरु एक अर्कालाई पराजित गरी फाइनलको यात्रा तय गर्ने प्रयासमा रहँदा त्यहाँ उपस्थित समर्थकहरु भने जुहारीमा उत्रेका छन्। भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर नभइरहेको बेला यी दुई राष्ट्रबीच अन्तर्राष्ट्रिय मञ्चमा हुने…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष्य : ओलम्पिक

    जनयुद्धमा बन्दुक बोकेर हिँडेकी अनुपमाको स्वर्ण सफलता, अब लक्ष्य : ओलम्पिक

    काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले राम्रो प्रदशर्न गरिरहेको छ। दोस्रो र तेस्रो दिन कराँतेमा अपेक्षा गरिएभन्दा धेरै स्वर्ण जित्दै नेपाल सागमा अब्बल बनिरहेको छ। त्यही अब्बलतासँगै खेलाडीहरुलाई 'प्रेसर' पनि उत्तिकै थपिएको छ। किनकि सबैको नजर स्वर्णमै छ। आज भएको कराँतेको कुमुटे फाइटमा अनुपमा मगर पनि त्यस्तैखाले प्रेसरमा रहिन्। स्वर्ण चुम्ने इच्छाका साथ रिङमा उत्रिँदा उनको…

    विस्तृतमा पढ्नुस्

  • सागको तेस्रो दिन, उत्साहदेखि विस्मातसम्म : सहयोगले रचेको हेडलाइन जुन बन्न सकेन {साग ब्लग : ३}

    सागको तेस्रो दिन, उत्साहदेखि विस्मातसम्म : सहयोगले रचेको हेडलाइन जुन बन्न सकेन {साग ब्लग : ३}

    आजको दिन उत्साहबाट शुरु भएर विस्मातमा पुगेर टुङ्गियो मेरा लागि। उत्साही हुनुमा कारणहरु थिए – आजका सफल खेलहरु। एकातर्फ नेपाली महिला भलिबल टोलीले पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनलमा खेल्दै थियो, अर्कोतर्फ नेपाली फुटबल टोलीले वर्षौपछि दशरथ रंगशालामा खेल्दै थियो परिचित प्रतिद्वन्द्वी भुटानसँग। त्यस्तै, हिजो उत्साहजनक रुपमा पदक ल्याएको कराते, तेक्वान्दो, उस्सुका खेलहरु पनि थिए आज। क्रिकेटमा पनि टेस्ट राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँग पराजित भएपछि अर्को खेलमा जित्नै पर्ने दबाबमा भुटान, प्रशिक्षक भन्छन् 'होम टिमलाई अफिसियलले सहयोग गरे'

    नेपालसँग पराजित भएपछि अर्को खेलमा जित्नै पर्ने दबाबमा भुटान, प्रशिक्षक भन्छन् 'होम टिमलाई अफिसियलले सहयोग गरे'

    काठमाडौं : १३ औं साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई ४-० ले पराजित गरेपछि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरेका छन्। खेल पछिको प्रेस कन्फ्रेन्समा बोल्दै धेरैपछि दशरथ रंगशालामा खेलेर जित्न पाउँदा निकै खुसी लागेको उनले बताए। महर्जनले भने, 'एकदमै रमाइलो अनि खुशीको दिन, धेरैपछि रंगशालामा खेल्न पाइयो र जित्न पनि पाइयो। यो लिग चरणको खेल हो अझै जित्नु…

    विस्तृतमा पढ्नुस्

  • कराँतेमा नेपाललाई ८ स्वर्ण, प्रशिक्षक उप्रेती भन्छन्, 'लक्ष्य भन्दा धेरै स्वर्ण जित्ने छौं'

    कराँतेमा नेपाललाई ८ स्वर्ण, प्रशिक्षक उप्रेती भन्छन्, 'लक्ष्य भन्दा धेरै स्वर्ण जित्ने छौं'

    १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेमा नेपालले थप एक स्वर्ण जितेको छ। ६७ केजी तौल समूहको खेल नविन रसाइलीले स्वर्ण पदक जितेका हुन्। यससँगै नेपालले कराँतेमा ८ स्वर्ण जितेको छ। सोमवार कराँतेमा ७ स्वर्ण जितेको थियो। कराँतेमा उत्कृष्ट प्रदशर्न गरिरहेको नेपाली कराँते टोलीका मुख्‍य प्रशिक्षक मदन उप्रेती आफूहरुले टार्गेट गरेको स्वर्णको लक्ष्य भन्दा धेरै पदक जितेकोले थप स्वर्ण जित्नेमा आशावादी रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell