PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • जनकपुरमा पनि दीप प्रज्वलन, कोरोना भगाउन भन्दै पड्काइयो पट्का!

    जनकपुरमा पनि दीप प्रज्वलन, कोरोना भगाउन भन्दै पड्काइयो पट्का!

    जनकपुरधाम : विश्वव्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध जनकपुरमा 'गो कोरोना गो' भन्दै दीप प्रज्वलन गरिएको छ। अध्यात्मिक भन्दै दीप प्रज्वलन र थाली पिटेपछि कोरोना भाग्ने भन्ने विश्वासका साथ दिपावली मनाइएको स्थानीय दिलिप मिश्रले बताए। आइतवार बेलुकी करिब ९ बजेदेखि जनकपुरभरि नै दीप प्रज्वलन सहित थाली पिट्दै पटकासमेत पड्काइएयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मैनबत्तीसहितको दिपावली र थाली पिटन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका कारण मजदुरको चुलोमा बलेन आगो : पुगेन सरकारको राहत, भोक मार्न गहना बेचेर खाद्यान्नको जोहो

    लकडाउनका कारण मजदुरको चुलोमा बलेन आगो : पुगेन सरकारको राहत, भोक मार्न गहना बेचेर खाद्यान्नको जोहो

    जनकपुरधाम : कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको बेला सरकारले नेपालमा यसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा गर्‍यो। लकडाउन अत्यावश्यक भए पनि यसले दैनिक ज्यालादारी गरी जीविका चलाउने परिवारलाई भने निकै मार परेको छ। काम नभएपछि दैनिक छाक टार्न समेत उनीहरूलाई धौ-धौ परेको छ। सरकारले मजदुर परिवारको राहतको लागि सहयोगको घोषणा नगरेको पनि होइन। तर मजदुरले राहत पाउन सकेका छैनन्। जनकपुरका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा स्वाब परीक्षण गरिएका ७८ मध्ये ३४ को रिपोर्ट नेगेटिभ, अन्यको रिपोर्ट आउन बाँकी

    प्रदेश २ मा स्वाब परीक्षण गरिएका ७८ मध्ये ३४ को रिपोर्ट नेगेटिभ, अन्यको रिपोर्ट आउन बाँकी

    जनकपुरधाम : प्रदेश नम्बर २ का जिल्लाहरुमा रहेका विभिन्न आइसोलेसन वार्डमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएकामध्ये हालसम्म ७८ जनाको थ्रोट स्वाब परिक्षण गरिएको छ। त्यसमध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र ४४ जनाको रिजल्ट आउन बाँकी रहेको बताइएको छ। भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ। यो संख्या प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर मेसिन जडान हुँदै, आजै रातिबाट कोरोना जाँच

    प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर मेसिन जडान हुँदै, आजै रातिबाट कोरोना जाँच

    जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेसिन जडान भईरहेको छ। मेसिन आइपुगेको तेस्रो दिन आज (बिहिबार) जडान कार्य सुरु भएको हो। अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाण्डौंबाट आएका दुईजना प्राविधिक सर्वेन्द्र मधुप र विपिन तिमिल्सिनाले पीसीआर मेसिन जडान गर्ने कार्य सुरु गरेका छन्। आफूहरुले ठाउँ नै…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षको पहलमा १ सय ५० मजदुरका परिवारलाई खाद्यान्न राहत

    वडाध्यक्षको पहलमा १ सय ५० मजदुरका परिवारलाई खाद्यान्न राहत

    जनकपुरधाम : कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। जनकपुरधाममा विगत लामो समयको लकडाउनलाई मध्यनजर गर्दै वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको पहलमा गरिब तथा दलित परिवारलाई जनकपुर अटोमोबाइल डिलर एसोसिएसनले राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ। लकडाउनको असर गरिब, दलित र दैनिक ज्यालादारीमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको सन्त्रास मेटाउन जनकपुरधामका वडामा खटेका जनप्रतिनिधि भन्छन्,' मेयरले सहयोग गरेनन्'

    कोरोनाको सन्त्रास मेटाउन जनकपुरधामका वडामा खटेका जनप्रतिनिधि भन्छन्,' मेयरले सहयोग गरेनन्'

    जनकपुरधाम  :  कोरोना भाइरसको महामारीका कारण पूरै विश्वमा त्राहीमाम मचेको छ। यसको चपेटामा परि विश्वका सयौं मुलुक धराशायी बन्दै गईरहेका छन्। वर्तमान अवस्थामा यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन्। यस्तो बिषम परस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले पूरै देशलाई नै लकडाउन गरेको छ। जनकपुरधाम समेत लकडाउनका कारण प्रभावित भएको छ।   जनकपुरधाम लकडाउन भएपछि यहाँ दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, विपन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोनाका १७ जना शंकास्पद बिरामी आइसोलेसनमा, ५०४ जना क्वारेन्टाइनमा

    प्रदेश २ मा कोरोनाका १७ जना शंकास्पद बिरामी आइसोलेसनमा, ५०४ जना क्वारेन्टाइनमा

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरसका १७ जना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ भने ५ सय ४ जना क्वारेन्टाइनमा छन्। उनीहरूमध्ये ८ जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट निगेटिभ आएको र आज वीरगंजस्थित नारायणी अस्पतालबाट थप २ जनाको स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए। प्रदेश २…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको आठौं दिनमा यस्तो देखियो जनकपुर

    लकडाउनको आठौं दिनमा यस्तो देखियो जनकपुर

    जनकपुरधाम : कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेको आज आठौं दिन। पहिलो चरणमा सात दिनका लागि मात्रै लकडाउन घोषणा गरेको थियो।  त्यस अवधीमा नेपालमा कोरोना भाइरस संक्रमितको उपचार ५ पुगेपछि सरकारले थप  ८ दिन लकडाउन कायम राख्ने घोषणा गरेको थियो।  पहिलो चरणको लकडाउनको शुरुवाती दिनमा लकडाउन तोड्नेहरुको संख्या धेरै पाइएको थियो। पछिल्लो समय प्रशासनले कडाइ गर्दै जाँदा सर्वसाधारणहरुले स्वतस्फुर्त रुपमा लकडाउनको…

    विस्तृतमा पढ्नुस्

  • उपचारमा आनाकानी गर्ने अस्पताललाई लाइसेन्स खारेजीसम्मको कारबाही : मुख्यमन्त्री राउत

    उपचारमा आनाकानी गर्ने अस्पताललाई लाइसेन्स खारेजीसम्मको कारबाही : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि कडा कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका हुन्। कोरोना भाइरसका कारण विश्व नै त्रसित…

    विस्तृतमा पढ्नुस्

  • प्रशासनको आदेश विपरीत सामूहिक रूपमा पोखरीमा छठ, अधिकांशले घरको छतमै मनाए

    प्रशासनको आदेश विपरीत सामूहिक रूपमा पोखरीमा छठ, अधिकांशले  घरको छतमै मनाए

    जनकपुरधाम : मिथिलाञ्चलमा धुमधामका साथ मनाइने चैती छठ पर्वमा रोक लगाइए पनि सामूहिक रूपमै पोखरीमा छठ पर्व मनाइएको छ। विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ। सोही अनुरुप जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थल, तलाउ, नदि लगायतका खुल्ला स्थानमा छठपर्व गर्न रोक लगाएको थियो। तर, स्थानीयले त्यसको अवज्ञा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • शहीदनगर नगरपालिकामा स्वास्थ्यकर्मीका लागि विशेष प्याकेज

    शहीदनगर नगरपालिकामा स्वास्थ्यकर्मीका लागि विशेष प्याकेज

    जनकपुरधाम : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मीका लागि धनुषाको शहीदनगर नगरपालिकाले विशेष प्याकेजको व्यवस्था गरेको छ। नगरपालिकाले गठन गरेको 'नोवेल कोरोना भाइरस लक्षित समन्वय समिति'ले सो व्यवस्था गरेको हो। नगर प्रमुख तथा समितीका संयोजक उदय कुमार बरबरीयाको अध्यक्षतामा गठित समितिको बैठकले कोरोना भाइरसविरुद्ध उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप दैनिक पाँच सय भत्ता निर्णय गरेको हो। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • १ सय ९ वर्षको इतिहासमा पहिलो पटक जानकी मन्दिरको मूल ढोका बन्द, रामनवमी पनि प्रभावित

    १ सय ९ वर्षको इतिहासमा पहिलो पटक जानकी मन्दिरको मूल ढोका बन्द, रामनवमी पनि प्रभावित

    जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित जानकी मन्दिरको मूल ढोका बन्द गरिएको छ। कोरोनाको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मन्दिरमा सम्भावित भीडभाड हुन नदिन मन्दिरको मूल ढोका सर्वसाधारणका लागि बन्द गरिएको हो। मन्दिर बन्द गर्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएको हो। मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले भने,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा विदेशबाट आएका २३२ जना क्वारेन्टाइनमा

    प्रदेश नम्बर २ मा विदेशबाट आएका २३२ जना क्वारेन्टाइनमा

    जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। केही दिनयता भारत तथा तेस्रो मुलुकबाट फर्केर नेपाल आएका २३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ। रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीन जनाको स्वाब परीक्षणको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारको निर्णय : लकडाउन अवधिभर दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई खानाको व्यवस्था गर्ने

    प्रदेश २ सरकारको निर्णय : लकडाउन अवधिभर दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई खानाको व्यवस्था गर्ने

    जनकपुरधाम : प्रदेश २ को सरकारले लकडाउन अवधिभर प्रदेश रका गरिव, तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवनरक्षाको लागि खानाको व्यवस्था प्रदेश सरकारको तर्फबाट गरिने निर्णय गरेको हो। प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को उपचारमा केन्द्रित हुन प्रादेशिक अस्पतालले बन्द गर्‍यो अत्यावश्यकबाहेकका सेवा

    कोभिड-१९ को उपचारमा केन्द्रित हुन प्रादेशिक अस्पतालले बन्द गर्‍यो अत्यावश्यकबाहेकका सेवा

    जनकपुरधाम : कोरोना भाइरस संक्रमितको उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालले आकस्मिक तथा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेको छ। विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न भन्दै अन्य सेवाहरु बन्द गरी उपचार त्यसतर्फमात्र केन्द्रित हुने अस्पतालले जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरु मर्ज गरी सीमित वार्डमात्र सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • सम्भावित कोरोना संक्रमण रोक्न प्रदेश २ सरकारले खडा गर्‍यो २५ करोडको कोष, तीन वटा ल्याब स्थापना गर्ने निर्णय

    सम्भावित कोरोना संक्रमण रोक्न प्रदेश २ सरकारले खडा गर्‍यो २५ करोडको कोष, तीन वटा ल्याब स्थापना गर्ने निर्णय

    जनकपुरधाम : कोराना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण नियन्त्रण तथा यसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन प्रदेश नम्बर २ सरकारले २५ करोडको राहत कोषको स्थापना गरेको छ। मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले सरकारको तर्फबाट २५ करोडको राहत कोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए।…

    विस्तृतमा पढ्नुस्

  • परपुरुषसँग मिलेर श्रीमानको बीभत्स हत्या

    परपुरुषसँग मिलेर श्रीमानको बीभत्स हत्या

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन्। श्रीमतीसँगै प्रहरीले एक पुरुषलाई पनि पक्राउ गरेको छ। धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन्। शहीदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा

    धनुषामा लकडाउनको पालना नगर्ने २ सय ६१ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका सरकारले मंगलवारबाट गरेको लक डाउनको पालना नगर्ने २ सय ६९ सवारीसाधान लाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आ-आफ्ना घरबाट बाहिर निस्किएको र सवारी साधन समेत चलाइरहेको देखिए। कोरोना भाइरसबाट भयावह…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर एक युवकको मृत्यु

    पोखरीमा डुबेर एक युवकको मृत्यु

    जनकपुरधाम : जनकपुरधामस्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित जानकी सरोवरमा एक युवक मृत अवस्थामा फेला परेका हुन्। सोमवार बिहान ती युवक नुहाउनका लागि सो पोखरीमा पसेको र पोखरीको बीच भागसम्म पुगेर बाहिर निस्कन नसकि उसको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। करिब ३० वर्षीय सो युवकको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रभाव : धमाधम हिरासतमुक्त हुँदै थुनुवाहरु

    कोरोना प्रभाव : धमाधम हिरासतमुक्त हुँदै थुनुवाहरु

    जनकपुरधाम : प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका थुनुवालाई हिरासतमुक्त गरेको छ। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले थुनुवाको संख्या घटाउन लागेको हो। कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने भएकाले तत्कालै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell