काठमाडौं : पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको वैधानिकता सकिएको बताएका छन्। आफ्नो र वरिष्ठ नेता माधव नेपाल समूहबाट संसदीय दलको नेता चुनिएपछि प्रचण्डले वैधानिकता सकिएको केपी ओली सरकारलाई चाँडो भन्दा चाँडो बिदा गर्नुपर्ने बताए। ‘संसदीय दलको जिम्मेवारी दिइएको छ। म यसमा खुशी छु। ठूलो कार्यभार दिइएको छ। अब मेरो सम्पूर्ण ध्यान सरकार बनाउन…
काठमाडौं : पार्टीभित्र गुट बलियो बनाउन सबैखाले हत्कण्डा अपनाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजित भएपछि त्यसलाई झन् तीब्रता दिएका छन्। नेकपाको किचलो बढ्दै जाँदा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरे जसलाई हतारहतारमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिन्। संसदीय दल र पार्टी कमिटीमा अल्पमतमा पर्ने हुँदा त्यसबाट ओलीको कुर्सी जोगाउन अरु कुनै विकल्प थिएन। आफू कमजोर…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी - नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए। मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ। प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो। यता…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहले माधवलाई पार्टी अध्यक्ष बनाउन छलफल सुरु गरेको हो। मंगलवार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाललाई अध्यक्ष बनाउने बारे छलफल हुने स्थायी कमिटी सदस्य मात्रिका यादवले जानकारी दिए। हाल कार्यकारी अध्यक्ष प्रचण्ड नै रहेकाले तत्काल आवश्यक नपरे पनि…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बिहान ९ वजेका लागि बोलाइएको बैठक केही ढिलोगरि मात्रै सुरु भएको हो। ओली समूहका नेताहरुले आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई कारवाही गर्न निर्णय गरिने बताएका छन्। ओली निकट एक नेताले मंगलवारको बैठकले अब राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश आवश्यक भएकाले…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घम्साघम्सी सोमबार पनि आइतबारभन्दा फरक रहेन। बिहानैदेखि एक अर्का विरोधी खेमाले गतिविधि जारी राखे। जसरी आइतबार बिहानैबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड- वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी शर्मा ओली एक अर्काविरुद्ध निर्णय गर्न तल्लीन भए, सोमबारको माहोल पनि त्यस्तै रह्यो। बिहान साढे ९ बजे ओलीले आफू निकटका निवर्तमान सांसदलाई बालुवाटार बोलाए भने…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन नभएको प्रतिक्रिया दिएका छन्। संसद भवनमा सांसदहरुसँग छलफलका लागि पुगेका नेपालले पत्रकारहरुको जिज्ञासामा यस्तो बताएका हुन्। 'संसद विघटन भएको छैन। संसद विघटन गर्ने अधिकार उहाँ (प्रधानमन्त्री)लाई छैन,' उनले भने, 'असंवैधानिक तरिकाले गरिएको संसद विघटन हामीले मान्दै मान्दैनौँ। यसका लागि हामीले कुन बाटो जानुपर्छ जान्छौँ।' उनले राष्ट्रपतिले पनि बाटोमा हिँड्दै…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी विघटनको संघारमा पुगेको छ। प्रधानमन्त्रीको कदमअघि नै पटकपटक संकटमा पर्दै आएको नेकपा एकता अब के हुने अन्योल छ। यद्यपि प्रधानमन्त्रीको कदमपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न ओली गुट र उनीइतरका गुटको भेला सोमबार बिहानैबाट चल्ने भएको छ। प्रधानमन्त्री ओलीले अहिले बिहान साढे ९ बजेका लागि बालुवाटारमा…
काठमाडौं: बिहान ९ बजे कीर्तिपुरस्थित घरबाट दरबारमार्गस्थित कार्यालय आउनु दैनिकी थियो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिटमा रिपोर्टिङ मेरो काम। दिउँसो १ बजे स्थायी कमिटीबाहेक पूर्व निर्धारित केही थिएन। नियमित समयमा कार्यालय लागें। त्रिपुरेश्वरमा जाम रहेछ। 'मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै रे! थप बुझ्नुपर्यो,' डेस्कबाट फोन आयो। 'यस्ता बैठक बसिरहन्छन् नि। केहीबेरमै अफिस पुगेर अपडेट गरौंला,' गम्दै फोन खल्तीमा हाले। फोन…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको तयारी गरेसँगै नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले गुटउपगुट बैठक जारी छ। खुमलटारस्थित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा उनीसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए। पार्टीभित्रबाट ओलीको कदमलाई कारवाही गर्न छलफल गर्ने उद्देश्यसहित जम्मा भएका उनीहरुको भेलाबाट केहीबेर अघिमात्र प्रचण्ड बालुवाटारतर्फ निस्केका छन्। प्रधानमन्त्री ओली…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन्। ओलीले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 'संसद विघटनको कुरा भएको थियो,' ती मन्त्रीले भने। यसैका लागि केही बेर अघि मन्त्रिपरिषद्कको आकस्मिक बैठक बसेको ती मन्त्रीले बताए।
काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेटे। नेकपाभित्र विवाद बढ्दै जाँदा खुमलटारमा ओलीले आफ्नो पुरानै अडान दोहोर्याउदै प्रचण्डले प्रस्तुत गरेको 'आरोप पत्र' फिर्ता लिन अनुरोध गरेका थिए। तर प्रचण्डले आरोप पत्र फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेका छन्। ओलीले कुनै नयाँ प्रस्ताव…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको विवाद अध्यादेश फिर्ता लिने सहमति भएसँगै केही मत्थर भएको ठानिए पनि फेरि दुवै पक्ष एक अर्का विरुद्ध आक्रामक बनेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए पनि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिनुपरेको थियो। अध्यादेश फिर्ता लिने अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति भए पनि सहमति पालन गर्न भने ओलीले आलटाल गरिरहेका छन्। जसकारण ओलीइतर नेताहरु फेरि आक्रामक बनेका छन्। शक्ति प्रदर्शनमा…
काठमाडौं : नेकपामा जारी किचलो मत्थर हुने गरी राष्ट्रपतिद्वारा जारी अध्यादेश फिर्ता हुने भएको छ। स्थायी कमिटी बैठक अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता गर्ने र संसद अधिवेशन आह्वान नगर्ने सहमति भएको प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले जानकारी दिए। अहिले नेकपा स्थायी कमिटी बैठक जारी छ। दुई अध्यक्षबीच सहमति भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अन्योलपूर्ण अवस्थाका बीच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको उनका संचार विज्ञ रामशरण बजगाईले पहिलोपोस्टलाई जानकारी दिए। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लामो प्रतीक्षापछि बैठक सुरु भएको हो। बैठक एक बजेका…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य अहिले बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षामा छन्। एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकका लागि पुगेका उनीहरु प्रधानमन्त्री ओली उपस्थित नहुँदा अन्योलपूर्ण अवस्थामा कुरिरहेका छन्। एक घन्टा अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। छलफलपछि प्रचण्ड स्थायी कमिटी बैठकस्थलमा पुगेका थिए।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद बढ्दै जाँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाइमा छन्। एकअर्का विरुद्ध पार्टी कमिटी बैठकमा राजनीतिक प्रस्ताव दर्ता गरेका दुई अध्यक्ष हाल आ-आफ्ना गुटको रणनीति तय गर्न व्यस्त छन्। पार्टी कमिटीबाट निर्णय गरेर विवादको हल गर्नुपर्ने प्रचण्डले अडान लिँदा ओली त्यसको ठीक विपरीत छन्। दुई अध्यक्षकै…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद निर्णायक चरणमा प्रवेश गरेको छ। मंगलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर लोकतन्त्रमाथि खिल्लि उडाएको भन्दै उनी विरोधी नेताहरु झनै चिढिएका छन्। कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले ओलीले अध्यादेश ल्याएर आफैलाई अप्ठ्यारोमा पारेको बताएका छन्। उनीहरु बिहीवारको स्थायी कमिटी बैठकमा ओलीविरूद्ध आक्रामक हुने देखिएको…
काठमाडौं : सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याए पनि सत्तारुढ दल नेकपा भित्र हलचल ल्याएको छ। सरकारले अध्यादेश ल्याएसँगै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको छ। छलफल सरकारले ल्याएको अध्यादेशमा केन्द्रीत रहेको स्रोतले बतायो। 'भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदम विरुद्ध एक…