PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • प्रदेश २ का अधिकांश सरकारी कार्यालय सूचना टाँस गरी बन्द 

    प्रदेश २ का अधिकांश सरकारी कार्यालय सूचना टाँस गरी बन्द 

    जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट बच्न प्रदेश २ का अधिकांश सरकारी कार्यालयहरु चैत २१ गतेसम्मको लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा कोराना संक्रमणबाट एकजनाको मृत्यु भएपछि प्रदेश २ का स्थानीयहरु त्रसित भएका बेला नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनीकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो। प्रदेश २ का…

    विस्तृतमा पढ्नुस्

  • मास्क र स्यानिटाइजरमा कालोबाजारी गरेको आरोपमा चार जना पक्राउ

    मास्क र स्यानिटाइजरमा कालोबाजारी गरेको आरोपमा चार जना पक्राउ

    जनकपुरधाम :  जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमण बढेपछि मास्क र सेनिटाइजरको कालोबजारी गर्नेहरुमाथि प्रहरीले कडाइ गरेको हो।   कालोबजारी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले चार जनालाई पक्राउ गरेको हो।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित सुस्मिता…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय युवाले बाँडे पाँच सय थान निःशुल्क मेडिकल मास्क

    स्थानीय युवाले बाँडे पाँच सय थान निःशुल्क मेडिकल मास्क

    जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय युवा आनन्द झाले जनकपुरधाममा ५०० थान मेडिकल मास्क वितरण गरेका छन्। जनकपुरधाम भारतसँगको सीमाबाट केही भित्र मात्रै रहेकाले कोभिड-१९ को संक्रमणबाट बचाउने उद्देश्यले उनले निःशुल्क मास्क वितरण गरेका बताएका छन् छन्। आइतवार बिहान जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बालआश्रम, जनकपुरका पत्रकार, जिल्ला प्रहरीको हिरासत कक्षमा रहेका कैदी र ई-रिक्सा…

    विस्तृतमा पढ्नुस्

  • मदिरामुक्त गर्ने भनिएको तीन दिनमा प्रदेश सभा परिसर मदिराका बोतलले भरिभराउ

    मदिरामुक्त गर्ने भनिएको तीन दिनमा प्रदेश सभा परिसर मदिराका बोतलले भरिभराउ

    जनकपुरधाम : केही दिनअघि मात्रै धनुषामा विषाक्त मदिरा खाएर २२ जनाको मृत्यु भएपछि प्रदेश २ को प्रदेश सभामा अवैध मदिरा भट्टी बन्द गर्नुपर्ने आवाज उठे। प्रदेशलाई मदिरामुक्त बनाउन नेकपाका प्रदेश सभा सदस्य शत्रुधन महतोले समाजवादी पार्टी सचेकत शैलेन्द्र यादव र राजपा पार्टीका सचेतक परमेश्वर साहको समर्थनमा विशेष महत्वको प्रस्ताव नै दर्ता गराए। महतोले दर्ता गराएका प्रस्तावमा सदनमा सबै प्रदेश सभा…

    विस्तृतमा पढ्नुस्

  • एसइईको प्रवेश पत्र उपलब्ध गराउन दुई हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ

    एसइईको प्रवेश पत्र उपलब्ध गराउन दुई हजार घुस लिएको अभियोगमा प्रधानाध्यापक पक्राउ

    जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापक दुई हजार घुससहित पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो बुधबार दिउँसो घुससहित रंगेहात अख्तियारको फन्दामा परेका हुन्। एसइईका एक परीक्षार्थीलाई प्रवेश पत्र उपलब्ध गराउन दुई हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो। बिहीवारदेखि शुरु हुन लागेको…

    विस्तृतमा पढ्नुस्

  • विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई वडाध्यक्षको राहत

    विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई वडाध्यक्षको राहत

    जनकपुरधाम : विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएकाहरुको परिवारलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले राहत वितरण गरेका छन्। वडाध्यक्ष साहले एक साता अगाडि घरेलु मदिरा सेवन गरी ज्यान गुमाएका सात जना मृतकका परिवारलाई राहत समाग्री सहित केही रकम उपलब्ध गराएका हुन्। वडाध्यक्ष साहसहितको टोलीले मृतकका परिवारलाई भेटेर खाद्यान्न र नगद २ हजार ५ सय सहयोग…

    विस्तृतमा पढ्नुस्

  • तीन लाख भारुसहित एक जना भारतीय पक्राउ

    तीन लाख भारुसहित एक जना भारतीय पक्राउ

    जनकपुरधाम : जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट तीन लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलवार दिउँसो १ बजे श्री एयरलाइन्सबाट काठमाडौं जान लागेका यात्रुहरुलाई जाँच गर्दा प्रहरीले भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत वडा नम्बर ९ बस्ने २० वर्षीय शिवम कुमारलाई तीन लाख भारुसहित पक्राउ गरेको हो। प्रहरीले चेकजाँच गर्ने क्रममा शिवमको शरीर तथा उनले बोकेको झोलाबाट २…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर दुईको हुन सकेन नामाकरण, प्रस्तावित चारै नाम भएनन् पारित

    प्रदेश नम्बर दुईको हुन सकेन नामाकरण, प्रस्तावित चारै नाम भएनन् पारित

    जनकपुरधाम : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा मंगलवार भएको गोप्य मतदानमा कुनै पनि नाम पारित हुन सकेनन्। प्रदेश दुईमा प्रतिनिधित्व गर्ने दलहरुबीच नामाकरणको विषयमा सहमति हुन नसकेपछि मतदान विधि अपनाइएको थियो। यद्यपि कुनै पनि प्रस्तावमा दुई तिहाई मत प्राप्त हुन नसकेपछि प्रदेश दुईले मतदान प्रकृयाबाट समेत नाम पाउन नसकेको हो। प्रदेश दुईमा प्रतिनिधित्व गर्ने दलहरुसँग दुई तिहाई मत…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नामाकरण : सत्तारुढ गठबन्धनले प्रस्ताव गरेको ‘मधेश’ पनि अस्वीकृत

    प्रदेश २ को नामाकरण : सत्तारुढ गठबन्धनले प्रस्ताव गरेको ‘मधेश’ पनि अस्वीकृत

    जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मधेश’ नाम पनि अस्वीकृत भएको छ। सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको ‘मधेश’ नाम पनि अस्वीकृत भएको हो। ‘मधेश’ नामको पक्षमा ६० मत खसेको थियो। १२ मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन। यसअघि ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नामाकरण : ‘मध्यमधेश’ पनि अस्वीकृत

    प्रदेश २ को नामाकरण : ‘मध्यमधेश’ पनि अस्वीकृत

    जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको छ। ‘मध्यमधेश’ नामलाई ४२ मत खसेको थियो। ३० मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन। यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जानकी प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको थियो। नेकपाको तर्फबाट प्रदेश सभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नामाकरण : नेकपा र कांग्रेसले प्रस्ताव गरेको नाम भएन पारित

    प्रदेश २ को नामाकरण : नेकपा र कांग्रेसले प्रस्ताव गरेको नाम भएन पारित

    जनकपुर : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराईएको चार वटा प्रस्तावहरुमध्ये नेपाल कम्युनिस्ट पार्टी नेकपाले जानकी प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको छ। नेकपाको तर्फबाट प्रदेशसभा सदस्य रामकुमार यादवले प्रदेशको नामाकरणका लागि जानकी प्रदेशको प्रस्ताव आजको सदनमा प्रस्तुत गरेका थिए। जसमध्ये नेकपा प्रस्तावित जानकी प्रदेशका लागि प्रदेश दुईका १०७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। जानकी प्रदेशको पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्री बने ‘महामूर्ख’, फोटोमा हेर्नुस् मूर्खहरुको सम्मेलन

    प्रदेश २ का मुख्यमन्त्री बने ‘महामूर्ख’, फोटोमा हेर्नुस् मूर्खहरुको सम्मेलन

    जनकपुरधाम : जनकपुरधाममा होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलनमा आयोजना भएको छ। मिथिला नाट्यकला परिषदले हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर परिसरमा उक्त सम्मेलन आयोजना गर्दै आएको छ। यो वर्ष कार्यक्रममा मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्य,  गाउँपालिकाका अध्यक्ष लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुले सम्मेलनमा भाग लिए। मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष १७ जनासम्मलाई मूर्खको उपाधि दिन्छ। जसमध्ये एक जना महामूर्ख घोषित हुन्छ। यस वर्ष…

    विस्तृतमा पढ्नुस्

  • १५ दिने मिथिला मध्यमा परिक्रमा आइपुग्यो जनकपुरधाम

    १५ दिने मिथिला मध्यमा परिक्रमा आइपुग्यो जनकपुरधाम

    जनकपुरधाम : फागुन औँसीका दिनदेखि विधिवत रुपमा शुरु भएका मिथिलाको माहाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला मध्यमा  परिक्रमा आज जनकपुरधाम आइपुगेको छ। परिक्रमामा सहभागी भक्तजनहरु जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, भारतको करुणा, विशौल भइ १५ पडावस्थल पार गरी आज जनकपुरधाम आएका हुन्। सहभागीहरु रात्री विश्राम गरेर भोली…

    विस्तृतमा पढ्नुस्

  • ‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर...!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

    ‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर...!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

    जनकपुरधाम : होली पर्व र संगीत बीच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो। कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो। ‘कौन ताल पर ढोलक बाजे कौन ताल मृदङ्ग कौन ताल पर गोरिया नाचे कौन तालपर…

    विस्तृतमा पढ्नुस्

  • अधिकार प्राप्तिका लागि संघीय सरकारविरुद्ध प्रदेश २ सरकार अदालत जाने

    अधिकार प्राप्तिका लागि संघीय सरकारविरुद्ध प्रदेश २ सरकार अदालत जाने

    जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ। संघीय सरकारले केही दिनअघि मात्र वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेकोमध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेपछि प्रदेश सरकारले अदालत जाने निर्णय गरेको हो। प्रदेश सरकारले सार्वजनिक जग्गा प्रदेश मातहत हस्तान्तरणको लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। संविधानले सार्वजनिक जग्गा प्रदेश मातहत हुने ग्यारेन्टी…

    विस्तृतमा पढ्नुस्

  • १५ दिने मिथिला मध्यमा परिक्रमा आज औरहीमा, भोलि भारत जाने

    १५ दिने मिथिला मध्यमा परिक्रमा आज औरहीमा, भोलि भारत जाने

    जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको औरही पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तन र डोलासहित पदयात्रीहरु निस्केपछि परिक्रमा विधिवतरुपमा शुरु भएको थियो। ११ औँ पडावस्थल धनुषाको सबैलास्थित सतोखरमा विश्रामपछि परिक्रमामा सहभागीहरु १२ औँ पडावस्थलमा विश्रामका लागि आज बिहानै औरही आइपुगेका छन्। लाखौँ श्रद्धालुको…

    विस्तृतमा पढ्नुस्

  • युवालाई सिपसहितको रोजगारी दिनु पर्छ : मुख्यमन्त्री राउत

    युवालाई सिपसहितको रोजगारी दिनु पर्छ : मुख्यमन्त्री राउत

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई सिपसहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका हुन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सिप सहितको रोजगारीमा लगाउनु पर्ने बताए। मानव संशाधन सबै भन्दा ठूलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा बढ्यो श्रम स्वीकृति लिनेको संख्या

    प्रदेश २ मा बढ्यो श्रम स्वीकृति लिनेको संख्या

    जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयबाट चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि फागुन महिनाको १४ गतेसम्ममा १० हजार २ सय ३२ जनाले श्रम स्वीकृति गराएका छन्। २०७५ साल पुस १५ गते स्थापना भएको सो कार्यालयबाट प्रारम्भमा केही समस्या आएपनि अहिले सहज र सुलभ रुपमा सेवाग्राहीहरु श्रम स्वीकृति लिई घर फर्किने गरेको श्रम तथा रोजगार…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन प्रजिअ कँडेलको आग्रह

    कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन प्रजिअ कँडेलको आग्रह

    जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले कोराना भाइरसबाट बच्न आ-आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह गरेका छन्। धनुषामा अहिले सन्त्रासको अवस्था नरहेपनि सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन प्रजिअ अधिकारीले आग्रह गरेका हुन्। कँडेलले विभिन्न माध्यमहरुबाट कोरोना सम्बन्धी सचेतनाका लागि आफूहरुले काम गरिरहेको जानकारी दिए। कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नम्बर २ को अधिकांश सीमावर्ती क्षेत्रका नाकामा हेल्थ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को नाम र राजधानी फागुन २३ गते मतदानबाट टुंगो लगाइने

    प्रदेश २ को नाम र राजधानी फागुन २३ गते मतदानबाट टुंगो लगाइने

    जनकपुरधाम : प्रदेश २ सरकारले फागुन २३ गते प्रदेशको नाम र राजधानी मतदानबाट टुंगो लगाउने भएको छ। प्रदेश सभा बैठकमा मतदान गरी बहुमतको आधारमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने सभामुख सरोज यादवले बताएका हुन्। नाम र राजधानी टुंगो लगाउन चार महिनापछि फागुन २३ मा प्रदेश सभा बैठक बोलाइएको छ। सभामुख सरोज यादवको संयोजकत्वमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell