PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • मौनताको चर्को आवाज : 'बर्दिया सुन्दरी'ले उठाएको विद्रोहको झिल्को

    मौनताको चर्को आवाज : 'बर्दिया सुन्दरी'ले उठाएको विद्रोहको झिल्को

    'गौंथली इन्टरटेन्मेन्ट गुगल गर्दै आउनुस् न भाटभटेनी नजिकै छ' अभिमन्युको सुझाव अनुसार गुगल म्यापले गाइड गर्दै पुर्‍यायो, भाटभटेनी मन्दिरबाट पश्चिमतिर रहेको एउटा सानो गल्ली। गल्लीको पुरानो घर छाडेर भित्र पुगेपछि ढोकैमा देखा परे उनी। पछाडितिरबाट भित्र छिर्ने बाटो बनाएका रहेछन्। दुई दिनपछि फिल्म सार्वजनिक हुँदै थियो। त्यही मनोदशाले सताइरहँदा हाम्रो भेट भइरहेको छ। उनको कार्यालयको भेट कक्षको भुईँमा असरल्ल छरिएका…

    विस्तृतमा पढ्नुस्

  • यी तिनै हुन् जो ज्यूँदो छन् कुकुरका लागि

    यी तिनै हुन् जो ज्यूँदो छन् कुकुरका लागि

    जब साँझ पर्छ तब उनी वसन्तपुरतिर हान्निन्छन्। काँधमा दुई झोला अनि दुवै हातमा पोकापुन्तरा। अघि बढ्न खोज्छन् तर वरपर घेर्ने कुकुरहरूले हिँड्न दिए पो त! झोलाबाट बिस्कुटका टुक्रा निकालेर अलि पर फाल्छन्। सबै कुकुर त्यतैतिर झुम्मिन्छन्। अनिमात्र पाइला अघि बढ्छ उनको। केही कुकुर चाहिँ उनी जता जान्छन् त्यतै लाग्छन्, पुच्छर हल्लाउँदै। वसन्तपुरमा रहेको भैरवको ठूलो मूर्ति अघिल्तिर परेवालाई चारा छर्ने…

    विस्तृतमा पढ्नुस्

  • एउटा सुन्दर उपहारले जुराएको संयोग : नेपाली संगीतमा पश्चिमी लवजको फ्यूजन

    एउटा सुन्दर उपहारले जुराएको संयोग : नेपाली संगीतमा पश्चिमी लवजको फ्यूजन

    अस्ट्रेलियामा हार्ले डेभिडसन चलाउने नेपालीहरुको समूह छ – गोर्खा हार्ले। समूहका सबै फेसबुकमा पनि जोडिएका छन्। गत डिसेम्बरको एक साँझ त्यही समूहको च्याटबक्समा सिड्नी बस्ने विभोद डोटेलले एउटा गीतको लिंक हाले। सिड्नीकै दिपेश श्रेष्ठले कौतुहलता मेटाउन लिंक क्लिक गरे। गीत बज्न थाल्यो। सुरुमा बजेको नेपाली धुनले केही आकर्षित गर्‍यो उनलाई। तर जब धुनसँगै पश्चिमी लवज मिसिएर बज्न थाल्यो तब उनी खिन्न…

    विस्तृतमा पढ्नुस्

  • अभाव र असन्तुष्टिले जन्माएका 'प्यारासाइट'हरु, बेसमेन्टको कथाले डोहोर्‍यायो अस्करसम्म

    अभाव र असन्तुष्टिले जन्माएका 'प्यारासाइट'हरु, बेसमेन्टको कथाले डोहोर्‍यायो अस्करसम्म

    पुस १९, २०७६। थानकोटकी जमुना रेग्मीले फेसबुक स्टाटस लेखिन्: ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके ब्याज डबल तेब्बर बनाउने? यसरी ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि चन्द्रागिरि नगरपालिकामा अत्याधिक बढेको छ भन्ने खबर सुन्नमा आएको छ। अहिले नयाँ डिएसपी साहेब पनि आउनु भएको छ रे। स्वतर्फ उहाँको ध्यान गए ती सोझा जनता बिचल्ली हुनबाट जोगिन्छन् कि?‘…

    विस्तृतमा पढ्नुस्

  • जब भयो राधिका शाक्यको आँखामा आँशु टलपल ...

    जब भयो राधिका शाक्यको आँखामा आँशु टलपल ...

    भोजपुरकी रिङ्गमाया गुरुङले आर्थिक अभाव भोग्न परेन किनकि उनका बुबा लाहुरे। बेला मौकामा घर आउँथे बुबा। सँगै झोलाभरी रिङ्गमायालाई मन पर्ने लुगा, खेलौना र खानेकुरा पनि ल्याउँथे। आमाले माया गरेर ती खेलौना र खानेकुरा रिङ्गमाया र उनका भाइहरुलाई भाग लगाइदिन्थिन्। भाइहरुसँग रिङ्गमायाले खेलौना मात्र होइन, पूरै बाल्यकाल पनि साटिन्। आमालाई सघाउन उनीहरुले काम विभाजन गरे, तीता मीठा क्षण पनि भागमा…

    विस्तृतमा पढ्नुस्

  • झिम्के मामा अर्थात् जातीय विभेदको विम्बात्मक विद्रोह

    झिम्के मामा अर्थात् जातीय विभेदको विम्बात्मक विद्रोह

    झिम्केले अनिँदो रात कटाउन बजाएको बाँसुरीले गाउँलेलाई खुब ब्युँझाएको हुन्छ। दसैं भर्खर सकिएको समय। देउराली गाउँको साझा चौतारीमा एउटा जमात त्यही कुरामा मस्त छ। कसैले भन्छन् - 'हैन त्यो झिम्के रातभर सुत्दैन कि क्या हो, बाँसुरी बजाएको बजाइ थियो त?' बाँसुरीमा बज्ने विरह र रातभर अनिँदो रहनुको कारण कसलाई के मतलव? झिम्केले आफूसँगै गाउँलेको पनि निद्रा बिगार्‍यो। त्योपनि ६ महिना…

    विस्तृतमा पढ्नुस्

  • एउटा अद्भुत अभियानका यी तीन पात्र, जसलाई जोडिरह्यो त्यो झरीले...

    एउटा अद्भुत अभियानका यी तीन पात्र, जसलाई जोडिरह्यो त्यो झरीले...

    २०६९ साल, जेठ २३ गते। त्यस दिन दिउँसो झमझम् पानी नपरेको भए धेरै कुरा उस्तै रहन्थ्यो। एउटा अध्यायको सुरुवात नै हुँदैन थियो, सायद। त्यो अध्याय जसमा लेखिनुपर्ने कथाहरु मात्र लेखिएनन्, सडकको कुनै छेउ वा कुनामा भेटिएका अनि मेटिएका कथाहरुमा पनि जीवनको प्राण भरियो। यहाँ त्यही एक अध्यायले समेटेका केही थान कथाहरु … हेटौंडाको वनसखण्डी मन्दिर। वनभोज चल्दै थियो। मीठा खानेकुरा…

    विस्तृतमा पढ्नुस्

  • 'एक्साइटमेन्ट'ले जुराएको संयोग : पर्दा पछाडि कमेडियनको ट्राजिडी देखाउँदै ‘सेल्फी किङ’

    'एक्साइटमेन्ट'ले जुराएको संयोग : पर्दा पछाडि कमेडियनको ट्राजिडी देखाउँदै ‘सेल्फी किङ’

    ‘कुनै हाँस्य कलाकार अति पीडामा पर्दा पनि उसले दर्शक हसाउन पर्‍यो भने के गर्ला?’ ‘अनि हसाउन सक्ला कि नसक्ला?’ लगातार प्रश्नपछि प्रश्न गरिरहेका थिए विशाल सापकोटा, ‘यस विषयमा फिल्म बनाउँदा कस्तो होला दाइ?’ प्रश्न सँगै रहेका निर्देशक दिनेश राउतसँग थियो। फिल्म प्रसाद हिट भएपछि नयाँ फिल्मको तयारीमा जुटेका राउत पनि नयाँ कथाको खोजीमा थिए तर भनेजस्तो मिलिरहेको थिएन। यी दुईको…

    विस्तृतमा पढ्नुस्

  • आठ दशक कट्दा पनि उत्तिकै जुझारु गुरुबा : ‘ह्याप्पी बर्थ डे’ राई सर

    आठ दशक कट्दा पनि उत्तिकै जुझारु गुरुबा : ‘ह्याप्पी बर्थ डे’ राई सर

    भारत बेलायतबाट स्वतन्त्र भइसकेको थिएन। हरेक दिन भारतबाट बेलायतसम्म पुग्ने र बेलायतबाट भारतसम्म आइपुग्ने खबरले केही न केही तरङ्ग पैदा गर्थ्यो अनि परिवर्तनको संकेत पनि। त्यसै ताका दार्जिलिङमा बेलायतीले नै खोलेको एक सरकारी प्रेस थियो। त्यहीँ काम गर्थे अगमसिंह राई। खोटाङ, रावाखर्कका रैथाने। खोटाङमै रहँदा एकदिन घरबाट गाई चराउन हिँडेका उनी फर्किएनन्। अल्लारे साथीहरुको लहलहैमा भारत हान्निएका थिए। आसामको कोइलाखानीमा कोइला खन्नेदेखि…

    विस्तृतमा पढ्नुस्

  • ‘भूतबंगला’ बन्दै सुकुम्बासी ‘अपार्टमेन्ट’

    ‘भूतबंगला’ बन्दै सुकुम्बासी ‘अपार्टमेन्ट’

    बालाजुको सिद्धार्थ वनस्थली स्कुलबाट खरीबोटतिर साढे दुई किलोमिटर दूरी पार गरेपछि पुगिन्छ नागार्जुन नगरपालिका वडा नं १। रानीवनको नजिकै पर्छ उक्त वडा। त्यहाँदेखि चार सय मिटर दूरीमा कम्पाउन्डसहित बेग्लै खालका अपार्टमेन्टहरू देखिन्छन्। दुईवटै कम्पाउन्डभित्र पहेँलो रङका चार–चारवटा भवन छन्। प्रत्येक घर पाँचतले अनि एकै रूपका भएकाले अन्यभन्दा फरक लाग्छन्। अपार्टमेन्टभित्रका प्रत्येक युनिट उस्तै अनि उत्रै छन्, चार–चार सय वर्गफिटमा फैलिएका।…

    विस्तृतमा पढ्नुस्

  • समयमा रोग पहिचान नहुँदा गयो दुई नाबालकको ज्यान, प्रकाश भन्छन् : समस्याको अनुसन्धान होस्, अरु कसैलाई यस्तो नपरोस्

    समयमा रोग पहिचान नहुँदा गयो दुई नाबालकको ज्यान, प्रकाश भन्छन् : समस्याको अनुसन्धान होस्, अरु कसैलाई यस्तो नपरोस्

    गत शुक्रबार दिउँसो चितवन रत्ननगरका प्रमिश भण्डारीलाई एक्कासी रुघा लाग्यो। खेलिरहेका छोरालाई रुघाले ग्रस्त पारेपछि बुबा रमेश भण्डारी चुप बस्ने कुरै भएन। रमेश आफैँ स्वास्थ्यकर्मी भएकाले उनी तर्क गर्दै थिए - रुघा भन्दैमा चुप बस्नु हुँदैन। नारायणी सामुदायिक अस्पताल पुर्‍याउँदा डाक्टर नारायणबहादुर थापाले बच्चाको अवस्था सामान्य नै रहेको निर्‍क्यौल गरे। तर, त्यसै दिन बेलुकीपखदेखि नै प्रमिशले सुस्त व्यवहार गर्न थाले।…

    विस्तृतमा पढ्नुस्

  • जहाजमा मनोरञ्जन व्यापारीको त्यो डर सुनेलगत्तै 'टाइमपास राइडर'सँगको यात्रा, जसले अत्यायो झसङ्गै हुने गरी

    जहाजमा मनोरञ्जन व्यापारीको त्यो डर सुनेलगत्तै 'टाइमपास राइडर'सँगको यात्रा, जसले अत्यायो झसङ्गै हुने गरी

    ‘मलाई हरेकपटक जहाज चढ्नुअघि औधि डर लाग्छ। बढो जोखिमपूर्ण यात्रा हुन्छ। त्यसको पुच्छरले मात्र छिसिक्क कतै छोयो भने हाम्रो नाम निशान बाँकी रहँदैन,’ बंगाली लेखक मनोरञ्जन व्यापारीले यति भनाइ सक्नासाथ मुखभरी खानेकुरा हाले। नेपाल साहित्य महोत्सव समापनको अघिल्लो रात, म बंगाली लेखक व्यापारीसँगै थिएँ। खानाभन्दा स्वादिलो थियो, उनको गफ। म हिन्दी अलिअलि बुझ्छु तर बोल्ने ढङ्ग छैन। हामी दुईबीच भाषाको…

    विस्तृतमा पढ्नुस्

  • वुमन इन ब्ल्याक : जो नाइट क्लबको 'रिस्क जोन'मा यसरी हुन्छन् तैनाथ

    वुमन इन ब्ल्याक : जो नाइट क्लबको 'रिस्क जोन'मा यसरी हुन्छन् तैनाथ

    भदौ महिनाको एक साँझ। सानुमाया तामाङ काममा निस्कन तयार थिइन्। कालो टिसर्ट, कालै पाइन्ट र छालाको बुट - उनको युनिफर्म। दिउँसैदेखि पानी परिरहेकाले मौसम चिसो चिसो थियो। हातमा कालै रङको आउटर बोकेर केही बेर ढोकामा कुरिन्। पानी रहने छाँट देखिएन। ढिला भइसकेको थियो। त्यही छट्पटी थुम्थुम्याउन लुसुक्क कोठामा फर्किइन् र फेसबुक ‘स्क्रोल’ गर्न थालिन्। उनको ध्यान खिच्यो नमीठो खबरले -…

    विस्तृतमा पढ्नुस्

  • 'मिथिला यें' अर्थात् श्यामसुन्दरको त्यो कोलाज जसले मिथिला र काठमाडौं जोडिरहेछ

    'मिथिला यें' अर्थात् श्यामसुन्दरको त्यो कोलाज जसले मिथिला र काठमाडौं जोडिरहेछ

    भौगोलिक र सांस्कृतिक हिसाबले धेरै पर र निकै फरक छन् मिथिला र काठमाडौं। सबै हिसाबले फरक, सामाजिक अनि सांस्कृतिक रुपमा पनि। भाषा र भेष त हुने नै भयो। फरक यी दुई ठाउँलाई एकै 'कोलाज'मा अटाउन १४ वर्षदेखि लागि परेका छन् श्यामसुन्दर यादव। उनी चाहन्छन् मिथिलाले काठमाडौंको कला, संस्कृति, परम्परा चिनोस्। त्यसैगरी काठमाडौंलाई पनि मिथिलाको कला बिरानो नलागोस्। देशको हरेक समुदाय,…

    विस्तृतमा पढ्नुस्

  • टेरिटोरियम नेपाल : रङ्गमञ्चमा एउटा यस्तो प्रयोग जसले एकै साथ जोड्छ विविधता

    टेरिटोरियम नेपाल : रङ्गमञ्चमा एउटा यस्तो प्रयोग जसले एकै साथ जोड्छ विविधता

    एक पात्र मञ्चमा देखिन्छन्। मञ्च उसको प्रस्तुतिका लागि निर्धारित क्षेत्र अर्थात् ‘टेरिटोरी’ हो। त्यहाँ उनी पृष्ठभूमिमा बज्ने अनौठा संगीतहरु सँगसँगै अनेक भावभङ्गी देखाउँछन्। केही बेर आफ्नो परिधीभित्र रहेका सरसामानसँग खेल्छन्, फरक धुन अनि संगीतसँग। संगीत सँगसँगै अनौठा आवाज निकाल्न थाल्छन्। उनी चिच्याउँछ, कराउँछ, रुन्छन्। सुर मिलाएर गाउँछन् पनि। उनले गाएको गीतको शब्दहरु सबैले बुझ्दैनन्। किनकि हामीसँग सीमित भाषाको मात्र ज्ञान…

    विस्तृतमा पढ्नुस्

  • आईआईटीका प्राध्यापक अमिताभ बाग्चीको साइन्स र साहित्य कोलाज : भन्छन्, भाषा लेखक र पाठक जोड्ने पुल

    आईआईटीका प्राध्यापक अमिताभ बाग्चीको साइन्स र साहित्य कोलाज : भन्छन्, भाषा लेखक र पाठक जोड्ने पुल

    कथाहरू सुन्दै गर्दा कल्पना गरिन्छ - पात्रका अनुहार, तिनका समय र परिवेश, अनि कथाको रङ पनि। त्यस्तै कल्पनामा डुब्ने भएकाले कथा सुन्न मज्जा लाग्थ्यो अमिताभ बाग्चीलाई। बुबा अजोय बाग्ची काम सकेर फर्कन्थे। घर फर्कंदा उनको मुहारमा थकानको रङ्ग देखिन्थ्यो। तर, पनि थकाइ मार्ने बहानामा एक्लै बस्दैनथे। न त लुसुक्क कोठाभित्र नै पस्थे। उनी अमिताभसँग समय बिताउँथे। अनि हाल्थे कथा। सरकारी…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा आमा बितिन्, बाबु हिरासतमा : सुष्माबाट 'सिन्धु' बनेकी ६ महिने अबोधको चाहिँ अस्पतालमा बास

    दुर्घटनामा आमा बितिन्, बाबु हिरासतमा : सुष्माबाट 'सिन्धु' बनेकी ६ महिने अबोधको चाहिँ अस्पतालमा बास

    चिसो ह्वात्तै बढ्यो। दोलखाको कालिञ्चोकमा हिउँ पर्‍यो। त्यही हिउँ हेर्न र खेल्न पुग्नेको लस्कर लाग्यो। अरनिको राजमार्गमा गाडीको चाप ह्वात्तै बढ्यो। दोलखातर्फ लाग्ने र तातोपानी जाने बाटो छुट्टिने खाडीचौर बजारमा गाडीहरुको चर्को हर्न बज्यो। उत्तिकै हल्लाखल्ला पनि। बजार पारी रहेको सिन्धु सदाबहार अस्पतालमा पनि सुनियो यस्तै कोलाहालपूर्ण आवाज। मंसिर २९ गते, बिहान ७ बजे। कठ्याङ्ग्रिँदो चिसोका कारण बजार सुनसान नै…

    विस्तृतमा पढ्नुस्

  • त्यो भयानक घटनाको एक वर्ष : शरीरका दागसँगै मेटिएलान् त प्रयानका प्रश्न?

    त्यो भयानक घटनाको एक वर्ष : शरीरका दागसँगै मेटिएलान् त प्रयानका प्रश्न?

    सन्तुमाया श्रेष्ठ हरेक बिहान बिउँझिएपछि ओच्छ्यानबाटै छेउमा राखेको पावरवाला चस्मा झिक्छिन्। मुखबाट बाफ निकाल्दै चस्माको सीसा पुस्छिन् र लगाउँछिन्। त्यसपछि आडैमा निदाइरहेका नाति प्रयानको देब्रे गालातिर ध्यानपूर्वक हेर्छिन्। उस्तै सुस्तरी समाउँछिन् देब्रे हात। र, स्नेहपूर्ण आँखाले एकटक लगाएर हेर्छिन्। सुम्सुम्याउन मन लाग्छ तर छुँदिनन्। निदाइ रहेको नाति बिउँझनु हुन्न, उनी सतर्क छिन्। भर्खर त एक वर्ष भयो प्रयानको गाला र…

    विस्तृतमा पढ्नुस्

  • अनि चेन्चोले भुटानबाट नेपाल निम्त्याए श्रीमती सोनाम र छोरा जिमीलाई, पूरा गरे आफ्नै संकल्प

    अनि चेन्चोले भुटानबाट नेपाल निम्त्याए श्रीमती सोनाम र छोरा जिमीलाई, पूरा गरे आफ्नै संकल्प

    सन् २०१७। भुटानको राष्ट्रिय फुटबल टोलीका कप्तान चेन्चो ग्याल्सेन भारतमा थिए। उनको मिनर्भा पञ्जावबाट ११ औं भारतीय राष्ट्रिय फुटबल लिग खेल्नका लागि एक वर्षको सम्झौता थियो। भारतमा गएर फुटबल खेल्ने चेन्चोको सपना यही फुटबल क्लबले पूरा गर्दै थियो जसका लागि उनले बंगलादेशका अन्य तीन क्लबको प्रस्ताव अस्वीकार गरेका थिए। क्लब प्रवेशको एक महिना नबित्दै उनकी श्रीमती सोनाम याङ्कीको फोन आयो।…

    विस्तृतमा पढ्नुस्

  • एउटा साइकल सपना : वर्कसपको मिस्त्रीदेखि राष्ट्रिय च्याम्पियनसम्म

    एउटा साइकल सपना : वर्कसपको मिस्त्रीदेखि राष्ट्रिय च्याम्पियनसम्म

    पाँच रुपैयाँ तिर्दा एक घण्टा साइकल भाडामा मिल्थ्यो। साइकल भनेपछि हुरुक्कै हुने अजय पण्डित र उनका साथीहरु आरुबारीबाट हिँड्दै जोरपाटी पुग्थे। बल्लबल्ल जोहो गरेको पैसा बुझाउँथे र पुरानो साइकल लिएर निस्कन्थे। साइकल पुरानो भए पनि चलाउने जोश हरेकपटक नयाँ हुन्थ्यो। त्यसैले, साइकल लिएर उनीहरु शहरदेखि टाढा टाढासम्म पुग्थे - कहिले दक्षिणकाली त कहिले नारनथान। तर, सधैं साइकल भाडामा लिन पैसा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell