संसद भङ्ग भए झै मेरो माया भङ्ग भो माया प्रेम मसँग बिहे अर्कै सँग भो मलाई बिचबाटोमै छोड्यौ किन जीवन अन्तै मोड्यौ आफ्नै धडकन बिर्सियौ तिम्रो मुटु काठकै हो माया गर्छु भन्थी त्यसको 'नाटकै हो' साता अगाडि गायक टंक तिमिल्सिनाले 'तेरो नाटकै हो' बोलको गीत सार्वजनिक गरे। गीतमा सुवास कार्की उर्फ कार्की जी र टंकको श्वर रहेको गीतलाई शब्द रुपेश साउदले लेखे।…
बुबा नारायण श्रेष्ठ पहिल्यैदेखि चाहन्थे - छोराले धेरै पढोस्। आफूले जस्तै सरकारी जागिर खाओस्। सरकारी जागिरले जिन्दगी सुखी बनाउँछ भन्ने विश्वास थियो। सरकारी सेवामा हुनुलाई भाग्यमानी मानिन्थ्यो। तर, मदनदास श्रेष्ठको रुची भिन्न थियो। पढाइभन्दा बढी सिर्जनशील काममा ध्यान दिन्थे उनी। मामाघरमा दसैं, तिहार, गाइजात्रामा हुने गरेका नाटकले मदनदासलाई निकै आकर्षित गरेको थियो। त्यहाँ मञ्चन हुने नाटक हेर्दाहेर्दै उनको रुचि नाटकमै…
लकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब। अरुले उत्पादन गरेको सामाग्री हेर्नेमात्र होइन आफैँ उत्पादन गर्ने सोच ल्याइन्। साथ दिए श्रीमान आयुष्मान देशराज जोशीले पनि। अनि बन्यो नयाँ शो ‘चप चप…
काठमाडौं : कोरोना महामारीका कारण नेपाली सिनेमा जगत पनि नराम्ररी थला पर्यो। यस क्षेत्रलाई पुन: उभ्याउन फिल्मकर्मीले सरकारविरुद्ध कदम चाल्नुपर्यो। गत पुस १० गतेबाट फिल्महलहरू सञ्चालनमा ल्याइयो, सरकारको अनुमतिबिना नै। त्यसको ठीक १ सातापछि मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरूले राहतको सास फेरेका छन्। बिनाअनुमति हल खोल्ने सिर्जनात्मक आन्दोलन ताका त पूरानै फिल्महरू प्रदर्शनमा गरियो, 'आमा'…