काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगतै थप आक्रामक देखिन थालेका छन्। पत्नी सीताको उपचारका लागि पुस २० मा भारत लागेका उनी ५ दिनमै पत्नीलाई भारतमै छोडेर नेपाल फर्केका थिए। प्रचण्ड भारत रहेक बेला उनी नेतृत्वको नेकपा लगभग शिथिल देखिन्थ्यो। यसको कारण पुस ५ को संसद बिघटनपछि प्रधानमन्त्री ओलीमाथि जाइलाग्ने रणनीतिमा रहेका प्रचण्ड माधव नेपाल पहिलो…
काठमाडौँ: पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकलम दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपाल समूह दोस्रो चरणको आन्दोलन आक्रामक बनाउने रणनीतिमा छ। अध्यक्ष प्रचण्ड र नेपाललगायतका नेता आन्दोलनको माहोल बनाउन राजधानी र राजधानी बाहिरका मञ्चहरूको उपयोग गरिरहेका छन्। माघ ९ गतेको आन्दोलनको तयारीस्वरूप युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एकैदिन राजधानीमा…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएर अबको रणनीति तय गर्न छलफल गरेका छन्। स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेल लगायतका नेतालाई ओलीले बालुवाटार बोलाएका थिए। भेटमा निर्वाचन आयोगले के कसरी काम गरिरहेको छ भन्ने विषयमा ओलीले चासो राखेको भेटमा सहभागी एक नेताले बताए। संसद बिघटनमा अदालतमा…
वैशाख ८ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको उत्कर्षको समय रह्यो। अध्यादेशले पार्टी किचलो सतहमा देखिदाँ प्रधानमन्त्री केपी ओली रक्षात्मक बने। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले ओलीको राजीनामा मागे। सचिवालयमा अधिकांश नेताले ओलीलाई साथ नदिएपछि प्रचण्ड-नेपालको पल्ला भारी देखिन्थ्यो। ओली इतर खेमामा सबैभन्दा आक्रमक थिए उपाध्यक्ष गौतम। बहुमत नेता आफ्नोविरुद्ध उभिँदा ओलीका विकल्प साँघुरिदै गए। शुरुमा…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विभाजित समूहले एक अर्कालाई सार्वजनिक मञ्चबाटै चुनौति दिइरहेका छन्। कानुनी मान्यता मात्रै पाउन कुरिरहेको प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूह काठमाडौंमा फरक समयमा तर एकै ठाउँबाट आरोप प्रत्यारोपमा उत्रिएका छन्। राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस १८ र २५ मा भेला गरेर ओलीले प्रचण्ड माधव माथि कमेडी गर्दा बुधवार ओली इतर समूहले ओलीलाई…
काठमाडौं: प्रधानमन्त्री केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौं भेला र युवासंघको कार्यक्रम सम्पन्न गरेको थियो, नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा केही दिन अघि। मंगलवार भने प्रतिष्ठानको डबलीमा राजनीतिक दलको विरोध कार्यक्रम थिएन। प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्दै नागरिक अगुवाहरुले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन्। बृहत नागरिक आन्दोलन अन्तर्गत आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विरोधसभा आयोजना गरियो। २ बजे निर्धारित कार्यक्रम…
काठमाडौं : पहिलो चरणको आन्दोलनमा आक्रामक देखिएको नेकपा प्रचण्ड नेपाल समूहको सडक आन्दोलन केही मत्थर भएको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभाको विघटनपछि आफ्नो समूहको मन्त्रीहरुलाई राजीनामा गर्न लगाएर सडकमा उर्लेको यो समूह अहिले सडकमा चर्को नाराभन्दा छलफल कार्यक्रमहरुमा देखिन थालेको छ। आन्दोलनका विभिन्न गतिविधि भइरहेकै भए पनि यी वार्मअपको रुपमा मात्रै भइरहेका छन्। नेकपाकै…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी ओलीसँगको सम्बन्ध कसरी बिग्रियो भन्नेबारे सार्वजनिक रुपमै खुल्न थालेका छन्। पुस ५ गतेको प्रतिनिधि सभा विघटनपछि पोल खोलाखोलको श्रृंखला चलिरहेको छ नै, प्रचण्ड र ओलीबीच। सत्ता र सडकमा विभाजित नेकपाका सभाहरुमा प्रचण्ड र ओली एक अर्काको कटु आलोचनामा उत्रिसकेका छन्। 'मरेको भए श्रद्धाञ्जली दिन हुन्थ्यो' भन्नेसम्मकै अभिव्यक्ति प्रधानमन्त्री…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपाल समूह अर्का अध्यक्ष केपी ओलीविरुदको आन्दोलनको माहोल बनाउने प्रयासमा छ। आफ्ना समूहका नेता कार्यकर्तादेखि नागरिक समाजका अगुवालाई समेत आन्दोलनमा होमिन अनुरोध गरिरहेको छ प्रचण्ड-नेपाल समूह। त्यसका लागि बुधबार राजनीतिक दलका नेतासँग साथ खोज्यो भने बिहीबार नागरिक समाजका अगुवासँग। तर प्रचण्ड नेपालको आन्दोलनमा खुलेर लाग्ने मुडमा भने न राजनीतिक दल…
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि विरोधमा छ नेकपाकै (हाल विभाजनको अवस्थामा रहेको) पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह। दैनिक विभिन्न गतिविधि भइरहेको छन्। बुधबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा समूहले राजनीतिक दलसँग अन्तर्क्रिया गर्यो। आफ्नो आन्दोलनप्रति सद्भावका लागि छलफलको आयोजना गरिएको भनिए पनि प्रचण्ड-नेपाल समूहले सोचेझैँ कार्यक्रम भएन। व्यवस्थापन नै भद्रगोल कार्यक्रम २ बजेका लागि बोलाइएको भए पनि सुरु निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भयो। नेपाली कांग्रेस,…
काठमाडौं : स्वभाबिक आशा थियो, देशको कार्यकारी सहभागी सभा भव्य होला, अनि सभ्य पनि। देश संकटमा भासिएका बेला प्रतिनिधि सभा विघटनपछि कामचलाउ प्रधामन्त्री पदमा आसिन व्यक्तिको अभिव्यक्ति कस्तो आउला? सभाका वक्ताले कार्यकर्तालाई साक्षी राखेर के वाचा गर्लान्? तडकभडकपूर्ण तयारी यस्तै प्रश्न गम्दै शनिवार दिउँसो प्रधानमन्त्री केपी ओली समूहको कार्यकर्ता भेलास्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी लागियो। सुरक्षा कडा बनाउन बाहिर सडकमा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको आन्दोलनमा अलमल देखिएको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सडक संघर्ष गर्ने रणनीतिमा जुटेको प्रचण्ड नेपाल समूहको आन्दोलनमा बुधवार एकाएक ब्रेक लागेको थियो। मंगलवार शक्ति प्रदशन गर्दै बुधवार फेरि थप कार्यक्रम अघि बढाउने तय भएको थियो। तर मोर्चाबन्दीका लागि काँग्रेसलाई पर्खिरहेको यो समूहले कांग्रेसको साथ…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्र देखिएको दुई समूहबीच आफ्नो कित्ता क्लियर गरेका छैनन्। गाउँ गाउँसम्मका नेता कार्यकर्ता आ-आफ्नो गुटमा लागिसक्दा वामदेव भने पार्टी एकताकै अडानमा रहेको दाबी गरिरहेका छन्। प्रतिनिधिसभा विघटनपछि नेकपा व्यवहारिक रुपमा विभाजित भइसकेको छ। कानूनी रुपमा नेकपा र सूर्य चिह्न आफ्नो बनाउन भने नेताहरुको गुट भेला जारी छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड -माधवकुमार नेपाल र प्रधानमन्त्री…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ। बुधवार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको वागमती प्रदेशको संसदीय दलको बैठकले दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको हो। शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री पौडेलले ३० सांसदलाई सोधेको स्पष्टिकरण एकमुस्ट दिने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदहरुले नै अविश्वासको प्रस्ताव…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद खाइहाले पनि पर्टी फोड्न नसक्न्ने बताएका छन्। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले दल सम्दन्धी ऐनले पार्टी फोड्न छुट नदिएको उनले बताए। 'अहिलेको भडकाउ दक्षिणपन्थि भडकाउँ हो। केपी ओलीले पहिलै गुटबन्दि गरेका थिए त्यसलाई बिलिन गर्न सकिएन,' उनले अगाडि भने, 'योजना आयोगमा आफ्ना मान्छे…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको काठमाडौँको विरोध सभामा शीर्ष नेताले सम्बोधन गरेका छन्। राजधानी केन्द्रित आन्दोलनको रणनीति बनाएका प्रचण्ड-नेपालले थप सशक्त आन्दोलनको समेत तयारी गरेको छ। काठमाडौँमा सम्पन्न विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल मुख्य वक्ता थिए। सभाको अन्तिममा सम्बोधन गर्न आएका प्रचण्डले पौने २ घण्टा भाषण गर्न भ्याए। भृकुटीमण्डपमा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भइसकेको छैन। तर, प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूह आ-आफ्ना गतिविधिमा केन्द्रित छन्। ओली आफ्नो समूहमा नेता तान्नेदेखि सरकार बिस्तारमा केन्द्रित हुँदा उनीबिरुद्ध उत्रिएको प्रचण्ड-नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छ। ओलीले गरेको संसद विघटनको निर्णय अदालतमा विचाराधीन भए पनि प्रचण्ड-नेपाल समूह अदालतप्रति ढुक्क हुन सकेको छैन। ओलीलाई…
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशभर त्यसविरुद्ध आन्दोलन भइरहेको छ। ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव नेपाल समूह समेत सडक संघर्षमा ओर्लिको छ। ओलीको कदलाई असंवैधानिक भन्दै दिनहुँजसो काठमाडौंका सडकमा विरोध प्रदर्शन भइरहेको छ। सरकारको उक्त कमदको विरोधमा आइतवार जनता समाजवादी पार्टीले राजधानीमा र्याली निकालेपछि दिउँसोको समयमा ट्राफिक व्यस्थापनमा समेत चुनौती देखिएको थियो। रत्नपार्कबाट पुतलीसडक जाने आकाशेपुलमा पनि भिड थियो -…
काठमाडौं : पार्टी एकताको बखान गरिरहेकै अवस्थामा कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न लगाए प्रधानमन्त्री केपी शर्मा ओलीले। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई तर्साउन उनले खनेको त्यतिखेरको खाडलमा अब उनी निकट प्रदेश सरकारहरु क्रमश भाँसिन थालेका छन्। पार्टी विभाजन रोक्न सकिने स्थितिमा नै ओलीले चालेको त्यो चाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्थामा पुग्दा नराम्ररी असफल हुन…
काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत हुने दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले शुक्रवार नै प्रदेश सभामा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। उनीहरुले मुख्यमन्त्री पौडेलले एकलौटी निर्णय गरेको, पार्टीको सल्लाह नमानेको लगायतका आरोप लगाएका छन्। पौडेलले आफूविरुद्ध दर्ता भएको प्रस्ताव बहुमतले स्वीकृत गराउन…