काठमाडौं : पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नै निर्णयका कारण सशंकित बन्न पुगेका छन्। संसद विघटन गरेपछि ओलीकै नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले कानुनी र राजनीतिक लडाइँ सुरु गरे। त्यही लडाइँमा आफू नै सही भन्दै आएका ओली अहिले पराजित हुनुपर्ने हो कि भन्ने त्रासमा एकाएक पुगेका छन्।…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आन्दोलनमा त छ नै, त्यो सँगै रणनीतिक रुपमा सशक्त बन्न प्रयासरत पनि छ। अहिले आफ्ना समूहका नेता कार्यकर्तालाई चनाखो राख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लागिपरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूह पराजित भइसकेको र पराजित मानसिकताले जे पनि गर्न सक्ने भन्दै प्रचण्ड नेपालले आफ्ना समूहका नेतालाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। पार्टी…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता प्रदीप नेपालले 'आफू पार्टीको मुल प्रवाहमा रहने बताउँदै' माधवकुमार नेपाल समूहलाई साथ दिने भएका छन्। पार्टीमा आन्दोलनरत समूहमा पूर्व नेकपा एमालेका माधवकुमार नेपाल र पूर्व माओवादीका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व छ। नेता नेपालले पार्टीको आधिकारिताका लागि संकलन गरिएको हस्ताक्षरमा प्रचण्ड-नेपाल समूह पक्षमा साथ दिएका हुन्। 'हामीले ज्यान दिएर पार्टी जोगाएका हौं,' नेता नेपालले पहिलोपोस्टसँग…
काठमाडौं : 'पार्टी त फुट्यो अब कता लाग्न ठीक होला? जिल्ला सदस्य पनि बनाइदिन्छु भन्याछन्। के भन्छस् कान्छा?' नेकपाको 'अनौपचारिक विभाजन'पछि कुन समूहतिर लाग्ने भन्नेमा अलमलिएका दाइले घरबाट फोन गरेर सोधे। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाइ संगठित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटेको थियो। त्यसअघि नै केन्द्रमा पार्टी फुटिसकेको झल्को दिनेगरी गतिविधि…
काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो चरणको आन्दोलन बुधवारबाट सुरु भएको छ। काठमाडौं केन्द्रित पहिलो, दोश्रो र तेस्रो चरणको आन्दोलन सफल भएको विश्लेषण गरेका प्रचण्ड-नेपालले चौथो चरणको आन्दोलनलाई भने गाउँ केन्द्रित गरेका छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त समूहले पुस १४, माघ ९ र…
काठमाडौं : 'मैले यसलाई सामान्य प्राविधिक घटनाका रुपमा मात्रै लिएको छैन्। देशको परिस्थतिले हामीलाई फेरी गम्भीर समिक्षा गर्ने दिशातिर लगेको छ। इतिहासलाई समिक्षा गरेर अग्रगमनका लागि फेरी एकपटक मोर्चा कस्ने संकल्पका रुपमा बुझेको छु,' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईलाई फकाउँदै भनेका थिए। जनयुद्ध दिवसका अवसरमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष भट्टराईको पुस्तक…
काठमाडौँ: काठमाडौँमा हाल भइरहेका ठूल्ठूला सभा कानुनतः एउटै पार्टीका हुन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक रूपमा विभाजन भए पनि कानुनी मान्यता पाइसकेको छैन। शक्ति प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली इतरको नेकपा मात्रै होइन ओली नेतृत्वकै नेकपा पनि छ। पुस ५ मा भएको प्रतिनिधिसभा विघटनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले ओलीलाई निशाना बनाएका छन्। पुस १४ र माघ…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बुधवार शक्ति प्रदर्शन गर्दै छ। आमसभाको तयारी पुरा भइसकेको नेताहरुले बताएका छन्। पुस ५ को संसद विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड नेपाल समूह काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गर्दै छ। यसअघिका भन्दा दोब्बर मान्छे…
काठमाडौं : माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले संचारकर्मीलाई पार्टी कार्यालय धुम्बाराही बोलायो। उक्त समूहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई 'काउन्टर' दिँदै जनप्रदर्शन कस्तो हुन्छ त्यसको ट्रेलर देखाउने भन्दै माघ २३ का लागि प्रदर्शन गर्ने बारे जानकारी दियो। उक्त पत्रकार भेटघाटलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गरे। सत्तामा बसेर आन्दोलन केका लागि भन्दै संचारकर्मीले प्रश्न गरेपछि…
काठमाडौं: प्रतिनिधिसभा विघटनपछि दिनदिनै भइरहेको कार्यक्रममा आफू विरोधीलाई कटाक्ष गर्नु प्रधानमन्त्री केपी ओलीको दैनिकी भइरहेको छ। सहभागीको ताली र हुटिङले मख्ख पर्दै आफू इतरका नेतालाई ओली निशाना लाउँछन्। तर, मंगलबार प्रज्ञा प्रतिष्ठानमा ओलीको सम्बोधन फरक देखियो। उनको भाषणमा आक्रोश कम ठट्टा बढी थियो। राष्ट्रिय खेलकुद् परिषद्ले आयोजना गरेको खेलुकुदसँग प्रधानमन्त्री अन्तर्क्रियामा बरु उनी खेलाडी र कर्मचारीको बखानमा लागे। उनले खेलकुद्सम्बन्धी पाठ पढाउन समेत भ्याए। मञ्चबाटै…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि निवेदन दिएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु निर्वाचन आयोगमा पुगेर दलको आधिकारिकताका लागि निवेदन दिएका हुन्। मंगलवार निर्वाचन आयोगमा पुगेर यो समूहले राजनीतिक दल सम्बन्धी ऐन २०६३ को दफा ४३ र ४४ अन्तर्गत दाबी प्रस्तुत गरेको…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादको 'क्लाइमेक्स' संसद विघटनसम्म पुग्यो। प्रधानमन्त्री केपी ओली समूह संसद विघटनलाई बचाउ गर्दै शक्ति प्रदर्शनमा लाग्दा नेकपाकै अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल ओलीलाई जसरी पनि पराजित गर्ने रणनीतिमा छन्। संसद विघटनपछि अन्यौलता बढिरहेका बेला निर्वाचन आयोग र सर्वोच्च अदालततिर दलहरुको ध्यान केन्द्रित हुन थालेको छ। नेकपा विवादबारे निर्वाचन आयोगले गरेको निर्णयमा प्रचण्ड…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल समूह झण्डै डेढ महिनापछि सोमबार कार्की ब्याक्वेट बबरमहलमा जुट्यो। यसअघि प्रचण्ड नेपाल समुहको केन्द्रीय कमिटीको बैठक प्रतिनिधिसभा विघटनपछि पुस ७ मा बसेको थियो बबरमहलमै। सोमबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधरण सदस्यबाट हटाउनुका साथै महासचिव विष्णु पौडेललाई महासचिवबाट बर्खास्त गर्ने निर्णय गर्यो। ओलीलाई अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको उक्त समूहले ओलीलाई साधारण…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली 'सरप्राइज' दिन अरु नेताभन्दा अगाडि नै छन्। पार्टी र संविधानकै बेवास्ता गरेरै भएपनि उनले 'सरप्राइज' दिइरहे। बैशाख ८ मा राजनीतिक दल विभाजन र संवैधानिक परिषद बारे अध्यादेश, मंसिर ३० मा संवैधानिक परिषद् अध्यादेश र पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर ओलीले रजनीतिक वृत्तमा हलचल ल्याए। संविधानमा नै उल्लेख नभएको व्यवस्थालाई टेकेर प्रतिनिधिसभा विघटना गरेको भन्दै ओलीइतर समूह अहिले एकताबद्ध भएको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोग पूर्वाग्रही भएको आरोप लगाएको छ। निर्वाचन आयोगले नेकपाको विवादका सम्बन्धमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहका निर्णयलाई मान्यता दिन नसकिने निर्णय गरेको थियो। ओलीले विधान संशोधन, केन्द्रीय कमिटीको विस्तार लगायतका निर्णय गरेका थिए भने प्रचण्ड नेपालले ओलीलाई कारवाही गर्दै साधारण सदस्यबाट समेत हटाएका थिए। बहुमतको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको विभाजन सम्बन्धीको विवाद र संसद विघटनको मुद्दा अदालतमा बिचाराधीन रहे पनि निर्वाचन आयोगले चुनाव सम्बन्धि गतिविधि भने अघि बढाएको छ। मतदाता नामावली अद्यावधिक, मतदान स्थलको अवस्था लगायतका विषयमा आयोगले अनुगमन थालेको छ। साथै, आयोगले राजनीतिक दलसँग पनि छलफल अगाडि बढाएको छ। चुनाव सम्बन्धी छलफलका लागि आयोगले नेकपाका दुवै समूहलाई शुक्रवार आयोगमा बोलाएको छ। बिहान ११ बजेका…
काठमाडौं : वैशाख १७ को नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै पेचिलो बन्यो। महाधिवेशनमा आफूलाई काँध हालेका उपध्यक्ष वामदेव गौतमले साथ छोडेपछि ओली अल्पमतमा थिए। कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा बहुमत सदस्य उभिएपछि ओली झस्कनु स्वभाविक थियो। त्यसअघि पनि नेकपामा विवाद भएकै थियो तर ओलीको कुर्सी भने जोगियो नै। तर, वैशाख १७ ले ओलीको पद…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई सोधेको स्पष्टिकरणको जवाफ दिन प्रधानमन्त्री ओलीले इन्कार गरेका छन्। उनले अस्वीकार गरेसँगै प्रचण्ड नेपाल समूहले उनमाथि कारवाहीको तयारी गरेको छ। आज बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई पार्टीबाट हटाउनेबारे निर्णय हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। 'उनलाई कारवाहीबारे पनि आजको बैठकमा निर्णय होला,' उनले…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहलाई काठमाडौँमा शक्ति प्रदर्शन गर्न सबैभन्दा बढी चिन्ता खाली ठाउँ नभएकोमा हुन्छ। आमसभामा हजारौँलाई उपस्थित गराउने उद्देश्य अनुसार गाउँ-गाउँबाट कार्यकर्ता ल्याए पनि खुल्ला ठाउँ नै नभएपछि सडकमै आमसभा गर्नुपर्ने बाध्यता पनि छ। शुक्रबारको विरोधसभा पनि सडकमै गर्दा बिहानैदेखि काठमाडौँको जनजीवनमा प्रभाव पर्यो। रत्नपार्क, भद्रकाली र प्रदर्शनीमार्गको बीचमा…
काठमाडौं : विभाजनको रेखा कोरिएपछि नेपाल कम्युनिस्ट पार्टीभित्र हरेक दिन एकअर्काविरुद्धको दन्त बजान सामान्य बनेको छ। समकक्षी नेतासँगमात्र होइन, विपक्षमा उभिएका शीर्षदेखि तल्लो तहसम्मका कार्यकर्ताविरुद्ध पनि बिष बमन् जारी छ अहिले। अनौपचारिक नै भए पनि नेकपा विभाजित छ। त्यसैले दुवै समूहका शीर्ष नेताहरू आफ्नो तहमात्र होइन, अर्कोतिर लागेका आफूभन्दा तल्लो तहमा रहेकाविरुद्ध पनि आक्रामक सुनिन्छन्। यसरी आक्रमक हुनेमा अरुभन्दा अगाडि…