PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • आफैँ भन्नुस् यो क्वारेन्टाइन हो कि कोरोना सल्काउने अखडा?

    आफैँ भन्नुस् यो क्वारेन्टाइन हो कि कोरोना सल्काउने अखडा?

    जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या करिब ७ सय पुगिसकेको छ। हरेक दिन देशमा थपिने नयाँ संक्रमितको संख्यामा प्रदेश २ का आठवटा जिल्लाको भागमा धेरै हिस्सा पर्छ। यसरी थपिने अधिकांश संक्रमित भारतबाट फर्किएका र स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु नै हुने गर्छन्। यहाँको हालत देख्दा लाग्छ - उनीहरु भारतबाट संक्रमित भएर फर्किएका हुन् कि क्वारेन्टाइनमा बस्दा उनीहरुमा…

    विस्तृतमा पढ्नुस्

  • कमला पूजन गरी चेतना यात्रा आरम्भ

    कमला पूजन गरी चेतना यात्रा आरम्भ

    जनकपुरधाम : कमला नदीको अस्तित्वसहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियन्ताहरुले सोमवार कमला पूजन गरेका छन्। गंगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजा गरिएको हो। प्रत्येक वर्ष जेष्ठ शुक्ल दशमी तिथिका दिन गंगा दशहरा मनाउँदै आएकोमा यसपाली कमला पूजन गरी धनुषाको रामघाटबाट नदी चेतना यात्रको आरम्भसमेत…

    विस्तृतमा पढ्नुस्

  • जहाँ विपद् त्यहाँ ‘सानो पाइला’ : कोरोना संक्रमितलाई आइसोलेसनसम्म खाना पुर्‍याउन सक्रिय

    जहाँ विपद् त्यहाँ ‘सानो पाइला’ : कोरोना संक्रमितलाई आइसोलेसनसम्म खाना पुर्‍याउन सक्रिय

    जनकपुरधाम : कोरोना संक्रमितको संख्या बढेसँगै नेपालका विभिन्न स्थानमा आइसोलेसनको अभाव हुन थालेको छ। यो समस्या प्रदेश नम्बर २ मा झनै विकराल रुपमा रहेको छ। आइसोलेसन अभावकै कारण कतिपय कोरोना संक्रमितहरुलाई क्वारेन्टाइनमै राखिएको छ। आइसोलेसनको अभाव त छँदै थियो त्यससँगै त्यहाँ रहेका बिरामीहरुलाई दिइने खानामाथि समेत विभिन्न टिका टिप्पणीहरु भइरहेका थिए। यसबीचमा वीरगंज र जनकपुरधाममा सञ्चारकर्मीहरु संक्रमित भए। सञ्चारकर्मीहरु आइसोलेसनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र स्थानीय सरकारविरूद्ध जनकपुरमा तरूण दलले निकाल्यो मसाल जुलुस

    प्रदेश र स्थानीय सरकारविरूद्ध जनकपुरमा तरूण दलले निकाल्यो मसाल जुलुस

    जनकपुरधाम : नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल धनुषाले प्रदेश र स्थानीय सरकारविरुद्ध मसाल जुलुस निकालेको छ। आइतवार साँझ तरुण दलले जनकपुरधाम नगरमा प्रदर्शन गर्दै स्थानीय सरकार र प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुस प्रदर्शन गरेको हो। सो मसाल जुलुस प्रदर्शन गरी कोण सभा गर्ने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ। जनकपुरको राम चोकबाट निस्केको मसाल जुलुसले जनक…

    विस्तृतमा पढ्नुस्

  • संघ र प्रदेशको कोरोना तथ्यांक नै फरक

    संघ र प्रदेशको कोरोना तथ्यांक नै फरक

    जनकपुरधाम :  प्रदेश २ सरकार र संघीय सरकारको कोराना तथ्यांक फरक फरक देखिएको छ। आइतवार प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमार्फत प्रदेश भरमा कोरोना संक्रमितहरुको संख्या छ सय १३ रहेको जानकारी गराउँदा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेश २ मा कुल छ सय २४ जनामा संक्रमण रहेको देखाइएको छ। ‘प्रदेश र केन्द्रले फरकफरक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ६०० नाघ्यो संक्रमितको संख्या

    प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ६०० नाघ्यो संक्रमितको संख्या

    जनकपुरधाम :  प्रदेश २ मा थप ६० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतवार विहान प्रदेशको सामाजिक विकास मन्त्रालयले धनुषामा २१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको पुष्टि गरेको हो। नयाँ पुष्टि भएका संक्रमित मध्ये रौतहटका २९ जना,  धनुषाका २१ जना, सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको छ। रौतहटका संक्रमति मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई जितेका यादव भन्छन्, ‘कोरोनाभन्दा बढी अस्पतालको अव्यवस्थित वातावरणले चिन्तित बनायो’

    कोरोनालाई जितेका यादव भन्छन्, ‘कोरोनाभन्दा बढी अस्पतालको अव्यवस्थित वातावरणले चिन्तित बनायो’

    जनकपुरधाम : धनुषामा थप एक जना कोरोना भाइरस (कोभिड-१९)लाई जितेर डिस्चार्ज भएका छन्। महोत्तरी स्थायी घर भई हाल जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका पुस्तक व्यवसायी विजय चौधरीले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन्। ३५ वर्षीय पुस्तक व्यवसायी चौधरीले १९ दिनमा कोरोनालाई पराजित गरेका हुन्। उनले आइसोलेसनमा भर्ना भएदेखि प्रादेशिक अस्पतालको व्यवस्थापन देखि खानपानमा निक्कै कन्जुस्याई हुने गरेको गुनासो गरे। उनले भने, ‘मलाई…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षण नगरी पठाउँदा क्वारेन्टाइनबाट घर फर्किएकाहरु असन्तुष्ट, ‘६/७ दिनमै घर फर्काइयो’

    पीसीआर परीक्षण नगरी पठाउँदा क्वारेन्टाइनबाट घर फर्किएकाहरु असन्तुष्ट, ‘६/७ दिनमै घर फर्काइयो’

    जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई पीसीआर परीक्षण नगरी आरडीटी मात्रै गरेर पठाउँदा क्वारेन्टाइनबाट घर फर्केकाहरु असन्तुष्ट देखिएका छन्। पीसीआर परीक्षण नै नगरी फर्काउँदा महोत्तरीको बलवा नगरपालिकामा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना बढेको घर फर्केकाहरुले दावी गरेका छन्। नगरपालिकाले नगरभित्र बनौटा, रौजा बजार, रौजा मजार र बन्चौरी सहितका ४ ठाउँमा क्वारेन्टाइन निर्माण गरेको छ। ती क्वारेन्टाइनमा रहेका भारतबाट आएका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : प्रदेश २ मा कुल ५५४ जना संक्रमित, रौतहटमा मात्रै १८८

    कोरोना अपडेट : प्रदेश २ मा कुल ५५४ जना संक्रमित, रौतहटमा मात्रै १८८

    जनकपुरधाम : प्रदेश २ मा शनिवारसम्म कुल पाँच सय ५४ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को आठवटै जिल्ला र भारतीय ३ जना गरी प्रदेशभर कुल पाँच सय ५४ जनामा कोराना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का प्रवक्ता एवं वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले बताए। प्रदेश २ को सप्तरीमा ४३, सिरहामा २५, धनुषमाा ४९, महोत्तरीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का थप ५७ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ५४७

    प्रदेश २ का थप ५७ जनामा कोराना पुष्टि, संक्रमितको संख्या पुग्यो ५४७

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दैनिक मिडिया ब्रिफिङका क्रममा प्रदेश भर पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको बताइएको छ। प्रदेश २ को  सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा १७, रौतहटमा ६, बारामा १ र पर्सामा २…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ९ जना र सिरहामा ११ जना संक्रमित थपिए, सबैजना भारतबाट आएका थिए

    सप्तरीमा ९ जना र सिरहामा ११ जना संक्रमित थपिए, सबैजना भारतबाट आएका थिए

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। शनिवारमात्रै  सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  एक महिलासहित ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सबै संक्रमित भारतको विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • नाकामा अलपत्र परेका भारतीय मजदुरको पीडा : एसएसबीले दिएन स्वदेश फर्किन, ‘नेपालीले भने माया गरेका छन्’

    नाकामा अलपत्र परेका भारतीय मजदुरको पीडा : एसएसबीले दिएन स्वदेश फर्किन, ‘नेपालीले भने माया गरेका छन्’

    जनकपुरधाम : नेपाल सरकारले नागरिकलाई स्वदेश फर्काउने र भारतीय नागरिकलाई भारत पठाउने निर्णय गरेपछि नाकामा आवतजावत बढेको छ। गत जेठ ४ गतेबाट नाकाहरु खुल्ला गरिएपछि हजारौँ नेपाली घर फर्किएका छन्। तर, धनुषाको जटही नाकामा भने सयौँको संख्यामा भारतीय मजदुरहरु बिचल्लीमा परेका छन्। जटही नाकामै गत बुधवार धनुषाका एक युवकको ज्यान गएपछि बिहीवार एकाएक जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको जटही र…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीका जिसस अधिकारीसहित ४ सरकारी कर्मचारीमा कोराना, संक्रमण पुष्टि भएपछि सुटुक्क काठमाडौं

    महोत्तरीका जिसस अधिकारीसहित ४ सरकारी कर्मचारीमा कोराना, संक्रमण पुष्टि भएपछि सुटुक्क काठमाडौं

    जनकपुरधाम : जिल्ला समन्वय समिति महोत्तरीका अधिकारीसहित ४ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार महोत्तरीमा संक्रमण देखिएका १७ जनामध्ये जिल्ला समन्वय समितिको अधिकारीमा समेत कोरोना पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए। त्यस्तै, कार्यालयका एक जना चालक र एक जना खरिदारमा कोरोना पुष्टि भएको हो। जिसस महोत्तरीका अधिकारी र उनका चालकलाई काठमाडौंको बल्खुस्थित सशस्त्र प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • भोकभोकै नेपाल आउँदा सीमामै वितेका युवकको कोरोना नेगेटिभ

    भोकभोकै नेपाल आउँदा सीमामै वितेका युवकको कोरोना नेगेटिभ

    जनकपुरधाम : गत बुधवार धनुषाको जटही नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक बीरेन्द्र यादवको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। 'यादवको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। अब उनको शव परिवारको जिम्मा लगाइने उनले बताए। धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का सांसदहरुको कोराना परीक्षण सुरु, चौथो अधिवेशनको तयारी

    प्रदेश २ का सांसदहरुको कोराना परीक्षण सुरु, चौथो अधिवेशनको तयारी

    जनकपुरधाम : कोरोना महामारीकाबीच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश २ को चौथो अधिवेशन जेठ २१ गतेदेखि सुरु हुन लागेको छ। मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्मका लागि सेसन अन्त्य गरिएको र २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। बैठक हलमा सामाजिक दूरी कायम गरी तीन कुर्सीको बीचमा एक कुर्सी खाली…

    विस्तृतमा पढ्नुस्

  • मृत्यु र संक्रमितको चाप एकाएक बढेपछि धनुषाको नाका बन्द

    मृत्यु र संक्रमितको चाप एकाएक बढेपछि धनुषाको नाका बन्द

    जनकपुरधाम : भोक र थकाइका कारण नाकामा एकजनाको मृत्यु भएको एकदिन नबित्दै धनुषाको नाकाबाट भारतसँगको आवतजावत् पूर्णरुपमा बन्द गरिएको छ। भारतबाट नेपाल भित्रिने नागरिकको लागि खुल्ला गरिएका धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै अनिश्चितकालका लागि बन्द गरेको हो। भारतबाट नेपाल भित्रिने धनुषाका नाकामा चाप एकाएक बढ्न थालेपछि क्वारेन्टाइनसहित अन्य व्यवस्थापनको तयारी पूरा गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा मात्रै दर्जन बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

    प्रदेश नम्बर २ मा मात्रै दर्जन बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

    जनकपुरधाम : प्रदेश नम्बर २ मा मात्रै एक दर्जनभन्दा बढी सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन्। प्रदेश २ को बारामा सबैभन्दा बढी ७, धनुषामा २, सिरहामा २ र सप्तरीमा २ गरी १३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो। बिहीवार मात्रै सप्तरी जिल्लाको बोेदेबर्साइन नगरपालिकाको चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिरहेका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका पत्रकार वीरेन्द्र रमण १८ दिनपछि कोरोनामुक्त, जनकपुर अस्पतालबाट डिस्चार्ज हुने पहिलो व्यक्ति

    धनुषाका पत्रकार वीरेन्द्र रमण १८ दिनपछि कोरोनामुक्त, जनकपुर अस्पतालबाट डिस्चार्ज हुने पहिलो व्यक्ति

    जनकपुरधाम : कोरोना भाइरस संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीवार निको भएर डिस्चार्ज भएका हुन्। जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने रमण पहिलो व्यक्ति हुन्। गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतमा मजदुरी गरी फर्किएका, सेनाले उठायो शव

    धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतमा मजदुरी गरी फर्किएका, सेनाले उठायो शव

    जनकपुरधाम : बुधवार बिहान धनुषाको जटही नाकामा मृत्यु भएका युवक भारतको सुरतमा मजदुरी गरी फर्किएको खुलेको छ। करिब ३० वर्ष उमेरका वीरेन्द्र यादव धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुरका बासिन्दा हुन्। उनीसहित करिब पाँच सय नेपालीलाई बुधवार बिहान भारतीय सुरक्षाकर्मीले जटही नाकामा ल्याएर छाडेको थियो। भोक र प्यासले व्याकुल र बिरामी जस्तै अवस्थामा रहेका उनको अवस्था गम्भीर देखेपछि नेपाली…

    विस्तृतमा पढ्नुस्

  • क्वारेन्टाइनमा स्थानीयको ढुंगामुढा : भारतबाट आएका अन्य वडाका नागरिकलाई राखेकोमा विरोध

    क्वारेन्टाइनमा स्थानीयको ढुंगामुढा : भारतबाट आएका अन्य वडाका नागरिकलाई राखेकोमा विरोध

    जनकपुरधाम : भारतबाट आएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेको भन्दै स्थानीयहरुले क्वारेन्टाइनमा ढुंगामुढा गरेका छन्। धनुषाको कमला नगरपालिका-९ को दुवरकोट हतलेटवास्थित जनता निम्न माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा मंगलवार स्थानीयले ढुंगामुढा गरेका हुन्। सो क्वारेन्टाइनमा सोमवार राति भारतबाट फर्किएका सोही नगरपालिकाका ८ जना बसेको थाहा पाएपछि मंगलवार बिहान दर्जनौंको संख्यामा स्थानीयहरु लाठी, भाटासहित पुगेका थिए। क्वारेन्टाइन भित्रबाट बन्द गरेको कारण स्थानीयले बाहिरबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell