PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, संक्रमितलाई खाना खुवाउन २५ लाख

    प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान, संक्रमितलाई खाना खुवाउन २५ लाख

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गरेका छन्। नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले सोमवार उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री राउतले भीटीएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लोब्स १ हजार जोडा, डिजिटल थर्मोमिटर…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना सङ्क्रमण

    धनुषामा क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना सङ्क्रमण

    जनकपुरधामः सोमवार धनुषामा  सङ्क्रमण पुष्टि भएका तीनजना मध्ये  दुई जना प्रहरी भएको खुलेको छ। सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाका ३१ र ४५ वर्षीय पुरुष भनिएकाहरु नेपाल प्रहरीमा कार्यरत खुलेको हो। त्यस्तै अर्का ३० वर्षीय नगराईन नगरपालिका ३ फुलगम्माका पुरुष हुन्। उनी जेठ ६ गते दिल्लीबाट आएका थिए। गाउँमा आएपछि उनलाई प्रादेशिक क्वारेन्टाइनमा राखिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय रेल नेपाली सीमातिर सोझिँदा प्रदेश २ मा मात्रै ६ दिनमा ५ हजारभन्दा धेरै नेपाली भित्रिए

    भारतीय रेल नेपाली सीमातिर सोझिँदा प्रदेश २ मा मात्रै ६ दिनमा ५ हजारभन्दा धेरै नेपाली भित्रिए

    जनकपुरधाम : दुई महिना लामो लकडाउनमा नाकाबाट नेपाल आउन नपाएकाहरुलाई ल्याउनेक्रम सुरु भएको छ। अवैध बाटोबाट नेपाल भित्रिनेक्रमसँगै कोरोनाको संक्रमण बढेपछि सरकारले वाध्य भएर औपचारिक बाटोबाट ल्याउन थालेको हो। लकडाउन फितलो भएको भन्दै कडाईका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्र सम्हालेपछि नेपाल–भारत तर्फका नागरिकहरु आउन कठिन भएको थियो। भारतमा श्रमिक स्पेसल रेल संचालन भएपछि…

    विस्तृतमा पढ्नुस्

  • झ्याल फोडेर फरार भए अर्का कोरोना संक्रमित, भाग्न गरेका थिए पटक पटक प्रयास

    झ्याल फोडेर फरार भए अर्का कोरोना संक्रमित, भाग्न गरेका थिए पटक पटक प्रयास

    जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्। आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। सर्लाहीका यी संक्रमितको मानसिक स्वास्थ्यमा समस्या रहेको र उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए। उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। उनको हाल खोजी भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राहतको विषयमा विवाद हुँदा उपमेयर पुत्रले चलाए गोली, झडपमा दर्जन घाइते

    राहतको विषयमा विवाद हुँदा उपमेयर पुत्रले चलाए गोली, झडपमा दर्जन घाइते

    जनकपुरधाम : सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा गोली चलेको हो। राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन्। उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ। झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन्। मण्डललाई गोली…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा जुवा : २ लाख नगदसहित ५ जना पक्राउ

    लकडाउनमा जुवा : २ लाख नगदसहित ५ जना पक्राउ

    जनकपुरधाम : जनकपुरमा जुवा खेल्दै गरेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेस्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ पर्नेहरुमा मिथिला बिहारी नगरपालिका–७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका-८ का ५५ बर्षीय बिल्टु बरही, सोही उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३५ बर्षीय मोसतकिङ राईन, ४७ वर्षीय जसिन…

    विस्तृतमा पढ्नुस्

  • सीमामा खटिएका सशस्त्र प्रहरीको पालमुनि बास, ‘हावाहुरी आउँदा टहरा उडाउँछ, असिना खस्दा रुखमुनि लुक्नु पर्छ’

    सीमामा खटिएका सशस्त्र प्रहरीको पालमुनि बास, ‘हावाहुरी आउँदा टहरा उडाउँछ, असिना खस्दा रुखमुनि लुक्नु पर्छ’

    जनकपुरधाम : मित्रराष्ट्र भारतमा रेलसेवा पुनः सञ्चालन भएसँगै नेपालमा कोराना भाइरसको संक्रमण बढ्ने अनुमान गर्दै सरकारले नेपाल–भारत सीमानाको सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ। नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानुनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

    'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

    जनकपुरधाम : हावाहुरी र चर्को लाग्ने घामले उराठलाग्दो बनाएको छ जनकपुरस्थित बाह्रबिघा मैदान। लकडाउनसँगै भोक पसेको तीन महिना बित्नै लाग्यो। रोगको डर पनि उत्तिकै। तर, सुनसान छ मैदानको दक्षिण–पश्चिम कुना। त्यहाँ लहरै बनाइएका छन् दशवटा छाप्रा, प्लास्टिकको। प्रत्येक पण्डाल मुनि ६/७ जना बालबालिकादेखि वृद्धवृद्धा लस्करै बसेको देखिन्छन्। उनीहरु ३२ जना छन्। सबै भारतीय। महाराष्ट्र अकौला जिल्लाका। जनकपुरमा यसरी पण्डाल बनाएर…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट माटोको भाँडा बेच्न आएका ८ परिवार जनकपुरमा अलपत्र, पालमुनि बिताउँदैछन् कष्टकर दैनिकी

    भारतबाट माटोको भाँडा बेच्न आएका ८ परिवार जनकपुरमा अलपत्र, पालमुनि बिताउँदैछन् कष्टकर दैनिकी

    जनकपुरधाम : जनकपुरस्थित बाह्रबिघा मैदानको दक्षिण–पश्चिम कुनामा लहरै दशवटा प्लास्टिकको छाप्रो बनाइएको छ। एउटा पालमा ६/७ जनाको दरले स-साना नानीदेखि बयोवृद्ध र वयस्क गरी ३२ जना कोचिएर बसेका छन्। उनीहरु भारतबाट नेपालमा व्यापार गर्न आएकाहरु हुन्। भारतको महाराष्ट्र अकौला जिल्लाका ८ परिवारका ३२ सदस्य ‘लकडाउन’पछि जनकपुरमा अलपत्र परेका छन्। माटोको गिलास, कप, प्लेटलगायत भाँडाको व्यापार गरेर गुजारा गर्दै आएका उनीहरू…

    विस्तृतमा पढ्नुस्

  • नगराईन नगरपालिकाको क्वारेन्टाइन सेनाले गर्‍यो सिल, ‘डिस्चार्ज हुने पनि तत्कालै बाहिर जान पाउने छैनन्’

    नगराईन नगरपालिकाको क्वारेन्टाइन सेनाले गर्‍यो सिल, ‘डिस्चार्ज हुने पनि तत्कालै बाहिर जान पाउने छैनन्’

    जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका-५ गंगुलीमा रहेको क्षेत्रीय क्वारेन्टाइनलाई सिल गरिएको छ। उक्त क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको हो। जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जनामा कोरोना संक्रमण देखिएपछि धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको कर्णेल गजेन्द्र रावलको नेतृत्वको टोलीले क्वारेन्टाइनलाई सिल गरेको क्वारेन्टाइनका…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको जटही नाकामा हिँडेर आएका युवकको मृत्यु, समयमा एम्बुलेन्स नआएको भन्दै नाकामा प्रदर्शन

    धनुषाको जटही नाकामा हिँडेर आएका युवकको मृत्यु, समयमा एम्बुलेन्स नआएको भन्दै नाकामा प्रदर्शन

    धनुषा : धनुषाको जटही नाकामा एक युवकको मृत्यु भएको छ। बुधवार बिहान साढे ७ बजे सहिदनगर नगरपालिका घर भएका वीरेन्द्र यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी भोक भोकै ६ दिनदेखि हिँडेर घर आइरहेको थिए। उनीसहित आएका करिब १ सय ५० जना मानिसलाई भारतीय नम्बर को ट्रकमा राखेर मङ्गलवार बिहान ३ बजेतिर जनही बोर्डरमा छोडेका थिए। उनीहरूलाई बुधवार बिहान सीमा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको संख्या बढेसँगै प्रदेशभर ३ सय आइसोलेसन बेड थप्ने प्रदेश २ सरकारको निर्णय

    संक्रमितको संख्या बढेसँगै प्रदेशभर ३ सय आइसोलेसन बेड थप्ने प्रदेश २ सरकारको निर्णय

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ वटा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवारको बैठकले कोरोना संक्रमितहरुको संख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको हो। बैठकले हाल…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक दूरसञ्चारको बबरमहल शाखा प्रमुखका गाडी चालक

    कोरोना संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक दूरसञ्चारको बबरमहल शाखा प्रमुखका गाडी चालक

    जनकपुरधाम : सोमवार कोरोना भाइरसकोे संक्रमण देखिएका धनुषाका २८ वर्षीय युवक लक्ष्मीनियाँ गाउँपालिका-४ अरेरबाका रहेको पाइएको छ। उनी काठमाडौंको बबरमहल स्थित नेपाल टेलिकम (दूरसञ्चार) शाखाका प्रमुखको गाडी चालक समेत रहेको बताइएको छ। लक्ष्मीनियाँ गाउँपालिका ४ का वडाध्यक्ष दिलीप यादवका अनुसार संक्रमित युवक होली बिदामा गाउँ आएका थिए। होली सकिएको भोलिपल्ट नै उनी काठमाडौं फर्किएका थिए। उनका परिवारको सदस्यबाट पाएको जानकारी अनुसार…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा कोरोना संक्रमित पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन

    धनुषामा कोरोना संक्रमित पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन

    जनकपुरधाम : धनुषामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको छ। गत बिहीवार धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा कोरोना संक्रमण भेटिएका पत्रकार र व्यवसायीको सम्पर्कमा आएका उनीहरुको कन्ट्याक्ट ट्रेसिङमार्फत खोजी गरी स्वाब संकलन गरिएको हो। पत्रकारमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा ३० जनाको खोजी गरी स्वाब परीक्षण गरिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले गरे संघीयताको वकालत

    प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले गरे संघीयताको वकालत

    जनकपुरधाम : कोरोनाको कहरबाट गुज्रिरहेका प्रदेश नम्बर २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन्। कोरोना महामारीकोबीच जनता समाजवादी पार्टीको आन्तरिक कार्यमा व्यस्त रहेका मुख्यमन्त्री राउत काठमाण्डौँबाट प्रदेश झरे लगत्तै गृहनगर वीरगंजको क्वारेन्टाइन अनुमगन तथा संवाद पश्चात आज सम्बोधन गरेका हुन्। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा समाजिक विकास मन्त्रालयले सधै संचालन गर्दै आएको कोरोना सम्बन्धि अपडेट (मिडिया…

    विस्तृतमा पढ्नुस्

  • प्रेस लेखेको मोटरसाइकलमा हतियार बोकेर हिँड्ने दुई जना पक्राउ

    प्रेस लेखेको मोटरसाइकलमा हतियार बोकेर हिँड्ने दुई जना पक्राउ

    जनकपुरधाम: सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हातहतियार र प्रेस लेखेको गाडीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँसघारीमा लुकेर बसेको अवस्थामा विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कर्यालय…

    विस्तृतमा पढ्नुस्

  • सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक नै संक्रमित भएपछि ब्यारेक सिल, २ हजार सैनिक जोखिममा

    सेनाका पृतनापति र स्वाब संकलन गर्ने चिकित्सक नै संक्रमित भएपछि ब्यारेक सिल, २ हजार सैनिक जोखिममा

    जनकपुरधाम : कोरोना भाइरसको संक्रमण देखिएका नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति र एक जना चिकित्सकलाई उपचारका लागि काठमाडौं पठाइएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो। सेनाका ती चिकित्सक प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संदिग्ध ब्यक्तिहरूको स्वाब संकलनका लागि जाने गरेको खुलेको छ। यससँगै…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका संक्रमितले झुठो विवरण दिएपछि समस्या, चितवन हैन मुम्बईबाट आएको खुल्यो, खाना खाएको ठाउँ पनि जोखिममा

    धनुषाका संक्रमितले झुठो विवरण दिएपछि समस्या, चितवन हैन मुम्बईबाट आएको खुल्यो, खाना खाएको ठाउँ पनि जोखिममा

    जनकपुरधाम: शनिबार राति संक्रमण देखिएका धनुषाका दुई जना ब्यक्ति मुम्बईबाट आएको खुलेको छ। धनुषाको नगराइन नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई आफू वैशाख ९ गते चितवनबाट आएको भन्दै झूठो विवरण दिएका थिए। संक्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास गाउँका हुन्। क्वारेन्टाइनका संयोजक संतोष ठाकुरका अनुसार उनीहरूलाई पटक पटक सोधपुछ गर्दा झूठो विवरण दिएका…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरको सुनचाँदी पसलमा लाखौँको गरगहना चोरी

    जनकपुरको सुनचाँदी पसलमा लाखौँको गरगहना चोरी

    जनकपुरधाम : लकडाउनको मौका छोपी जनकपुरको एक सुनचाँदी पसलमा चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट लाखौ मूल्य बराबरको गरगहना तथा रुपैँया चोरी भएको हो। छतको भेन्टिलेसन फोडेर गरगहना र पसलमा रहेको नगद चोरी भएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो छतको भेन्टिलेटर फुटेको देखेपछि पसल संचालक साहले प्रहरीलाई खबर गरेका थिए। सानो आकारको भेन्टिलेसनमा बच्चा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानाध्यापकले विद्यार्थीलाई किताब बाँड्दा नगरपालिकाको आलोचना

    प्रधानाध्यापकले विद्यार्थीलाई किताब बाँड्दा नगरपालिकाको आलोचना

    जनकपुरधाम: सिंगो देश लकडाउनमा छ। त्यसमाथि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धनुषामा थप कडाइ भएको छ। तर धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा एक विद्यालका प्रधानाध्यापकका लापरबाहीका कारण सम्पूर्ण नगरपालिका नै बदनाम हुन पुगेको छ। सहिदनगरको वडा ८ को एक विद्दालयमा शुक्रवार फरक दृश्य देखियो। विद्यार्थी विद्यालयमा पोशाक लगाएर हिँडिरहेका थिए, विद्यालय पनि खुलेको थियो। विद्यालय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell